काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १३२ औं माओ दिवसको अवसरमा नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै बैज्ञानिक समाजवाद स्थापना गर्ने संकल्प गरेको छ । पार्टीका महासचिव मोहन वैद्ध किरणद्वारा हस्ताक्षर गरिएको २०८१ पौष १० गते जारी एक प्रेस वक्तव्य मार्फत सो संकल्प व्यक्त गरिएको हो ।
१३२ औं माओ दिवसका अवसरमा वक्तव्यमा माओले दर्शन ,राजनीतिक अर्थशास्त्र र नयाँ जनवाद तथा समाजवाद निर्माणमा पुर्याएको योगदानको पनि स्मरण गरिएकोछ। माओको नेतृत्वमा सन्चालित जनयुद्धबाट सन् १९४९ मा चिनलाई सामन्तवाद र साम्राज्यवादबाट मुक्त गरिएको थियो । १९५६ देखि समाजवाद निर्माण थालिएको थियो । उहाँकै नेतृत्वमा १९६६ देखि १९७६ सम्म सर्वहारा साँस्कृतिक क्रान्ति सन्चालन गरिएको थियो ।माओले दर्शनलाई ज्ञान सिद्धान्तको रूपमा व्याख्या गर्नु भएको थियो ।राजनीतिक अर्थशास्त्रमा चिनियाँ समाजको वर्ग बिश्लेषण गरी शत्रु र मित्र छुट्टाउनु भएको थियो ।
वक्तव्यमा साम्राज्यवादबाट पालित पोषित दलाल पुँजीवाद र बचेखुचेको सामन्तवादलाई परस्त गर्ने संकल्पलाई कार्यान्वयन गर्नतिर दृढतापूर्वक लाग्ने भनिएकोछ ।