याे दलाल पुँजीवादी सत्ताविरुद्ध युवाहरुले विद्रोह गर्नुपर्छ – संयोजक तिमिल्सिना

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी निकटको क्रान्तिकारी युवा संघ नेपालका राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक सूर्य तिमिल्सिनाले राज्यले युवा,विद्यार्थीहरुलाई विदेश पलायन गराइरहेको बताउनु भएको छ । संघले वुर्जुवा प्रतिक्रियावादी दलाल संसदीय व्यवस्था खारेज गरौं, नयाँ जनवादको खुडिकलो पार गर्दै वैज्ञानिक समाजवादको लागि संघर्ष गरौं भन्ने मूल नाराका साथ आयोजना गरिएको भ्रष्टाचार,कुशासन,बेथिति, अन्याय अत्याचार विरुद्धको खबरदारी ¥यालीको समापन कार्यक्रममा बोल्दै तिमिल्सिनाले सो कुरा बताउनु भएको हो । उहाँले राज्यले युवाहरुलाई विदेश पलायन गराउने, विदेश जान बैंकहरुले ऋणको व्यवस्था गर्ने र युवाहरुलाई विदेशको गल्ली गल्लीमा भौंतारिन बाध्य पार्ने दलालपूँजीवादी संसदीय व्यवस्थाले गर्दा हो भन्दै यसको विरुद्ध युवाहरुले विद्रोह गर्नुपर्ने बताउनु भयो । संयाेजक तिमिल्सिनाले सेना,प्रहरी,युवा जतासुकै विद्रोहको आवश्यकता रहेको भन्दै यो व्यवस्थाका विरुद्धमा युवाहरु चीनमा १९४९मा माओको नेतृत्वमा भएको,रुसमा लेनिनको नेतृत्वमा भएको विद्रोहजस्तो तथा हाल प्यालेष्टाइनमा प्यालेष्टाइनी जनताले गरेको मुक्ति संघर्ष जस्तो विद्रोहको आवश्यकता रहेको कुरामा जोड दिँदै विद्रोहमा समाहित हुन आह्वान गर्नु भयो ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले अहिलेको यो व्यवस्थामा किसानले तरकारी आलु बेच्न पाइरहेका छैनन्,हिमालमा रहेकाले हिमाली जडिबुटि बेच्न पाइरहेका छैनन्,किसानहरुको उत्पादनले बजार नपाउँदा किसानहरु विदेश जानु परेको छ ,दलालहरुले घर खोलाबग्ने ठाउमा बनाइदिएका छन् जसले खोलाले बाटो नपाएर घरमा पानी पसेको छ ,सेना प्रहरी पनि सबै विदेश जाँदैछन् यसले देशमा अन्तरविरोध बढेको छ भन्नु भयो । वहाँले नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादमा जान युवाहरुले देशमा व्याप्त विकृति विसंगतिको विरुद्ध खबरदारी गर्न अनुरोध गर्नु भयो र पुँजीवादी क्रान्ति नगरीकन किसान मजदुर,व्यापारी कसैको पनि मुक्ति नहुने र पूँजीवादी क्रान्ति गरेर दलाल पूँजी कब्जा गरेर मात्रै समाजवादमा जान सकिने बताउनु भयो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य तथा ९ नं व्यूरो इन्चार्ज दिनेश शर्माले श्रम मन्त्रालयले म्यानपावरको काम गरिरहेको बताउनु भयो । मन्त्रीहरुले विदेशमा गएरश्रम सम्झौता गरेर आउने रयुवाहरु विदेश पठाउने बाहेक अरु काम गर्न नसकेको बताउनु भयो । समापन कार्यक्रमको सञ्चालन क्रान्तिकारी युवासंघ नेपालका केन्द्रिय सचिवालय सदस्य असल तामाङले गर्नु भएको थियो ।

¥याली कुपोण्डोलबाट शुरु भएर जाउलाखेल ,लगनखेल, सात दोबाटो ,एकान्तकुना ,बल्खु,कालीमाटी ,स्वयम्भु ,वनस्थली ,नयाँ बसपार्क, सामाखुशी, बसुन्धारा, महाजगञ्ज, सुकेधारा चावहिल, मित्रपार्क हुँदै सिफल आइ सभामा परिणत भएको थियो । जुलुसमा दलाल संसदीय व्यवस्था मुर्दावाद ! युवाहरुलाई रोजगारी दे ! भ्रष्टाचारीलाई कारबाही गर ! क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जिन्दावाद ! क्रान्तिकारी युवासंघ नेपाल, जिन्दावाद! महिला हिंसा बन्द गर! जातीय छुवाछुत अन्त्य गर ! श्रमको उचित मूल्य निर्धारण गर !वीर शहिद लालसलाम !, सम्पूर्ण राजबन्दी रिहा गर !, नयाँ जनावाद-वैज्ञानिक समाजवाद जिन्दावाद ! जस्ता नाराहरु लगाइएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?