जन सम्बन्ध विस्तार अभियानको छैटौं दिनकाे कार्यक्रम

काठमाडाैँ क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका लागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार, सदस्यता वितरण, जनभेटघाट, सभा, जुलुस, भेला, सम्मेलन, शहिदपरिवार भेटघाट लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ । यसैबीच पाँचथरको चियोभञ्ज्याङबाट हिंडेको टोली तेहथुमको सदरमुकाम म्याङलुङ बजारहुँदै तेह्रथुमको बसन्तपुर पुगेको छ । यस अभियान टोलीले बसन्तपुर बजारमा कोण सभा गरी धनकुटा तर्फ मार्चपास गर्दै अगाडि बढ्ने छ । यो टोली धनकुटाको सिंधुवामा बास बस्नेछ । पाँचथरको याशोक, तेह्रथुमको आठराई, म्याङ्लुङमा यस टोलीले कार्यक्रम सम्पन्न गरी सकेको छ । यस्तै पश्चिमको गड्डा चौकीबाट अघि बढेको टोली शुक्रवार कञ्चनपुरको बेलौरी, पुर्नवास क्षेत्रमा कार्यक्रम गर्दै कैलाली प्रवेश गरेको छ । यस टोलीले आज कैलालीको गोदावरी क्षेत्रमा कार्यक्रम गर्दैछ । यस्तै झुलाघाटबाट हिडेको टोली डोटी प्रवेश गरेको छ । बैतडि र डडेलधुरामा कोणसभा सहिदपरिवार भेटघाट गर्दै अगाडि बढेको टोलीलाई आज डोटीमा स्वागत गरिएको छ । त्यहाँ एक कार्यक्रम हुनेछ । यस्तै काँकडभिट्टाबाट हिंडेको टोली आज मोरङको पथरी क्षेत्रमा कार्यक्रम गर्दै छ । यो अभियान टोली आज मोरङको बेलबारीमा बास बस्ने छ ।

नवदर्शन हिमाली

नवदर्शन हिमाली

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?