काठमाडौँ
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ‘जनसम्बन्ध विस्तार अभियान’का लागि केन्द्रबाट गठन भई देशव्यापी रुपमा परिचालित भएको ४ वटै टोलीले जनताकाबीचमा प्रचार–प्रसार, सदस्यता वितरण, जनभेटघाट, शहिदपरिवार भेटघाट, जनश्रमदान, वालपेन्टिङ, सभा,जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।

यसैबीच जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये कृष्णराज पौडेल‘कुमुद’ले नेतृत्व गरेको टोलीले आज घोडाघोडी नगरपालिको ८ आमफाटामा अन्तरक्रिया कार्यक्रम गर्ने छ भने साँढेपानीमा र मुढामा कोणसभा गर्नेछ । यो टोली भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट अघि बढेको हो ।

यस्तै पश्चिमकै बैतडिकाे झुलाघाटबाट अघि वढेकाे हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले नेतृत्व गरेको टोलीले आज विहान डोटीमा एक जनसभा गर्नेछ । उक्त अभियान टोलीले त्यसक्षेत्रमा भित्तेलेखनहरु गरेर अछाम प्रवेश गर्नेछ ।

यस्तै भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट रामसिहं श्रीस ‘राजविर’ले नेतृत्व गरेको टोलीले आज टोलीले धनकुटा सदरमुकाममा वालपेन्टिङ गरिरहेको छ दिउँसो धनकुटा बजारमा कोण सभा गर्दै छ ।

यस्तै झापाको काँकडभित्ताबाट अघि वढेकाे हरिभक्त कँडेल ‘प्रतिक’ले नेतृत्व गरेको टोलीले आज मोरङमा एक जनसभा गरी आजैसुनसरी जिल्ला प्रवेश गर्दै छ ।