गाउँ शहरमा जनसम्बन्ध विस्तार अभियान टोली दर्जनौ ठाउँमा जनसभाहरु

जनबिहानी न्युज डेस्क काठमाडौँ/

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार सदस्यता वितरण, जनभेटघाट, सभा, जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।यसैबीच पश्चिममा गड्डाचौकीबाट हिडेको अभियान टोली कैलालीको गौरीगंगा नगरपालिका कुचैनी बजारमा कोणसभा गरेको छ । सभामा पार्टीका केन्द्रिय सदस्य दिपक बिष्टले मन्तब्य राखेका थिए । यस्तै गौरीगंगा नगरपालिका बनबेहडा बजारमा भएको कोणसभामा केन्द्रीय सदस्य दिलबहादुर कठायतले सम्बोधन गरेका थिए । यस्तै गौरीगंगा नगरपालिका ६ मोयामा अभियान टोली जनश्रममा सहभागी भयो र गोदावरी नगरपालिकाको स्याउले बजारमा कोणसभा भएको छ । त्यहाँको कोणसभालाई पोलिटब्युरो सदस्य जितामित्र सुनारले सम्वोधन गरेका थिए । कोणसभाको सञ्चालन कैलाली सचिव रुद्र कँडेलले गरेका थिए ।
उता कैलालीको टेकुलामामा भएको सभामा स्थायी समिति सदस्य कृष्ण पौडेलले सम्बोधन गरेका थिए । सम्बोधनमा उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई विभिन्न भड्काव र दक्षिणपन्थी संशोधनवादी धाराबाट बचाउँदै सही क्रान्तिकारी कम्युनिष्ट निर्माण पार्टी गर्न अभियानमा जनतासँग पुगेको बताए । सभामा रामबहादुर केसी डायमण्डले जनसम्बन्ध विस्तार अभियानको बारेमा बोलेका थिए भने अर्का पिबिएम सिपि शर्मा र अम्बिका मुडभरीले सम्बोधन गरेका थिए । अभियान टोली सदस्य नारायण योगीले मन्तब्य सहित जनवादी गित प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन कैलाली सचिव रुद्र कँडेलले गरेका थिए ।
गोदावरी नगरपालिका अत्तरिया बजारमा पनि अभियान टोलीले पर्चा बितरण गर्नुका साथै महेन्द्रनगर रोडको पिपलबोटमा कोणसभा सम्पन्न गरेको छ । उक्त कोणसभालाई पार्टीका पिबिएम तथा अभियान टोली सदस्य सीपी शर्माले सम्बोधन गरेका थिए । सञ्चालन रुद्र कडेलले गरेका थिए ।
भारतको सिमाना बैतडीको झुलाघाटबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोली डोटी प्रवेश गरेकोछ । यो टोलीले डोटीको सदरमुकाम दिपायलमा बिहान ८ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ । यो टोलीले डोटीको विभिन्न ठाउँमा जनभेटघाट र वालपेन्टिङ गरेको छ ।
यस्तै पूर्व चियोभन्ज्याङबाट हिडेकोरामसिहं श्रीस प्रमुख रहेको अभियान टोलीले तेहथुमको बसन्तपुर बजारमा कोण सभा सम्पन्न गरेको छ । कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य डिल्ली बोहोरा र दोर्जी शेर्पाले सम्बोधन गरेका छन् भने अर्का केन्द्रीय सदस्य धनमाया निरौलाले संचालन गरेकी थिईन ।
पूर्व झापाबाट हिडेको हरिभक्त कँडेल प्रमुख रहेको अभियान टोलीले मोरङको विभिन्न ठाउँमा कोणसभा र भित्तेलेखन गरेको छ । पथरी शनिश्चरेमा कोणसभाको संचालन रत्न पराजुलीले गरेका थिए भने बिमल निरौलाले अभियानको बारेमा मन्तब्य राखेका थिए । त्यहा ६ वटा भित्तेलेखन पछि पथरी शनिश्चरेको वडा नम्बर ७ कीर्तिपुर बजारमा कोणसभा गरेको थियो त्यहाँ भएको सभाको संचालन रत्नले गरेका थिए भने अभियानबारे सुमन पराजुलीले मन्तब्य राखेका थिए । यस्तै पथरी शनिस्चरे बुद्ध चोकमा कोणसभा भएको कोणसभामा अभियान टोली प्रमुख हरिभक्त कँडेल प्रतिकले मन्तव्य राखेका थिए । यस्तै मोरङ बेलबारी नपा वडा नम्बर ३ मा भएको कोणसभाको संचालन जितेन्द्र फुयालले गरेका थिए भने पोलिटब्युरो सदस्य कृष्ण देव सिंह दनुवारले मन्तब्य राखेका थिए । कोणसभाहरुमा कलाकार नारायण शर्माले जनवादी गित प्रस्तुत गरेका थिए ।

नवदर्शन हिमाली

नवदर्शन हिमाली

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?