बाँकेमा १३२औँ माओ दिवस

नेपालगन्ज : २०८१ पौष ११ गते नेपालगन्जमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति बाँकेको आयोजनामा १३२औ माओ दिवस भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि पार्टीका ६ नम्बर प्रदेश संयोजक दिपक शाहीले कम्युनिस्ट क्रान्तिकारीहरुको एकता नै आजको आवश्यकता हो भन्नु भयो।

कार्यक्रमको सञ्चान विक्रम भण्डारीले गर्नु भएको थियो। कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य र बाँके जिल्ला सचिव गुणीनीधि आचार्यले गर्नु भयो।

उक्त कार्यक्रममा अतिथिहरु माओबादी केन्द्रका केन्द्रिय सदस्य आई पी खरेल, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण पाण्डे, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सल्लाहकार समिति सदस्य ऋषिराम थारु, कमला खड्का, अखिल क्रान्तिकारी बाँके जिल्ला संयोजक प्रकाश विश्वकर्मा, बाम बुद्धिजीवी नरेन्द्र जङ्ग पिटर, मुस्लिम नेता अतहर हुसेस फारुकी,र अब्दुल खान रहेका थिए।

विद्यार्थी नेता प्रकाश विश्वकर्माको स्वागत मन्तब्य सँगै सुरु भएको उक्त कार्यक्रममा पार्टीका आगामी नीति तथा कार्यक्रम स्पष्ट गर्दै प्रमुख अतीथि शाही द्वारा क्रान्तिकारी हरु बिचको एकताका लागि जस्तो सुकै मूल्य चुकाउन पनि तयार रहेकोले विभिन्न खेमामा रहेका क्रान्तिकारी हरुलाई एकतामा आउन शाहीले आवाहन गर्नु भयो र पार्टीको राष्ट्रिय एकता महाधिवेशन ऐतिहासिक र भव्यरुपमा काठमाण्डौको त्रिभुवन विश्व विद्यालयमा स्मृति हलमा सम्पन्न भएको जानकारी दिनु भयो।

By जन बिहानी

Related Posts