क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काभ्रेले मनायाे २९औँ बेथान वीरता दिवस
मन्थली,रामेछाप : २९औँ बेथान वीरता दिवसको सन्दर्भ पारी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, रामेछाप जिल्ला समितिको बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।
शुक्रबार रामेछापको सदरमुकाम मन्थलीमा बसेको बैठकमा उक्त पार्टीको जिल्ला इन्चार्ज तथा सेक्रेटरी लाङघालीले राष्ट्रिय एकता माहाधिवेसनको भाव सम्प्रेषण गर्नु भएको थियो ।
बैठकले जिल्ला समिति सदस्यमा २ जना र बैकल्पिक जिल्ला समिति सदस्यमा २ जना मनोनित गरेको बताएको छ । त्यसैगरी स्थानीय समितिका बैठक सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
२९औँ बेथान मोर्चाका माहान सहिद तिर्थ गौतम, फत्त यस्माली मगर र दिलमाया बम्जनले देखाएको बाटोमा निरन्तर क्रान्तिमा लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैठकको अध्यक्षता तथा सञ्चालन गर्नु भएको लाङघालीले गर्नुभएको थियाे ।
त्यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काभ्रेले २९औँ बेथान वीरता दिवसको भब्य रूपमा मनाएकाे जानकारी जिल्ला सेक्रेटरी ढाेकप्रसाद अधिकारीले दिनु भएकाे छ ।