भारतीय आम चुनावको सन्देश हिन्दु अतिवादको अन्त्य आवश्यक

लेखक : कृष्णराज पौडेल
भर्खरै भारतमा आम चुनाव सकिएको छ । हिन्दु अतिवादीको रूपमा परिचित सत्तासीन भारतीय जनता पार्टी (भाजपा) ले नेतृत्व गरेको गठबन्धनले चुनावमा बहुमत प्राप्त गर्यो । एकल बहुमत समेत प्राप्त गर्न सकेन । दुई तिहाई बहुमत ल्याउने र भारतमा व्यापक हिन्दुकरण गर्ने भाजपाको तीब्र आकांक्षालाई भारतीय जनताले असफल तुल्याइदिएका छन् । यो चुनावले भारतमा हिन्दु अतिवाद आबश्यक छैन भन्ने सन्देश दिएको छ ।

राज्यको उत्पत्ति भएपछि शोषक वर्गले आफ्नो सत्ता टिकाउने हतियार धर्मलाई बनाएको थियो । शोषक वर्गले धर्मले मात्र काम गर्न छोडेपछि जाति र जातको राजनीतिलाई प्रयोग गर्दछन । धर्म, जात, जातिको राजनीतिले काम गर्न छोडे पछि क्षेत्रीय राजनीति पनि गर्दछन ।

रोमनहरुले यहुदी धर्मको नाममा हजारौँ वर्ष राज गरे । धर्मको आडमा जनतामाथि उनीहरुले गरेको अत्याचारको विरोध गर्दा क्रिश्चयन धर्म बन्यो । पछि त्यही कृष्चियन धर्म रोमन साम्राज्यवादीहरुले ग्रहण गरे । फेरि क्रिश्चयन धर्मको नाममा शासन र अत्याचार गर्न सुरु गरे । रोमन साम्राज्यको अन्त्य पछि बेलायती साम्राज्यको उदय भयो र उनीहरुले पनि धर्मलाई नै धेरै हदसम्म उपयोग गरेर साम्राज्यवादी शासन चलाए, दमन गरे,विस्वभरी लुटपाट मच्चाए । यही ईतिहास मुस्लिम लगायत अन्य धर्मको नाममा शासन गर्नेहरुको पनि छ । मुगलहरुले मुस्लिम धर्मको नाममा मंगोल साम्राज्य बनाए । पृथ्वीको ठूलो भागमा शासन गरे । जनतामाथि दमन र लुटपाट मच्चाए।अहिले पनि मुस्लिम धर्मको नाममा कैयौ देशहरुमा तानाशाही व्यावस्था कायम छ ।

भारत वर्षमा हिन्दु धर्मको नाममा कैयौ साना ठूला शासकहरुले शासन गरे । तर मुस्लिम वा क्रिश्चयनको जस्तो विशाल साम्राज्य भने यिनीहरुले स्थापना गर्न सकेनन् । भारतमा ब्रिटिसराज चलेसंगै राजाहरुको अस्तित्व सकिदै गयो । भारत स्वतन्त्र हुन्जेलसम्म करीव सबै राजाहरुको अस्तित्व नामेट भैसकेको थियो । अधिकांश सानाठुला राजाहरु सबैले ब्रिटिसहरुसँग सम्झौता गरे । ब्रिटिसहरु संगै मिलेर जनताबाट कुत उठाएर मस्तीको जिन्दगी बिताए । त्यसैले स्वतन्त्रता पछि कसैले पनि राजा र धर्ममा आधारित शासन खोजेन । समग्र भारत धर्म निरपेक्ष देश बन्यो। विश्वको पछिल्लो हिन्दु धर्ममा आधारित देश नेपाल थियो । राजतन्त्रको अन्त्य संगै नेपाल पनि धर्मनिरपेक्ष देशमा रुपान्तरण भयो ।
विश्व धर्मको नाममा गरिने राजनीति र शोषणबाट विस्तारै मुक्त हुदैछ । राजनीतिमा धर्मदर्शनको स्थान अर्थराजनीतिक दर्शनले लिएको छ । अर्थराजनीतिक दर्शन स्थापित हुदै गैरहेको छ । धर्मदर्शनको राजनीति असफल हँुदै गैरहेको पछिल्लो प्रमाण भर्खरै सम्पन्न भारतीय लोकसभाको चुनावी परिणाम हो ।

भारतमा हिन्दु धार्मिक राजनीतिको पुन उदय

ब्रिटिसहरुसंग सम्झौता गरेसंगै भारतका हिन्दु धार्मिक राज्यको अस्तित्व र हिन्दु धार्मिक राजनीति पनि सकियो । तर कट्टर हिन्दुवादीहरु हिन्दुवादी राजनीति जोगाउन चाहन्थे । तयसैले सन् १९२५ मा कट्टरपन्थी हिन्दुहरुले राष्ट्रिय स्वयम्सेवक संघ (च्क्क्) निर्माण गरे । यसको मुख्य उद्देश्य हिन्दुराष्ट्रको निर्माण गर्नु थियो । तर ब्रिटिस राज भरी यिनीहरु तटष्ठ बसेर ब्रिटिसहरुलाई सघाईरहे । भारतीय स्वतन्त्रता संग्राममा यिनीहरुको कुनै पनि भूमिका रहेन । तर हिन्दु मुस्लिम दंगा गराउन र दंगा भड्काउनमा भने सधै यिनीहरु अग्रस्थानमा रहे । गान्धीको ब्रिटिस राजको विरुद्ध हिन्दु मुस्लिम एकताको विरोध गरे । हिन्दु मुस्लिम एकतामा सहभागी भएनन् । बरु भारत र पाकिस्तान टुक्रयाउन र दंगा भड्काउनमा भने यिनीहरु अग्र स्थानमा रहे । भारतीय स्वतन्त्रता संग्राममा भाग लिन इन्कार गरेको र उग्र–धार्मिक भावना र गतिविधिको कारण आरएसएसले उल्लेख्य समर्थन भने पाउन सकेन । हिन्दु मुस्लिम दङ्गा भड्काउन कैयौ घटनामा सामेल भएको र माहात्मा गान्धीको हत्या गर्न आरएसएस कै सदस्य नाथुराम गोड्से सहभागी भएको कारण कैयौं पटक प्रतिबन्ध पनि भयो ।
अहिलेको भारतीय जनता पार्टी आरएसएसको भगिनी संगठन हो । जुन १९५१ मा भारतीय जन संघको रुपमा गठनभएको थियो । आर.एस .एस. ले जनसमर्थन नपाएको र प्रतिबन्ध खेप्नुपरेको कारण चुनावमा भाग लिने उद्देश्यले यो पार्टी निर्माण भएको थियो । लामो समयसम्म खासै जनसमर्थन नपाएको भाजपाले लगातार दुईपटक सत्ता सञ्चालन गरिसकेको छ । सायद तेस्रो पटक पनि सत्तासञ्चालन गर्ने छ । नरेन्द्र मोदी अर्को पाँच वर्ष पनि भारतीय प्रधानमन्त्री हुने सम्भावना छ ।
नरेन्द्र मोदी तिनै मानिस हुन् जो आर.एस .एस. को सदस्य बने । आर.एस .एस. बाटै शिक्षादिक्षा पाए र गुजरातको मुख्यमन्त्री बन्न सफल भए।उनी तिनै नरेन्द्र मोदी हुन् जसले आफ्नै मुख्यमन्त्री कालमा गुजरातमा हिन्दुमुस्लिम दंगा गराए । करिव दुईहजार मानिसको ज्यान गयो । हजारौ पसल, उद्योग र घरहरु जले । हजारौ वलात्कारमा परे । पचासौ हजार मानिस विस्थापित भए । भारतमा सानाठुला दंङ्गा भैरहन्छन् । अहिलेसम्मका दंङ्गा मध्य सबभन्दा भयङ्कर र क्रुर गुजरात दङ्गा मानिन्छ । यो एकप्रकारको जाति हत्या(जेनोसाईड) थियो । अधिकांस मारिने मुस्लिम थिए । सबै विस्थापित मुस्लिम थिए । तर नरेन्द्र मोदीले भने नैतिक जिम्मा समेत लिएनन् । भारतीय सुप्रिम कोर्टले उनलाई फुर्सत दियो ।

भारतीय स्वतन्त्रता संग्राममा खासै सहभागिता नजनाएको,धार्मिक कट्टरता भएको र विकासको कुनै आर्थिक योजना नभएको कारण लामो समय सम्म जनसमर्थन पाउन भाजपाले सकेन ।तर पछिल्ला दिनमा अशिक्षित र अन्धबिस्वासमा जकडिएको भारतीय समाजिक चेतनाको फाईदा उठाउँदै भारतीय राजनीतिमा धार्मिक बिष घोल्न भाजपा र आर.एस .एस.सफल भयो । राम जन्मभूमिको नारा दिएर उत्तरप्रदेशमा झण्डा गाड्न सफल भाजपा विस्तारै गुजरात हुँदै अरु प्रदेशमा जीत हासिल गरेको थियो । भाजपाको मुख्य एजेण्डा भारतीय जनतालाई अदृष्य शक्तिको डर देखाउने रह्यो । जसरी मानिसको मृत्यु पछि उसको परिवारलाई नर्कको डर देखाएर पुरेतले लुट्छ त्यस्तै अदृश्य संकटको डर देखाएर मानिस तर्साउने, हिजोसम्म संगै मजदूरी गर्ने मुस्लिमलाई भयङ्कर आतङ्कवादी देखाउने, हिजोसम्म संगै स्कुलमा पढाउने क्रिश्चयन साथी शिक्षक भयङ्कर साम्राज्यवादी देखाउने,तिनै साहुसामन्त र धर्मभिरुहरुको सेवा गरेका दलित जनजातिहरुलाई अधर्मि र राक्षसजन बताउने गरेर धार्मिक अन्धविश्वास भएका तमाम मानिसहरुमा डर पैदा गर्न यिनीहरु सफल भए । यसैको परिणाम समाजमा बैमनस्यता बढ्यो।मानिसहरु बिभाजित भए।हिन्दु बाहुल्यता रहेको भारतीय समाजलाई अल्पसंख्यकहरुबाट डर देखाईयो । जसको कारण बाहुल्य हिन्दुहरुले उनीहरुलाई समर्थन गर्न पुगे।संसदीय जोडघटाउमा उनीहरुले जीत हातपार्न सफल भए ।

गुजरातमा मुस्लिम सफाया अभियान चलाएर शक्तिशाली बनेका नरेन्द्र मोदी र भाजपा प्रत्यक दंङ्गा पछि झनै जनसमर्थन प्राप्त गर्दै गैरहेको थियो । युपिमा बाबरी मस्जिद ढलाएपछि नै प्रदेश सभामा जित हासील गरेको थियो । सन् २०१३ मा भएको मुजफ्फरपुर दंगा जसमा ९८ मुस्लिम र २१ जात मारिएका थिए । पचासहजार मानिस बिस्थापित भएका थिए । छानवीन गर्दा भाजपा नेताहरुको प्रत्यक्ष संलग्नता पाइएको थियो । तर यही दंगा पछि भाजपाले उत्तरप्रदेशमा वहुमत प्राप्त ग¥यो । योगी आदित्य नाथ मुख्यमन्त्री बनेपछि १२ भाजपा नेता जो दंगामा हिंसात्मक गतिविधिमा संलग्न थिए, उनीहरु विरुद्धको मुद्दा फिर्ता गराईयो । यसले के देखाउछ भने प्रत्यक दंगा पछि यिनीहरु हौसिईरहेका थिए । थप दंगा गराउनमा उद्धत थिए ।

सन् १९४८ यता भारतमा करिव बीस वटा ठुला खुनी हिंसात्मक दंगा भएका छन् । अरु कैयन् सानातिना दंगा असंख्य छन् । अधिकांश ठूला हिंसात्मक दंगामा कतै न कतै आर.एस .एस.र भाजपाको संलग्नता अनुसन्धानले देखाएका छन् । पछिल्लो हिंसात्मक घटना मनिपुरमा भयो । क्रिस्चियन धार्म अपनाउने जाति र हिंन्दु धर्म अपनाउने जाति बिच भएको हिंसात्मक दंगामा एउटा महिलालाई नांगै गाउँ घुमाईएको थियो र सामुहिक बलात्कार गरेर हत्या गरियको थियो । केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय प्रशासन सबै हिंसा नियन्त्रण गर्न असक्षम थिए । तर पनि प्रधानमन्त्री मोदी र भारतीय सत्ताधारी वर्ग कसैलाई पनि पश्चात्ताप थिएन । जसको खुनमै फासीवाद दौडेको छ,जसबाट उ दिक्षित छ उसले किन पश्चाताप गर्छ र ।

१४ र १९ मा लगातार बहुमत हासील गरेको भाजपा भर्खर सम्पन्न चुनावमा २४० सिट सहित उसको गठबन्धनले बहुमत हासील गरेको छ । भाजपा गठबन्धनले बहुमत ल्याउदा पनि यसपाली भाजपाको हारको रुपमा हेरिएको छ । किनकि उनीहरुले ४०० भन्दा बढी सीट लिने नारा दिएर चुनावमा होमिएका थिए । उनीहरु दुई तिहाई बहुमतका साथ संविधान बदल्ने रणनीतिमा थिए । उनीहरु भारतलाई हिंदु राष्ट्र बनाउन चाहन्थे । अखण्ड हिन्दुराष्ट्र भारत उनीहरुको चुनावी नारा थियो । १९४७ मा भारतीय संविधान जारी हुँदा आर.एस .एसको असहमति थियो । उनीहरुले प्राचीन भारतीय संविधान (मनुस्मृतिलाई बताउछन्) को चर्चा संविधानमा नभएको र त्यसका अरु नसमेटिएको भनेर संविधान नमान्ने घोषणा गरेका थिए । त्यसैले अहिले संविधान बदलेर मनुस्मृतिको कानुन लागु गर्न चाहन्थे । भारतीय झण्डामा समेत आर.एस .एस.को असहमति थियो । सुचिकृत जातिहरुका अधिकार खोस्न चाहन्थे । सम्पूर्णमा भन्दा संविधानमै हिन्दु सुप्रिमेसि (उच्चता) बनाउने रणनिति भाजपाको थियो । यो चरम फासीवादी नीति थियो । भाजपाको नीति त्यत्तिकै फासिवादी थियो जति हिटलरको फासीवादी नीति थियो ।

हिटलरले आफु शुद्ध आर्य सम्झन्थे । जर्मनीमा स्क्वमा सुद्ध आर्य समाज बनाउने महत्वकांक्षा पालेका हिटलरले बहुमत जर्मन जातिहरुलाई अल्पसंख्यक यहुदी र रोमहरुबाट डर देखाउन सक्षम भए । जर्मनहरुले हिटलरलाई उच्च वहुमतले समर्थन गरे । हिटलरले रोमा र यहुदीहरुको कत्लेआम गरे । हिटलरको फासीवादले सारा युरोप, मध्यपुर्व र उत्तर, पश्चिम, एसियासम्म प्रभाव पा¥यो । करिव तीस मिलियन मानिस हिटलरी फासीवादको कारण मरे ।
भारतीय समाजमा विकसित फासीवाद त्यही स्तरको फासीवाद हो, जुन हिटलरले जर्मनीमा विकास गरेका थिए । त्यसैले भारतीय समाजमा विकसित फासीवादको बारेका जानकार हुन र फासीववादको विरुद्ध न्यायप्रेमी भारतीय जनतासँग एकता गर्न जरुरी छ ।

करिव तीस मिलियन मानिस हिटलरको फासीवादी नीतिको कारण मरे भने, १.५ बिलियन जनसङ्ख्या रहेको भारतमा त्यही प्रकारको फासीवाद विकास हुदा के होला सहजै अनुमान लगाउन सकिन्छ । करिव सवा विलियन मुस्लिम समुदाय र एक विलियन करिव हिन्दु जनसंख्या रहेको दक्षिण एसियामा हिन्दुमुस्लिमको युद्ध हुने हो भने मानव समाजले कुन स्तरको अनिष्ट भोग्छ होला ?

पछिल्लो समय नेपालमा समेत धार्मिक अतिवादिहरुले आफ्ना गतिविधिहरु चलाईरहेका छन् । आर.एस .एस.ले नेपालमा राजा र हिन्दुअतिवाद फैलाउन ठूलो लगानी गरेको कुरा नेपालस्थित अमेरिकी एजेन्सीले आफ्नो सरकारलाई पठाएको रिपोर्ट विकिलिक्स मार्फत बाहिरिएको थियो । यो रिपोर्ट महत्वपूर्ण प्रमाण हो किनकि अमेरिकी एजेन्सीले आफ्नो सरकारलाई झुठा रिपोर्ट गर्नेकुरा हँुदैन । यो रिपोर्ट गुप्त हो । विकिलिक्स मार्फत मात्र जानकारीमा आएको हो । नेपालमा खुलेका धार्मिक अतिवादी मानिस संगसस्थाले धार्मिक अतिवाद फैलाउन गरेको लगानीले स्पष्ट पार्छ ।
दुई कार्यकाल सक्याईसकेको मोदी नेतृत्वको भाजपा सरकारले सारा प्रमुख मिडिया खरिद गरेर आफ्ना गुणगान गाउन लगाईरह्यो । भारतीय मिडियाको विश्वव्यापी ट्रेडमार्क नै बन्यो – मोदी मिडिय’ भन्ने । आर्थिक विकासका गलत र झुठा डाटाहरु पस्केर भ्रम सिर्जना गरिरह्यो । अर्कोतिर देशको सम्पूर्ण अर्थतन्त्र आफु नजिकको पुँजीपतिवर्गलाई सुम्पियो । भ्रष्ट विपक्षीलाई भाजपामा लागेपछि माफिमिनाहा गरियो । जसले मोदी, भाजपा र सरकारको विरोध गर्छ ऊ देशद्रोही बनाईयो । कतिसम्म भने मलविउ र उचित मुल्यको लागि आन्दोलित किसानलाई समेत मोदी मिडियाले विदेशी एजेण्ट र भारत विरोधीको रुपमा प्रचार गरे । मानिसलाई सधै धर्मको पट्टि बाँधेर कति दिन सम्म राख्न सकिन्छ ? गौवधको नाममा गाडी चलाउने चालक समेत थुतेर पिटेका भाजपा कार्यकर्ताले हिन्दु धर्मअनुसार सांसारिक मोह त्यागेपछि योगी र गेरुवस्त्रधारी हुन्छ । तर त्यही गेरुवस्त्रधारी जोगीलाई भाजपाले मुख्यमन्त्री बनायो । योगिले युपिमा गौवधलाई गैह्रकानुनी बनायो । तर चुनावी खर्चको लागि सबभन्दा बढी चन्दा गाईको मासु निर्यात गर्ने कम्पनीबाट लियो । यसैले धार्मिक फासीवादी राजनीति केवल जनतालाई वेकुप बनाउनको लागि थियो । धेरै भारतीयहरु यसपाली प्रष्ट भैसकेका छन् । तर खतरा टरे पनि पूर्ण रुपमा टरेको छैन । जनता सचेत रहन आवश्यक छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?