जन सम्बन्ध बिस्तार अभियानको १४औं दिन कुन टोलीले के कार्यक्रम गर्यो

चैत १७,काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस , साँस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।

टोली नम्बर १ :
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो अभियान टोलीले पाँचथर , तेह्रथुम, धनकुटा हुँदै अरुण नदी तरेर भोजपुर ,खोताङ्मा  जुलुस ,कोण सभा र वालपेन्टिङ ,पर्चा वितरणका कार्यक्रम गरिरहेको छ ।   टोलीले भोजपुर जिल्लामा चैत्र १७ गते भोजपुरको देउरालीमा पर्चा वितरण गरेको छ । भोजपुर नपा डावामा पर्चा वितरण, बाछलामा किसान लेखराज राईको घरमा खाना खाएर टेम्कोमैयुन गा.पा.को जनप्रतिनिधिहरुसित संयुक्त भेटघाट कार्यक्रम गरेको छ । १५ नं व्यूरोले १४नं व्यूरोलाई टोली हस्तान्त्रण १८ गते विहान गर्दैछ ।

टोली नम्बर २ :
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोली अभियानको चौधौं दिन आर्थात १७ गते चैत्र उदयपुर त्रीयुगा नगरपालिका ११ नम्बर वडाको पिपल चोकमा र्‍याली गरेर कोणसभा गरिएको छ । कोणसभाको संचालन उदयपुर जिल्ला इन्चार्ज मोहन सिंह तामाङले गर्नुभएको थियोे । कोणसभामा अभियान बारे १४ नम्बर ब्यूरो सचीव एवम् वैकल्पिक पोलिटब्युरो सदस्य गगन खड्गिले राख्नुभएको थियोे । सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो । उदयपुरगडि गाउँपालिका ६ नम्बर वडा नेपालटार बजारमा कोणसभा सम्पन्न भयो । कोणसभाको संचालन एकीकृत दलित मुक्ति मोर्चाका नेता एवम् जिल्ला कमिटी सदस्य लिलाबहादुर बिकले गर्नुभएको हो । अभियानको महत्त्व र औचित्य बारे पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य गगन खड्गिले राख्नुभएको थियोे । सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो । त्रीयुगा नगरपालिका वडा नम्बर ६ जलजलेमा कोणसभा सम्पन्न भयो । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभयो । सभाको सम्बोधन उदयपुर जिल्ला सचीव सङ्कर पोखरेल र क्षेत्र बहादुर थापाले गर्नुभयो । सास्कृतिक प्रस्तुति नारायण शर्माले राख्नुभयो । टोलीले व्यापक भित्तेलेखन भित्तेलेखन गरेको छ ।

टोली नम्बर ३ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र १७ गते बाँकेको खजुरा ६ गिजडामा कोण सभा सम्पन्न गरेको छ । कोण सभामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्ण्राज पौडेल र पोलिटव्यूरो सदस्य चक्रपाणि शर्माले सम्बोधन भएको थियो। उक्त कार्यक्रमलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाँके जिल्ला कार्यालय सदस्य विक्रम भण्डारीले सञ्चालन गर्नु भएको थियो ।अभियानकै अवसरमा क्रान्तिकारी महिलासंगठन नेपाल खजुरा गाउँपालिका वडा नं ६ मा एक रिक्त सहित ९ सदस्सीय समिति गठन गरिएको छ ।जसमा अध्यक्ष नानकाला कामी , उपाध्यक्ष दूर्गा तिरुवा ,सचिव काली वि.क., सहसचिव लालसरा वि.क., कोषाध्यक्ष वसन्ती परियार, सदस्यहरु सावित्रा वि.क.,पुष्पा परियार तिलसरा वि.क. रहनुभएको छ । अभियान टोलीले बाँकेको खजुरा गापाको रिमझिम चोकमा पर्चा वितरण गरेको छ ।उक्त चोकमा सम्पन्न कोणसभालाई अभियान टोली सदस्य टंक कोइरालाले  सम्बोधन गर्नु भएको थियो भने विक्रम भण्डारीले सञ्चालन गर्नु भएको थियो ।त्यसरी नै खजुरा ३ खजुरा बजारमा कोण सभा सम्पन्न भएको छ ।कोण सभालाई अभियान सदस्य दीपक विस्टले सम्बोधन र विक्रम भण्डारीले सञ्चालन गर्नु भएको थियो । रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले जनवादी साँस्कृतिक प्रस्तुति दिनुभएको थियो ।अभियान टोलीले जानकी गापा ४ मा पनि कोण सभा सम्पन्न भएको छ । सभालाई महिला नेता कमला खड्काले सम्बोधन र विक्रम भण्डारीले सञ्चालन गर्नु भएको थियो ।टोलीले खजुरा गापा ६ सिमलघारीमा राजनीतिक छलफल गरेको छ । शहिद प्रकाश चौधरीका दाइ आशाराम चौधरी सँग अभियान टोलीले भेटघाट गरेको छ ।अभियान टोलीका सदस्य शेरबहादुर देउवा र दीपक विष्टले वहाँहरुसँग पार्टीको विचार राख्नुभएको  थियो।

टोली नम्बर ४ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना बैतडीको झुलाघाटबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोली डढेल्धुरा,डोटी,अछामहुँदै दैलेखमा आइपुगेको छ । टोलीले १७ गते बिहानमा मनिङवाकसँगै दैलेखको सदरमुकाममा पर्चा वितरण, राजनीतिक दलहरुसित भेटघाट ,प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाट र छलफल गरेको छ । टोलीले दैलेख सदरमुकाममा कोणसभा सम्पन्न गरेको छ । कोण सभाको सञ्चालन दिनेश थापा समुन्द्रले गर्नु भएको थियो। सभामा क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य तथा ४ नं टोली प्रमुख हेमन्तप्रकाश ओली सुदर्शन ,पार्टीका पिविएम धनेश्वर पोख्रेल , वैकल्पिक पिविएम दीपक शाही ,ललित सुनार  जिल्ला सचिव, पार्टीका वैकल्पिक के. स. तथा अखिल क्रान्तिकारीका सचिवालय सदस्य नविन खड्काले सम्बोधन गर्नु भएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?