
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी मजुदर समहासंघद्धारा ९ नं ब्यूरोमा ‘मजुदर–संवाद’ अभियान उद्घाटन गरिएको छ । ‘मजदुरहरूको तलब, ज्याला १०० प्रतिशत –वृद्धि गर, मजदुरहरूलाई स्थायी रोजगारी– सुनिश्चित गर, मजदुरहरुलाई सामाजिक सुरक्षा सुनिश्चित गर, अस्थायी, करार, ठेकेदारी, ज्यालादारी प्रणाली– खारेज गर, संगठित हुने, मागहरू राख्ने एवं हड्तालको अधिकार सुनिश्चित गर, हायर एण्ड फायर, नो वर्क नो पे नीति– खारेज गर, मजदुरहरूमाथि भईरहेका शोषण, दमन– बन्द गर, मजदुरहरुलाई राजनीतिक प्रतिनिधित्वको व्यवस्था गर, नयाँ जनवादी समाजवादी क्रान्ति– जिन्दावाद, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल जिन्दावाद लगायतका नाराहरुसहित अभियानको उद्घाटन गरिएको हो ।

क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल, ९ नम्बर क्षेत्रीय समन्वय समिति (काठमाण्डौं उपत्यका) समितिको आयोजनामा आज विहान काठमाडौंको शान्तिबाटिकामा एक कार्यक्रमका बिच महासंघका केन्द्रीय संयोजक इश्वर तिमिल्सिनाले झन्डा हस्तान्तरण गरेर अभियानको उद्घाटन गर्नुभएको हो ।
महासंघकी क्षेत्रिय संयोजक कमला चन्दको अध्यक्षता, बेदराज दियालीको संचालनमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य श्याम केसीले अभियान सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम मजदुरहरुले मजदुर पक्षीय नाराहरु लगाउनु भएको र नयाँ मजदुर कार्यकर्ताहरुले संगठनमा आबद्ध हुने घोषणा गरेको पनि स्रोतले जानकारी दिएको छ ।