बुर्जुवा गणतन्त्रलाई जनगणतन्त्रमा रुपान्तरण गराैँ : सिपी गजुरेल, बरिष्ठ नेता
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ नेता सीपी गजुरेलले आफ्नो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकताको पक्षमा रहेको बताएका छन् । पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कम्यनिष्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकता अनिवार्य रहेको बताए । नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको भन्दै उहाँले त्यसको पक्षमा कम्युनिष्ट पार्टीहरु उभिनुपर्नेमा जोड दिए ।नेता गजुरेलले प्रधानमन्त्री प्रचण्ड, माधवकुमार नेपाल, विप्लव लगायतका नेताहरुलाई जनवादी गणतन्त्रको दिशामा अगाडि बढ्न अनुराेध गर्नुभयाे । ‘जनतामा भ्रम दिने दुई वटा विषय छन् । एउटा गणतन्त्र, अर्को समाजवाद । अब सबै पार्टीहरु के भन्छन् भने…