
काठमाडौं : कांग्रेस–एमाले सरकारले बहुविवाहलाई मान्यता दिने गरी ल्याउन लागेको कानुनी मस्यौदाले महिला उत्पीडनलाई प्रश्रय दिने भन्दै क्रान्तिकारी महिला संगठनले उक्त मस्यौदा खारेज गर्न जोडदार माग गरेको छ । संगठनकी केन्द्रीय संयोजक अम्बिका मुडभरीले जारी गरेको प्रेस वक्तव्यमा अन्यथा सरकारको प्रतिगमनकारी कामका विरुद्ध संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिनुभएको छ ।
वक्तव्यको पूर्णपाठ यस्तो रहेको छ, :
“२०८२ श्रावण १६ गते कानुन मन्त्रालयका सचिवको भनाइ उदृत गर्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित /प्रसारित समाचारले हाम्रो संगठन क्रान्तिकारी महिला संगठन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। कानुन मन्त्रालयले मुलुकी फौजदारी कार्यबिधी संहिता संशोधन बिधेयकमा बहुबिबाहलाई छुट दिने, बाल बिबाहको उमेर हद र यौन दुव्र्यवहार गर्नेको उमेर अनुसार कार्वाहीको सबालमा तयार गरेको मस्यौदा खेद जनक रहेको छ। बहु बिबाह केवल महिला माथिको हिंसा मात्र हैन । यो सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक दृष्टिकोणले समेत अनुचित र बिभेदकारी उत्पिडक सोच हो।
नेपाली समाजमा महिला उत्पीडनका विरुद्ध भएका विभिन्न चरणका महिला मुक्ति आन्दोलन, सामाजिक/ राजनीतिक आन्दोलनको परिणाम स्वरूप २०७५ भदौ १ देखि लागू गरिएको मुलुकी अपराध संहिता अन्तर्गत बहु बिबाहलाई निषेध गर्ने कानुन बिपरित अहिले छलफलमा रहेको संशोधन विधेयक पश्चगमनको संकेतका रुपमा हामीले लिएका छौं ।
एकाध सम्बन्ध र घटनाको हवला दिदै बर्तमान सरकार र कानुन मन्त्रालयद्दारा थालिएको कदम कानुनी रुपमा हटाइ सकिएको महिला उत्पीडनलाई पुनः स्थापित गर्ने सामन्ति पितृसत्तात्मक सोचको उपज हो । यसले समाजमा झनै अराजकता र बिभेदलाई बढवा दिने हुनाले कानुन संशोधन तत्काल खारेज गर्न जोडदार माग गद्र्छौ। अन्यथा हामी सरकारको प्रतिगमनकारी कामका विरुद्ध संघर्षमा उत्रन बाध्य हुनेछौ साथै सम्पूर्ण मुक्तिकामी महिला तथा सचेत जनसमुदायलाई प्रतिक्रियावादी सरकार विरुद्ध संघर्षमा उत्रन हार्दिक अव्हान गर्दछौं ।”
अम्बिका मुडभरी
संयोजक
क्रान्तिकारी महिला संगठन नेपाल
