कोइलाखानी हत्याकाण्डको अखिल भारत नेपाली एकता समाजले गर्याे विरोध

काठमाण्डौ : अखिल भारत नेपाली एकता समाजले भारतको पूर्वोत्तर मेघालयस्थित कोईलाखानीमा भएको मजदुरहरुको हत्याकाण्डको एकता समाजले विरोध गर्नुका साथै सत्य तथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सभापति आनन्द थापाले २०२४ जुलाई ८का दिन एक प्रेस विज्ञप्ति जारी गरी सो माग गरेका हुन् ।

२०२४ जुलाई ५ का दिन मेघालयस्थिित सतुंगाा जयन्तीया हिल्सस्थित उम्प्लेङ गाउँमा स्थानीय कोईलाखानीमा काम गर्दै आएका ४ जना मजदुरहरुको हत्या भएको थियो । हत्या भएकाहरुमा नेपालको इलामका २३ वर्षीय रवि राई ,धरान फुस्रेका २३ वर्षीय राजेश राई र भारतीय नागरिक नसर डाकियाको पहिचान खुलेको छ भने एक जनाको पहिचान हुन सकेको छैन ।यो हत्याकाण्डबारे एकता समाजको ध्यान आकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । । प्रेस विज्ञप्ति यस प्रकार रहेको छ :

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?