समाचार

मार्क्सवादको ओरिजनलीटी सबैले पढ्नुपर्छ, यसको विकास र रक्षा गर्नुपर्छ : सुदर्शन

मार्क्सवादको ओरिजनलीटी सबैले पढ्नुपर्छ, यसको विकास र रक्षा गर्नुपर्छ : सुदर्शन

 हेमन्तप्रकाश ओली ‘सुदर्शन’ काठमाडाैँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा सुचना सञ्चार तथा प्रकाशन विभागका इन्चार्ज हेमन्त प्रकाश ओली 'सुदर्शन'ले मार्क्सवादको ओरिजनलीटी सबैले पढ्नुपर्छ, यसको विकास र रक्षा गर्नुपर्ने बताउनु भयाे । २०८२ साउन ७ गते काठमाडाैँकाे प्रज्ञा प्रतिष्ठानमा पुष्पलालकाे ४७औं स्मृति दिवसको अवसरमा "पुष्पलाल माक्र्सवादी विश्वविद्यालय सम्भावना र चुनाैति" बिषयक बृहत विचारगाेष्ठी कार्यक्रममा उक्त कुरा बताउनु भएकाे हाे । भिडियाेसहित https://www.youtube.com/watch?v=HWLQBcY_WLo
Read More
याे दलाल पुँजीवादी सत्ताविरुद्ध युवाहरुले विद्रोह गर्नुपर्छ – संयोजक तिमिल्सिना

याे दलाल पुँजीवादी सत्ताविरुद्ध युवाहरुले विद्रोह गर्नुपर्छ – संयोजक तिमिल्सिना

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी निकटको क्रान्तिकारी युवा संघ नेपालका राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक सूर्य तिमिल्सिनाले राज्यले युवा,विद्यार्थीहरुलाई विदेश पलायन गराइरहेको बताउनु भएको छ । संघले वुर्जुवा प्रतिक्रियावादी दलाल संसदीय व्यवस्था खारेज गरौं, नयाँ जनवादको खुडिकलो पार गर्दै वैज्ञानिक समाजवादको लागि संघर्ष गरौं भन्ने मूल नाराका साथ आयोजना गरिएको भ्रष्टाचार,कुशासन,बेथिति, अन्याय अत्याचार विरुद्धको खबरदारी ¥यालीको समापन कार्यक्रममा बोल्दै तिमिल्सिनाले सो कुरा बताउनु भएको हो । उहाँले राज्यले युवाहरुलाई विदेश पलायन गराउने, विदेश जान बैंकहरुले ऋणको व्यवस्था गर्ने र युवाहरुलाई विदेशको गल्ली गल्लीमा भौंतारिन बाध्य पार्ने दलालपूँजीवादी संसदीय व्यवस्थाले गर्दा हो भन्दै यसको विरुद्ध युवाहरुले विद्रोह गर्नुपर्ने बताउनु भयो ।…
Read More
जनयुद्धको कार्यभार पूरा भएको छैन : कार्यवाहक महासचिव सिपी गजुरेल

जनयुद्धको कार्यभार पूरा भएको छैन : कार्यवाहक महासचिव सिपी गजुरेल

काठमाडाैँ: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेलले जनयुद्धको कार्यभार पूरा नभएको बताउनु भएको छ । क्रान्तिकारी युवा संघ नेपालले आज कुपोण्डोलबाट शुरु गरेको भ्रष्टाचार कुशासन,वेतिथि विरुद्धको खबरदारी ¥यालीको उद्घाटन गर्दै महासचिवले सो कुरा बताउनु भएको हो । नेकपा माओवादीले शुरु गरेको १० वर्षे जनयुद्ध नेतृत्वले सम्झौतामा टुङ्ग्याइ नेपाली काङ्ग्रेस एमालेको मुद्दा बोकेर हिँडेको कारण जनगणतन्त्र आउन नसकेको बताउँदै अब क्रान्तिकारी कम्युनिष्ट पार्टी र क्रान्तिकारी युवा संघ नेपालले जनयुद्धको बाँकी कार्यभार पूरा गर्नु पर्नेमा जोड दिनु भयो । वहाँले अहिले आएको लोकतान्त्रिक गणतन्त्र दलाल र नोकरशाहीको गणतन्त्र भएकाले भ्रष्टाचार ,वेथिति,अन्याय अत्याचारको अन्त्य हुन नसकेकोले त्यसको अन्त्यकोलागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने…
Read More
आज १२ बजे भ्रष्टाचारका विरुद्ध युवाहरूको खबरदारी मोटरसाइकल र्‍याली

आज १२ बजे भ्रष्टाचारका विरुद्ध युवाहरूको खबरदारी मोटरसाइकल र्‍याली

काठमाडौ । क्रान्तिकारी युवा सङ्घ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिले भ्रष्टाचार, कुशासन बेथिति र अन्याय अत्याचारको विरुद्ध मोटरसाइकल र्‍याली गर्ने भएको छ । खबरदारी र्‍याली नाम दिइएको उक्त कार्यक्रमको साउन ८ गते दिनको १२ बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालय ललितपुर कुपण्डोलमा पार्टीका कार्यवाहक महासचिव गौरवद्वारा उद्घाटन गरिने युवा संघ नेपालले जनाएकोछ । कुपण्डोल , जाउलाखेल, लगनखेल, सात दोबाटो, एकान्तकुना, सानेपा, बल्खु, कुलेश्वर, कालिमाटी,डल्लु,स्वयम्भु, वनस्थली, बालाजु, नयाँ बसपार्क, बसुन्धरा, चक्रपथ, चप्पल कारखाना, धुम्बाराही, सुकेधारा, चाबहिल, मित्रपार्क हुँदै सिफल चौरमा आएर उक्त मोटरसाइकल र्‍यालीको समापन गरिने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नम्बर ब्युरोका सचिव एवं पोलिटब्युरो सदस्य चिन्तामणि पौडेलले जानकारी गराउनुभएको…
Read More
माैसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

माैसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर…
Read More
भ्रष्टाचार, कुशासन, वेथिति, अन्याय र अत्याचार विरुद्धको खबरदारी र्‍याली हुने

भ्रष्टाचार, कुशासन, वेथिति, अन्याय र अत्याचार विरुद्धको खबरदारी र्‍याली हुने

काठमाडाैँ : क्रान्तिकारी युवा संघ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिले भ्रष्टाचार, कुशासन वेथिति र अन्याय अत्याचार विरुद्धको खबरदारी र्‍याली प्रदर्शन गर्ने भएकाे छ । माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे उक्त साहायक संगठनले भाेली साउन ८ गते मध्यान्न १२ बजे कुपण्डोल पार्टी सम्पर्क कार्यालयमा पार्टीका कार्यबाहक महासचिव सिपी गजुरेल गाैरवले उद्घाटन गर्ने भएकाे जानकारी संगठनका केन्द्रीय संयाेजक सुर्य तिमल्सिनाले दिए ।
Read More
अण्डाको मुल्य आजबाट ५ सय २५

अण्डाको मुल्य आजबाट ५ सय २५

चितवन : अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी समर्थन मूल्य तोकेको छ । आज (मङ्गलबार) बाट लागू हुने गरी ठूलो अण्डाको किसानको दररेट प्रतिक्रेट (३० वटाको) पाँच सय २५ रुपैयाँ कायम गरिएको छ । मध्यम चार सय ९५ रुपैयाँ कायम भएको छ । चितवनलाई आधार मानी दररेट तय गरिएको हो । यहाँबाट देशका विभिन्न क्षेत्रमा अण्डा पुग्दा बजारको दररेट नयाँ कायम हुन्छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बिक्री मूल्य प्रतिपेटी (सात क्रेट) को तीन…
Read More
एकता समाज बेङ्गलोर दक्षिण नगर महिला विभागले प्रगतिशील तीज कार्यक्रम गर्ने

एकता समाज बेङ्गलोर दक्षिण नगर महिला विभागले प्रगतिशील तीज कार्यक्रम गर्ने

वेंङलोर : अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर महिला विभागले प्रगतिशील तीज विषेश कार्यक्रम गर्ने भएको छ। महिला विभागले संसारका मजदूर एक हौँ। नेपाली एकता जिन्दावाद ! प्रगतिशील हरितालिका तीज कार्यक्रम सफल पारौँ ! भन्ने नारा सहित कार्यक्रम गर्न लागेको हो । उपस्थित जनसमुदायलाई कुनै प्रवेश शुल्क लाग्ने छैन । समय . दिउँसो११ बजे रहेको छ । स्थानः विल्सन गार्डेन क्लब आर नाइन्थ क्रस विल्सन गार्डेन बेंङलोर ५६००२७ ठेगान भएको छ । अखिल भारत नेपाली एकता समाज महिला विभागले महङ्गो र पश्चिमेली छाडा संस्कृति, विकृतिका विरूद्ध प्रगतिशील संस्कृतिको अभिवृद्धि गर्नु आवश्यक भएकाले प्रगतिशील गीत नृत्य प्रस्तुति गर्नु गराउन…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालले दिए यस्तो चेतावनी

क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालले दिए यस्तो चेतावनी

काठमाडौं : क्रान्तिकारी ट्रेड युनियन महासंघले श्रावण १ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेको नेपाली श्रम बजारमा कार्यरत मजदुरहरुको तलबमानबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । महासंघका संयोजक इश्वर तिमिल्सिनाले एक वक्तव्य जारी गर्दै महासंघको धारणा सार्वजनिक सार्वजनिक गरेका हुन् । वक्तव्यमा मजदुरहरुका पेशागत तथा राजनीतिक मागहरुलाई निस्तेज बनाउन गरिएको कोशिस र त्यसमा सदवादी ट्रेड युनियनहरुको वर्गीय आत्मसमर्पणवादी चरित्र प्रदर्शनको विरोध गरेका छन् । वक्तव्यमा भनिएको छ, “१– सरकारले निर्धारण गरेको तलवमानले मजदुरवर्गमाथी पुँजीपतीवर्गद्वारा भईरहेको श्रम शोषणको निरन्तरताको कडि भएको छ । क्रान्तिकारी आन्दोलनको उच्च स्तरको दबाब बिना सरकार र पुँजीपतीहरुका बिचमा बन्द कोठाभित्र रोदन गर्ने ट्रेड युनियनवादी…
Read More
क्रान्तिकारी महिला संगठन नेपाल बर्दियाको संयोजकमा श्रेष्ठ

क्रान्तिकारी महिला संगठन नेपाल बर्दियाको संयोजकमा श्रेष्ठ

बर्दिया: मोहन वैध किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालको वर्दिया जिल्ला भेला २०८२ श्रावण गुलरियामा सम्पन्न भएको छ। भेलाले छाया श्रेष्ठको संयोजकत्वमा ११ जनाको जिल्ला संगठन समिति गठन गरिएको छ। जस्मा सदस्यहरु क्रमशः ममता गौतम, गिता राना ,सुमित्रा खत्री, तारा थापा, मिना वन, तुल्सी खत्री, विश्वमोहनी राजवंशी, लक्ष्मी थापा, कविता विष्टर प्रिता लोध रहेका छन्। कार्यक्रममा महिला संगठनकी केन्द्रिय कोषाअध्यक्ष कमला खडकाको विशेष उपस्थिति रहेको थियो।
Read More