चेन्नै : दक्षिण भारतका जेलमा के कति नेपालीहरू छन रु उनीहरूको अवस्था के कस्तो छ रु र कसरी उनीहरूको उद्दार गर्न सकिन्छ रु भन्ने विषयमा अनुगमन गर्नकोलागि नेपाली दूतावास, नई दिल्लीबाट नेपाल प्रहरीका एस. एस. पी .उमा प्रसाद चतुर्वेदी , दूतावास काउन्सिलर, दिपक निरौला तृतीय सचिव, र नवीन जोसी,ईन्डिया, निदेर्शक बेंगलोर हुदै चेन्नै आएको थिए ।
चेन्नैको सेन्ट्रल जेलमा रहेका नेपालीहरूको अनुगमनपछि चेन्नैमा रहेका नेपाली समाज संगठनसंग पनि भेटघाट भएको छ । २८ जुन २०२४ का दिन चेन्नैको होटल पेन्टागनमा भेटघाट कार्यक्रमको आयोजना सम्पन्न भएको छ। उक्त भेटघाट कार्यक्रममा अखिल भारत नेपाली एकता समाजका तर्फबाट केन्द्रीय महासचिव महेन्द्र बस्याल, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य तिलकराम गोराथोकी, उमानन्द आचार्य,राजु अधिकारी, हरि जिसी र दिनेश थापा रहेका थिए ।

नेपाली प्रवासी संघ भारतका केन्द्रीय सहसचिव कृष्णा पोखरेल, राज्य समितिबाट कृष्णजी दुर्योधनजी, वालानाथ गौतम जी, एकता मन्चवाट केन्द्रीय सदस्य गंगा थापा, दक्षिण भारतका महासचिव चन्द्र महरा, भुपेंद्र महरा लगायत र जनसम्पर्क दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष गंगाराम आचार्य लगायतले भेटघाट गर्ने काम गरिएको थियो।
भेटघाट कार्यक्रममा भातमा कार्यरत तथा अध्ययनरत आम नेपालीहरूका जल्दा वल्दा समस्याहरू १९५० का सन्धि त्यस्तै नेपालीहरूले पाउन पर्ने सहुलियत कटौती हुदै गएको छ ती सहुलियत पुन प्राप्तिको वातावरण मिलाउने बारे बारे, नेपालबाट भारतमा र भारतवाट नेपालमा पैसा पठाउन भरपर्दो व्यवस्था बारे, भैरहवा गौतमबुद्ध एयरपोर्ट संचालन बारे, भारतमा बढीरहेको आत्म हत्यालाइ न्युनिकरण गर्न ,महिला ट्राफिकिङ रोकथामको उपाय , पेन्शन नेपाली वैंकमा जानु पर्छ भन्ने बारे, बोर्डरमा हुने लुटपाट , भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको भविष्यको विषयमा , चेन्नैमा नेपाली कन्सुलेट राख्ने बारे, दूतावास द्धारा नेपालीहरूलाइ ज्ञानवर्धक र चेतनामूलक कार्यक्रम संचाल गर्नेबारे छलफल र समस्या समाधानको बाटो सहि र सजिलो कसरी हुन सक्छ भन्ने बारेमा महेन्द्र बस्यालले सामूहिक रूपमा कुरा उठाए पछि दुवै पक्ष विच व्यापक छलफल भएको थियो। कार्यक्रमको शुरूमा समाजका तर्फबाट सबैलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो अन्तमा दूतावासको तर्फबाट रात्रीभोजको आयोजना गरिएको थियो। भेटघाट र जनताका समस्या राख्ने मौका दिएकोमा आभार व्यक्त गर्दै हार्दिक धन्यवाद सहित कार्यक्रम समापन गरिएको थियो।