क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न

पोखरा : क्रान्तिकारी सुकुम्बासी संघ नेपालको २०८२ साउन १५ र १६ गते पोखरामा प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ।

राष्ट्रिय भेलामा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वरिष्ठ पोलिट्ब्युरो सदस्य सिताराम तामाङ्ग हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा पोलिट्ब्युरो सदस्य केश बहादुर परियार,केन्द्रिय समिति सल्लाहकार सदस्य द्वय रामजी थापा युवराज न्यौपाने,रक्तिम सांस्कृतिक परिवारका केन्द्रिय अध्यक्ष नारायण शर्मा ,पार्टीका केन्द्रिय सदस्यहरु बाबुराम सुबेदी,बिक्रम थापा,भिम श्रीस,सुशीला थापा ,दिपक गुरुङ,नेवा मुक्ति मोर्चाका केन्द्रिय सदस्य निल प्रसाद श्रेष्ठ,क्रान्तिकारी महिला संघकि केन्द्रिय सदस्य देवी थापा, जनसाँस्कृतिक महासंघ बाट अग्निराज पौडेल ,अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य दिनेश जोशी,अग्राधार टि भिका सञ्चालक राम घले परियार,अखिल नेपाल तमु राष्ट्रिय मुक्ति मोर्चाकि केन्द्रिय सदस्य गंगा गुरुङ लगायत हुनुहुन्थ्यो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सिताराम तामाङबाट नै गरिएको थियो ।भेलाबाट २१ सदस्यीय केन्द्रिय समिति निर्माण भएको छ। जसमा केन्द्रिय संयोजक भिम चापागाईं, केन्द्रिय सचिवालय सदस्यहरु हिमलाल वाग्ले, गङ्गा गुरुङ, तिलक बिक, सन्ध्या प्रधान, युवराज न्यौपाने,देबि थापा,केन्द्रिय सदस्यहरुमा पवन गुरुङ,चक्र बहादुर खत्री, सृजना शाक्य, राम प्रसाद कंडेल र उदय पराजुली लगायत हुनुहुन्छ।कार्यक्रमको अध्यक्षता भिम चापागाईंले गर्नु भएको थियो भने आयोजकको तर्फबाट स्वागत मन्तव्य सन्ध्या प्रधानले गर्नु भएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?