दुई नम्बर प्रदेशमा १३२ औं माओ दिवस र राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा

सर्लाही : २०८१ पौष ११ गते डिसेम्बर २६ का दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशको आयोजनामा १३२ औँ माओवादी दिवस र ऐतिहासिक राष्ट्रिय एकता महाधिवेशनको सन्देश सभा सर्लाही जिल्लाको बैलवास बजारमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घोषण पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले गर्नुभएको थियो भने अध्यक्षता सर्लाही जिल्लाका पार्टी सचिव सन्ध्या प्रधानले गर्नुभएको थियो। शहीदहरूप्रति एक मिनेट मौनधारण पछि सुरु भएको कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य बिन्देश्वर पटेलले स्वागत मन्तव्य राख्नुभएको थियो।

पार्टीका मधेश प्रदेश ईन्चार्ज दिनेश शर्माले राष्ट्रिय एकता महाधिवेशनले नेपालको क्रान्तिकारी आन्दोलनको लागि सैद्धान्तिक मार्ग स्पष्ट गरेको बताउनु भयो । उहाँले माओका शिक्षा आजको युगमा क्रान्तिकारी आन्दोलनकालागि आवश्यक हुने बताउँदै मार्क्सवाद लेनिनवाद माओवादलाई पथप्रदर्शक सिद्धान्त बनाइएको पनि स्पष्ट गर्नु भयो ।

वक्ताहरूमा जिल्ला पार्टी सदस्य कृष्णदेव शर्मा , जिल्ला पार्टी सदस्य मलिका शाक्य , राष्ट्रिय क्रान्तिकारी मोर्चाका प्रदेश सचिवालय सदस्य राम दुलारी महतो पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रप्रसाद यादव हुनु हुन्थ्यो । अन्तमा सभाध्यक्ष कमरेड सन्ध्याले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभयो।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?