तीज यसरी मानौँ
लेखक : विष्णु न्यौपाने तीज महिलाहरूको लागि मात्र एक मुख्य चाड हो । जहाँ एकवर्ष भरिका कथा व्यथा माइतीघर गएर पोख्ने र विवाह गरेर टाढा टाढा भएका दिदिबहिनीहरूको भटघाट गर्ने एक सुनौलो अवसर पनि हो । खास तीज पर्ब किन र कसरी मनाइदै आइयो भन्ने कुरा इतिहास पुराण , उपनिषद्मा सुन्न र पढ्न पाइन्छ । कथा अनुसार पुर्वकालमा पार्वतीले आफ्नो पिताले आफ्नो विवाह विष्णु भगवानसँग गरिदन खोज्दा पार्वतीलाई मन नपरेको र आफ्नो इच्छा श्री महादेवको साथ गर्न चाहेको बाट कथा सुरू हुन्छ । हिमालय पर्वतले छोरी पार्वतीको इच्छा विपरीत गर्न खोज्दा भागेर एकान्तमा महादेव पति पाउ भनी पिताको घरबाट भागेर…