नेपालमा राजतन्त्र पुनस्थापना सम्भव छैन,पार्टीले जनसंघर्षका काम अघि वढाउने छ : सुदर्शन

काठमाडौँ / क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा बैतडिको झुलाघाटबाट शूरु भएको केन्द्रीय अभियान टोलीका प्रमुख हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले नेपालमा राजतन्त्र स्थापनाको कुनै सम्भावना नरहेको भन्दै कतिपय मानिसहरु राजतन्त्रको नारा लगाएर सडकमा कराएपनि इतिहासको गति पछाडि नफर्किने बताए । आइतबार डोटीमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सुदर्शनले यस्तो बताएका हुन् ।


नेपालको दलाल पुँजीपति व्यवस्थामा ठूलो संकट उत्पन्न भएको भन्दै सुदर्शनले अव यो व्यवस्था अन्त भएर जनवाद–बैज्ञानिक समाजवाद स्थापना नभएसम्म मुलुकको अवस्था नफेरिने बताएका छन् । वर्तमान सत्ताका मालिकहरु नेपाली अनुहारका विदेशी कटपुतली भएकोले यीनीहरुबाट देशको प्रगति नहुने बताउदै सुदर्शनले केपी, प्रचण्ड देउवा जो भए पनि सबै दलाल पुँजीवादका संरक्षक र विदेशीका गोटी भएको बताए ।
नेपालको सरकार विदेशी र दलाल पुँजीपतिहरुले बनाउने गरेकोले यस्तो सरकारमा रहेकाहरुको काम राज्यको सम्पत्ति लुट खसौट गर्नेबाहेक अरु केही नभएको दाबी गरे । तपाईहरु पनि सरकारमा पुगेपछि अरु पार्टीहरु भन्दा फरक के काम गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा सुदर्शनले आफ्नो पार्टी सरकारमा जाने उदेश्यले नभई राज्यसत्ताका ६ वटै अंगहरु बदल्ने उदेश्यले क्रान्तिकारी आन्दोलन अगाडि बढाईरहेको बताए । अरु पार्टीहरु जस्तो सत्ता भागबण्डाको लागि पार्टी एकता गर्ने नभई क्रान्तिकारी विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता, सहकार्य, कार्यगत एकता गर्न सकिने बताए ।


नेपालमा भित्रिएको नोकरशाही दलाल पुँजीवादले कुनै पनि हालतमा नेपाली पुँजीको विकास हुन नदिने भन्दै सुदर्शनले लघुवित्त, सहकारीहरुले जनताको घरवास उठाएकोले आफ्नो पार्टी जनसंघर्षका ठोस कार्यक्रमहरु अगाडि बढाउने बताए । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल डोटीकोे अयोजनामा आइतबार डोटीमा आयोजीत पत्रकार सम्मेलनमा ‘जनसम्बन्ध विस्तार अभियान’ टोलीका सदस्यहरु केवी गुरुङ, लालबहादुर जाग्री, रामबहादुर चौधरी, धनेश्वर पोख्रेल, हरि सुवेदी, डम्बर विष्ट लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण निलम ओली धुव्रले गरेका थिए ।
डोटीमा रहेको सुदर्शन नेतृत्वको टोलीले आज डोटी दिपायलको पिपल्लाका कोणसभा गरेको छ । सभामा पोलिटव्युरो सदस्य केबी गुरुङ र रामबहादुर चौधरीले सम्बोधन गरेका थिए । अभियान टोलीले वेलुकीतिर सेती पुल वारी पारी वालपेन्टीङ गरेको छ ।

नवदर्शन हिमाली

नवदर्शन हिमाली

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?