
काठमाडाैँ: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेलले जनयुद्धको कार्यभार पूरा नभएको बताउनु भएको छ । क्रान्तिकारी युवा संघ नेपालले आज कुपोण्डोलबाट शुरु गरेको भ्रष्टाचार कुशासन,वेतिथि विरुद्धको खबरदारी ¥यालीको उद्घाटन गर्दै महासचिवले सो कुरा बताउनु भएको हो ।
नेकपा माओवादीले शुरु गरेको १० वर्षे जनयुद्ध नेतृत्वले सम्झौतामा टुङ्ग्याइ नेपाली काङ्ग्रेस एमालेको मुद्दा बोकेर हिँडेको कारण जनगणतन्त्र आउन नसकेको बताउँदै अब क्रान्तिकारी कम्युनिष्ट पार्टी र क्रान्तिकारी युवा संघ नेपालले जनयुद्धको बाँकी कार्यभार पूरा गर्नु पर्नेमा जोड दिनु भयो ।
वहाँले अहिले आएको लोकतान्त्रिक गणतन्त्र दलाल र नोकरशाहीको गणतन्त्र भएकाले भ्रष्टाचार ,वेथिति,अन्याय अत्याचारको अन्त्य हुन नसकेकोले त्यसको अन्त्यकोलागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने पनि वहाँले औंल्याउनु भयो । महासचिव गजुरेलले क्रान्तिकारी युवा संघ नेपाल केन्द्रीय सम्मेलन आयोजक समितिका संयोजक सूर्य तिमिल्सिनालाई संघको झण्डा हस्तान्तरण गरेर ¥यालीको उदघाटन गर्नु भएको थियो । त्यसपछि ¥याली अगाडि बढेको थियो ।