बिगेसोको केन्द्रीय जानकारी सभा

चैत्र १८ काठमाण्डौ । बेलायतको ह्याम्पसायरस्थित एम्पायर हल, अल्डरसटमा चैत्र १८ गते २०८१ का दिन ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) को केन्द्रीय जानकारी भव्य रूपमा सम्पन्न भयो ।सभाको सञ्चालन खड्गजंग आंबोहाङले गर्नुभयो । अध्यक्षता संगठनका कार्यवाहक अध्यक्ष दिलकुमार सम्बाहाङफेले गर्नुभयो । कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य संगठनका उपाध्यक्ष रविन्द्र तुम्बाहाङफेले व्यक्त गर्नुभयो । कार्यक्रममा हेल्थ तथा सेफ्टी सम्बन्धी जानकारी संगठनका सचिव श्थानकुमार लिम्बुज्यूले प्रस्तुत गर्नुभयो । त्यसपछि संगठनका अध्यक्ष दिलकुमार सम्बाहाङफेले संगठनको विषयमा विस्तृत जानकारी दिनुभयो ।मुख्य अतिथि तथा बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बुले आफ्नो मन्तव्य राख्दै अहिलेसम्मका गतिविधि, उपलब्धि र आन्दोलनको सन्दर्भमा महत्वपूर्ण जानकारी दिनुभयो । उहाँले राष्ट्रिय स्वाधीनता, श्रम शोषण, मानव अधिकार, शिक्षा, असमान सन्धि सम्झौता, बालश्रम र पहिचानका विषयमा स्पष्ट धारणा राख्नुभयो । विशेष रूपमा, सेनामा पठाइएका गोर्खा सैनिक र तिनका परिवारका वंशजहरूको नैसर्गिक अधिकारको कानुनी प्रक्रिया र आन्दोलनबारे प्रस्ट पार्नुभयो । साथै, एनआरएनको वैधानिकतामाथि पनि उहाँले प्रश्न उठाउनुभयो ।


सुभकामना मन्तव्य अतिथि दीपक शाहीले दिनुभयो । संगठनका सल्लाहकार खगेन्द्र पाठकले संगठनको योगदानबारे चर्चा गर्नुभयो । धन्यवाद ज्ञापन तथा पाहुना सत्कारको जिम्मेवारी संगठनका केस होमा पाहिम र मुन्नी राई आंबोहाङले सक्रिय रूपमा निर्वाह गर्नुभयो ।कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकहरूले सबैलाई आभार व्यक्त गर्दै आगामी दिनहरूमा थप सक्रियता र एकताको सन्देश व्यक्त गरेका छन् ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?