जन सम्बन्ध बिस्तार अभियानको १५औं दिन कुन टोलीले केके कार्यक्रम गर्यो ?

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस ,श्रम शिविर ,साँस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम २०८१ चैत १८ गते सोमबार सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।

टोली नं १ :

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १ नं. केन्द्रीय अभियान टोलीले खोटाङको हलेसी तुवाचुङ नपा–७ मा कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई पार्टीका पीवीएम चन्द्रहरि सुवेदी अटल र महिला नेतृ शारदा महतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पार्टीका खोटाङ जिल्ला सचिव झमप्रसाद आचार्यले गर्नुभएको थियो ।कार्यक्रम  पार्टीका १४ नं ब्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ पुस्करले केन्द्रीय अभियान टोलीलाई अबीर र पुष्पगुच्छाले ब्यूरोमा स्वागत गर्नुभएको थियो ।

टोली नं २ :

अभियानको पन्ध्रौं दिन अर्थात चैत्र १८ गते उदयपुर  जिल्लाको त्रीयुगा नगरपालिकाको लालपत्तामा जिल्ला सचिव  सङ्कर पौडेलको खेतमा श्रम शिबिर सञ्चालन ग¥यो । खेतमा आलस र चना उखेल्ने काम  टोलीले गरेको थियो । त्रीयुगा नगरपालिका वडा नम्बर ६ लालपत्ता चोकमा कोणसभा सम्पन्न भयो । सभाको संचालन एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यलय सदस्य एवम् पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले गर्नुभएको थियोे । सभामा अभियानबारे पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य एवम् १४ नम्बर ब्युरो सचिव  गगनले प्रष्ट पार्नुभयो । सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो ।टोलीले व्यापक भित्तेलेखन गरेको छ ।

टोली नं ३ः
जनसम्बन्ध विस्तार अभियानको सिलशिलामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति बाँकेको आयोजनामा “मिटरव्याज, सहकारी ,वित्तिय संस्था तथा बैंक पीडितको न्यायको प्रश्न ”विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालगञ्ज उद्योग वाणिज्यसंघको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा टोली नेता कृष्णराज पौडेलले कम्युनिष्ट पार्टीका सदस्यहरु अनुशासित हुनु पर्दछ । नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा पुग्नकालागि अनुशासित कार्यकर्ताहरुको जमात भएर मात्रै हामी उद्देश्यमा पुग्न सक्छौं भन्नुभयो । पार्टीका पोलिटव्यूरो सदस्य चक्रपाणि शर्माले समाजका उत्पीडित किसान मजदुरहरुलाई वर्तमान व्यवस्थाले न्याय दिन नसक्ने हुँदा व्यवस्था पविर्तनको आन्दोलनमा जोड दिनु भयो ।

उक्त कार्यक्रममा पार्टीका पिविएम तथा ३ नं व्यूरो इञ्चार्ज लालबहादुर जाग्रीले कार्यपत्र पेश गर्नु भयो ।जाग्रीले भन्नु भयो “सहकारी पीडित लघुवित्त पीडितहरुका मुद्दालाई जिल्ला प्रशासन वा अदालतले गरेका फैसला वास्तविक पीडितहरुका पक्षमा भए की भएनन् ? वास्तविक पीडितका समस्याहरु के छन्? र तिनीहरुले कसरी न्याय प्राप्त गर्न सक्छन् ? भन्ने बारेमा छलफल गर्न यो कार्यक्रमको आयोजना गरिएको हो” भन्नुभयो । कार्यक्रममा अभियान टोली सदस्यहरु शेरबहादुर देउवा र अभियानका अन्य सदस्यहरुलाई पनि आसन ग्रशण गराइएको थियो । कार्यक्रम पार्टीका बाँके जिल्ला सेक्रेटरी गुणनीधि आचार्यको अध्यक्षता र सञ्चालन प्रकाश विकले गर्नुु भएको थियो भने स्वागत मन्तव्य विक्रम भण्डारीले गर्नु भएको थियोे ।

टोली नं ४ः

भेरी कणाली ३ नम्बर ब्यूरोले बिरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गरी जनसम्बन्ध बिस्तार अभियान बारे तथा देशमा अहिले दलाल सत्ताको भ्रष्टाचार र राजावादीको प्रतिगमनकारी आन्दोलनका बारेमा पत्रकार सम्मेलन सम्पन्न गर्यो । ४ नं. टोली नेता हेमन्तप्रकाश ओली  सुदर्शनले पार्टीव्दारा संचालन गरिरहेको अभियान र समसामयिक बिषयमा प्रस्ट्याउदै पत्रकारले सोधेका प्रश्नको  जबाफ दिनु भएको थियो । कार्यक्रमको अध्यक्षता ब्यूरो सचिब  प्रकाश उर्जाले गर्नु भयो भने कार्यक्रम सञ्चालन  किरणले गर्नु भएको थियो । टोलीले सुर्खेतको चौकुने गापाको गुटुमा कोण सभा सम्पन्न गरेको छ । पार्टीका पिविएम धनेश्वर पोख्रेल, २ नं व्यूरो इञ्चार्ज रामबहादुर थारु , अखिल क्रान्तिकारीका सचिवालय सदस्य नविन खड्काले मन्तव्य राख्नु भयो र सञ्चालन पार्टीका सुर्खेत जिल्ला सचिव रत्नओलीले गर्नु भएको थियो । टोलीले पञ्चपुरी गापाको विद्यापुरमा कोण सभा सम्पन्न गरेको छ । सो कार्यक्रममा विद्यार्थी नेता नविन खड्का र पार्टी का केस कर्णबहादुर विसी ले मन्तव्य राख्नु भएको र दिनेश थापाले सञ्चालन  गर्नु भएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?