आज १२ बजे भ्रष्टाचारका विरुद्ध युवाहरूको खबरदारी मोटरसाइकल र्‍याली

काठमाडौ । क्रान्तिकारी युवा सङ्घ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिले भ्रष्टाचार, कुशासन बेथिति र अन्याय अत्याचारको विरुद्ध मोटरसाइकल र्‍याली गर्ने भएको छ । खबरदारी र्‍याली नाम दिइएको उक्त कार्यक्रमको साउन ८ गते दिनको १२ बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालय ललितपुर कुपण्डोलमा पार्टीका कार्यवाहक महासचिव गौरवद्वारा उद्घाटन गरिने युवा संघ नेपालले जनाएकोछ । कुपण्डोल , जाउलाखेल, लगनखेल, सात दोबाटो, एकान्तकुना, सानेपा, बल्खु, कुलेश्वर, कालिमाटी,डल्लु,स्वयम्भु, वनस्थली, बालाजु, नयाँ बसपार्क, बसुन्धरा, चक्रपथ, चप्पल कारखाना, धुम्बाराही, सुकेधारा, चाबहिल, मित्रपार्क हुँदै सिफल चौरमा आएर उक्त मोटरसाइकल र्‍यालीको समापन गरिने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नम्बर ब्युरोका सचिव एवं पोलिटब्युरो सदस्य चिन्तामणि पौडेलले जानकारी गराउनुभएको छ। सम्पूर्ण क्रान्तिकारी युवाहरू एकजुट हौँ। मार्क्सवाद लेनिनवाद माओवाद जिन्दाबाद । बुर्जुवा प्रतिक्रियावादी दलाल संसदीय व्यवस्था खारेज गरौं। नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादका लागि संघर्ष गरौं। भ्रष्टाचारका विरुद्ध खबरदारी र्‍याली सफल पारौं लगायतका नारा सहित युवाहरूले र्‍यालीगर्ने भएका छन् ।

By जन बिहानी

Related Posts