सर्वोच्चको निर्देशनात्मक आदेश तत्काल कार्यान्वयन गर्न विगेसोको जोडदार माग
काठमाण्डौ : ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो)ले असमान गोर्खा भर्ती सम्बन्धी सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश तत्काल कार्यान्वयन गर्न नेपाल सरकारसंग जोडदार माग गरेको छ । २०८१ असोज २० गते अनामनगरस्थित संवाद डबलीमा ब्रिटिस भूतपूर्व गोरखा सैनिक संगठन (विगेसा)ेले१९४७ को त्री पक्षीय सन्धिसम्बन्धमा सर्वोच्च अदालतद्वारा जारी गरिएको निर्देशनात्मक आदेश सम्बन्धमा पत्रकार सम्मेलन गर्दै सो माग गरेको हो । पत्रकार सम्मेलनमा भूतपूर्वब्रिटिस गोरखा सैनिक संगठनसंग आबद्ध वक्ताहरुले नेपाली युवाहरुलाई भाडाका सैनिकको रुपमा विदेशी भूमिमा पठाएर वषौंदेखि उनीहरुको वास्तविक समस्याहरुको बारेमा वास्ता नगरी बस्ने नेपाली शासकहरुको घोर विरोध पनि गरे । उनीहरुले आफूहरुको समस्या ,माग र सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेशको…