बैङ्गलोर, भारत : २६ डिसेम्बर २०२४ का दिन बैङ्गलोर दक्षिण नगर समितिको तत्वाधानमा सर्वहारा वर्गका महान नेता तथा सर्वहारा सांस्कृतिक क्रान्तिका नायक माओत्सेतुङ को १३२ औ जन्मोत्सव कार्यक्रम सम्पन भएको छ । गणेश विक को अध्यक्षता र शेरसिंह विक को सञ्चालन ,प्रमुख अतिथि रामसिंह बिक, विशेष अतिथि अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य करन दयाल, डिसि एम बिरेन्द्र बि क, एकता समाज दक्षिण भारत क्षेत्रिय सदस्य जनक विक,केन्द्रीय महिला विभाग कि श्रीमती मिना बिक, एकता समाज बेङ्गलोर दक्षिण नगर समितिका सदस्य, अर्जुन टमटा,विद्यार्थी नगर विभागकी रोशनी दयाल, के एस .थलोका सञ्चालक रजनी कोहली,सदस्य लवदेव बिक, सदस्य श्रीमती मन्जु दयाल, श्रीमती पार्वती बिकको आतिथ्यता रहेको थियो अतिथि आशन ग्रहण पछि देश र जनताको निम्ति ज्यानको बलिदान दिनुभएका सहिद प्रति एक मिनेट मौनधारण गरिएको थियो।
।मौनधारण पश्चात उपस्थित जनसमुदायलाई शब्दबाट बिरेन्द्र बिकले स्वागत गर्नु भएको थियो । रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीतबाट स्वागत गर्नु भएको थियो। स्वागत पछि प्रमुख अतिथिले संसारका सर्वहारा वर्गका महान नेता माओको फोटोमा फुल माल्यार्अण गरी कार्यक्रम को उद्घाटन गर्नुभएको थियो । उद्घाटनमा बोल्दै नेता रामसिंह वि.क.ले माओत्सेतुङको संक्षिप्त जीवनीमाथि प्रकाश पार्नुका साथै माओले विश्वको कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्नु भएको थियो।