काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी काभ्रे जिल्ला ले आज २०८१ पौष ११ गते १३२ औं माओ दिवस भव्यताका साथ मनायो ।

माओ दिवसको कार्यक्रम मा प्रमुख अथिती केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सोमन तामाङले गर्नु भएको थियो भने बैकल्पिक केन्द्रिय तथा सदस्य काभ्रे जिल्ला सचीव ढोक प्रसाद अधिकारी ले कार्यक्रम को अध्यक्षता गर्नु भएको थियो भने सहिद परिवार र जेष्ठ नागरिक जिल्ला कमिटी सदस्य किसान बाको अथित्यमा सोभा सेन्चुरी ले कार्यक्रम लाई संचालक गर्नु भएको थियो ।
प्रमुख अथिती सोमन तामाङले माओत्सेतुङ को योगदान र माओवाद कुनै एक युग नभै विश्व व्यापी बिज्ञान भएको कारण माओवाद नै विश्व सर्बहारा वर्ग को वर्गसंघर्ष को विश्व व्यापी मार्गनिर्देशन बिज्ञान भएको ले माओवाद एक बिज्ञान को रूपमा व्याख्यात्मक टिप्पणी गर्नु भएको थियोे ।
माओका योगदान र सैद्धान्तिक पाक्ष लाई विश्व भर का उत्पीडित वर्ग ,जाती र पिछडिएका वर्ग ले प्रयोगात्मक सिद्धांत बाट अभ्यास गरिदै आएको र कतिपय मुलुकमा सम्पन्न गरेको को नि पनि प्रस्ट्याउनु भयो ।
जिल्ला सचीव ढोग प्रसाद अधिकारी ले कार्यक्रम भव्यता का साथ सम्पन्न भएको घोषणा गर्दै कार्यक्रम लाई समापन गर्नु भएको थियो ।