अन्तर्राष्ट्रिय

कोइलाखानी हत्याकाण्डको अखिल भारत नेपाली एकता समाजले गर्याे विरोध

कोइलाखानी हत्याकाण्डको अखिल भारत नेपाली एकता समाजले गर्याे विरोध

काठमाण्डौ : अखिल भारत नेपाली एकता समाजले भारतको पूर्वोत्तर मेघालयस्थित कोईलाखानीमा भएको मजदुरहरुको हत्याकाण्डको एकता समाजले विरोध गर्नुका साथै सत्य तथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सभापति आनन्द थापाले २०२४ जुलाई ८का दिन एक प्रेस विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । २०२४ जुलाई ५ का दिन मेघालयस्थिित सतुंगाा जयन्तीया हिल्सस्थित उम्प्लेङ गाउँमा स्थानीय कोईलाखानीमा काम गर्दै आएका ४ जना मजदुरहरुको हत्या भएको थियो । हत्या भएकाहरुमा नेपालको इलामका २३ वर्षीय रवि राई ,धरान फुस्रेका २३ वर्षीय राजेश राई र भारतीय नागरिक नसर डाकियाको पहिचान खुलेको छ भने एक…
Read More
भारतमा क्रियाशील दुई प्रवासी नेपाली एकता समाजबीच एकता सम्पन्न

भारतमा क्रियाशील दुई प्रवासी नेपाली एकता समाजबीच एकता सम्पन्न

हैदराबाद : अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज बीच ७ जुलाई २०२४ का दिन हैदराबादमा एकता अधिवेशन सम्पन्न भएको छ। एकता अधिवेशनको अध्यक्षता आनन्द थापाले गर्नु भयो। अतिथिहरूको आशन ग्रहण पछि सहिदहरूको सम्झनमा १ मिनेट मौनधारण गरिएको थियो । उपस्थित जनमानसलार्इशब्दबाट गोविंद पान्डेले र संगीतबाट रक्तिमका कलाकारहरूले आउ है एकताका हातहरूले तिमीलार्इ स्वागत छ भन्ने गितद्धारा स्वागत गर्नु भएको थियो। त्यस पछि प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य तथा भारत प्रदेश ईन्चार्ज कृष्ण धमला (गंभीर) ले मैन बत्ती प्रज्वलित गरेर तालीको गडगडाहटमा एकता अधिवेशनको उद्घाटन गर्नु भएको थियो। उहाँले मन्तव्यको क्रममा एकता…
Read More
भारतमा ४ जना नेपाली मजदुरको घाँटी रेटेर हत्या

भारतमा ४ जना नेपाली मजदुरको घाँटी रेटेर हत्या

काठमाडौँ : भारतको मेघालयमा ४ जना नेपाली मजदुरको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना नेपाली मजदुरको हत्या भएको हो । सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । भारतीय सञ्चारमाध्यमहरूले पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको जनाएका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । मारिने ४ जना धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ । ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई…
Read More
अखिल भारत नेपाली एकता समाज र दूतावासका कर्मचारीहरूसंग भेटघाट

अखिल भारत नेपाली एकता समाज र दूतावासका कर्मचारीहरूसंग भेटघाट

चेन्नै : दक्षिण भारतका जेलमा के कति नेपालीहरू छन रु उनीहरूको अवस्था के कस्तो छ रु र कसरी उनीहरूको उद्दार गर्न सकिन्छ रु भन्ने विषयमा अनुगमन गर्नकोलागि नेपाली दूतावास, नई दिल्लीबाट नेपाल प्रहरीका एस. एस. पी .उमा प्रसाद चतुर्वेदी , दूतावास काउन्सिलर, दिपक निरौला तृतीय सचिव, र नवीन जोसी,ईन्डिया, निदेर्शक बेंगलोर हुदै चेन्नै आएको थिए । चेन्नैको सेन्ट्रल जेलमा रहेका नेपालीहरूको अनुगमनपछि चेन्नैमा रहेका नेपाली समाज संगठनसंग पनि भेटघाट भएको छ । २८ जुन २०२४ का दिन चेन्नैको होटल पेन्टागनमा भेटघाट कार्यक्रमको आयोजना सम्पन्न भएको छ। उक्त भेटघाट कार्यक्रममा अखिल भारत नेपाली एकता समाजका तर्फबाट केन्द्रीय महासचिव महेन्द्र बस्याल, केन्द्रीय…
Read More
प्रवासमा संगठनात्मक भूमिका

प्रवासमा संगठनात्मक भूमिका

भारतमा समाजिक संगठन अखिल भारत नेपाली एकता समाजको स्थापना ७ नोभेम्बर १९७९ मा भएको थियो । तर त्यो भन्दा करिव एक वर्ष पहिला नेपाल कम्युनिष्ट पार्टी भारत शाखा पनि भूमिगत प्रणालीमा संचालन गरिएको थियो । कम्युनिष्ट पार्टीको मुख्य उद्देश्य प्रवासमा रहेका नेपाली मजदूरहरुलाई सामाजिक गतिविधिमा सामेल गर्दै अन्ततः पार्टी कारण गर्ने थियो । सामाजिक संगठन एकता समाजको माध्यमबाट उनीहरुलाई क्रमशः राजनैतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक प्रशिक्षण दिएर तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनको लागि योग्य बनाउन जरुरी थियो । उनीहरुलाई संगठन, अनुशासन र पद्दतीको बारेमा बुझाउन पर्दथ्यो । त्यति बेलाको छिपछिपे ज्ञान भएका प्रवासी नेपालीहरुलाई विविध कोणबाट प्रभावित गर्दै अखिल…
Read More
मोदीको जीत भएको छ, हिन्दु फासिवादको हार भएको छ

मोदीको जीत भएको छ, हिन्दु फासिवादको हार भएको छ

भारतमा १८ औं लोकसभाको निर्वाचन सम्पन्न भएको छ । १९ अप्रिलदेखि १ जुनसम्म ७ चरणमा सम्पन्न चुनावको परिणाम ४ जुनमा बाहिरिएको छ । यो निर्वाचनको परिणामले नरेन्द्र मोदी नेतृत्वको पार्टी भारतीय जनता पार्टीलाई दह्रो सबक सिकाएको छ । हुन त भाजपाले एक्लैले २४० सिट प्राप्त गरेको छ । त्यसकारण त्यो सबैभन्दा ठूलो पार्टी भएको छ । तर ठूलो पार्टी भएर पनि एक्लै सरकार बनाउन सक्ने उसको हैसियत रहेको छैन । भाजपा नेतृत्वको गठबन्धनका घटकहरु जनता दल युनाइटेड र तेलगु देशम पार्टीले मोदीलाई समर्थन गर्ने प्रतिबद्धता प्रकट गरेपछि मोदीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दावी पेश गरेका थिए र उनी भारतको तेस्रो प्रधानमन्त्रीको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दाेस्राे पूर्ण बैठक असार ११ गतेबाट सुरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दाेस्राे पूर्ण बैठक असार ११ गतेबाट सुरु

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । २०८१ असार ११ गते काठमाडौंमा सुरु भएको उक्त बैठकले पार्टीको एकता महाअधिवेशनबारे निर्णय लिने बताइएको छ । बैठक पार्टीको एकता महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरणको अध्यक्षतामा चलिरहेको छ । बैठकले एकता महाधिवेशनका लागि राजनीति, सांगठनिक, सामाजिक र समसामयिक प्रस्तावहरुबारे टुंगो लगाउने छ । बैठकले एकता महाधिवेशनको मिति तय गर्नेछ । महाधिवेशन सफल पार्न आवश्यक पर्ने समितिहरु गठन गर्ने र एकता महाधिवेशनसम्मका लागि आगामी कार्यक्रम समेत बनाउने ठानिएको छ । बैठकको प्रारम्भमा सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल एकता…
Read More
अरुन्धती रोयलाई जेल हाल्ने प्रपञ्च गर्दै मोदी

अरुन्धती रोयलाई जेल हाल्ने प्रपञ्च गर्दै मोदी

काठमाडौँ : भारतकी विश्व प्रसिद्ध लेखिका अरुन्धती रोयमाथि सन २०१० नोभेम्बर २९ मा उनले कास्मिरको विषयमा दिएको अभिव्यक्तिलाई लिएर मुद्दा चलाउन खोजिएको छ । दिल्लीका लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनाले मुद्दा चलाउन अनुमति दिएको भारतीय सरकारको आधिकारी समाचार एजेन्सी पीटीआईले जनाएको छ । दि हिन्दुका अनुसार गैरकानुनी गतिविधि रोकथाम ऐन १९६७ मा टेकेर अरुन्धतीलाई मुद्दा चल्ने भएको हो । उनले दिएको अभिव्यक्ति उत्तेजक भएको भन्दै उनलाई मुद्दा चलाउन लागिएको दावी गरिएको छ । अरुन्धती रायले कास्मिर कहिल्यै पनि भारतको अंग नभएको, कास्मिरलाई सैन्य बलले भारतमा गाभिएको र कास्मिरको स्वतन्त्र देशको हक भएको अभिव्यक्ति सन २०१० मा दिएको भिडियो समेत आएको भन्दै…
Read More
जी–७ को आर्थिक सम्मेलनमा युद्ध भड्काउने कुरा

जी–७ को आर्थिक सम्मेलनमा युद्ध भड्काउने कुरा

जी–७ को आर्थिक सम्मेलनमा राजनीतिक दाउपेचका कुराहरु भएका छन् । गत जुन १३–१५ ( जेठ ३१–असार १) सम्म दक्षिणी इटालीको अपुलिया क्षेत्रमा सो सम्मेलन भएको थियो । सम्मेलनमा अमेरिका, बेलायत, क्यानडा, जर्मनी, इटाली, जापान र फ्रान्सकासाथै युरोपेली संघका सदस्य राष्ट्रहरु सहभागी थिएभने नेपालको छिमेकी भारतलाई आमन्त्रित राष्ट्रकारुपमा सहभागी गराइएको थियो । जहाँ भारतका नव नियुक्त प्रधानमन्त्रि नरेन्द्र मोदी आफै सहभागी हुनुभएको थियो । जी–७ खासमा एक अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक संगठन हो । जसमा उपरोक्त सात प्रमुख विकसित देशहरु आबद्ध रहँदैआएका छन् । उक्त सम्मेलनमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका प्रतिनिधिहरुले मुख्यत युक्रेन र गाजा युद्धलगायतका विषयमासमेत छलफल…
Read More
भारतीय आम चुनावको सन्देश हिन्दु अतिवादको अन्त्य आवश्यक

भारतीय आम चुनावको सन्देश हिन्दु अतिवादको अन्त्य आवश्यक

लेखक : कृष्णराज पौडेलभर्खरै भारतमा आम चुनाव सकिएको छ । हिन्दु अतिवादीको रूपमा परिचित सत्तासीन भारतीय जनता पार्टी (भाजपा) ले नेतृत्व गरेको गठबन्धनले चुनावमा बहुमत प्राप्त गर्यो । एकल बहुमत समेत प्राप्त गर्न सकेन । दुई तिहाई बहुमत ल्याउने र भारतमा व्यापक हिन्दुकरण गर्ने भाजपाको तीब्र आकांक्षालाई भारतीय जनताले असफल तुल्याइदिएका छन् । यो चुनावले भारतमा हिन्दु अतिवाद आबश्यक छैन भन्ने सन्देश दिएको छ । राज्यको उत्पत्ति भएपछि शोषक वर्गले आफ्नो सत्ता टिकाउने हतियार धर्मलाई बनाएको थियो । शोषक वर्गले धर्मले मात्र काम गर्न छोडेपछि जाति र जातको राजनीतिलाई प्रयोग गर्दछन । धर्म, जात, जातिको राजनीतिले काम गर्न छोडे पछि…
Read More