सिर्जना र संवादको ११औं शृङ्खला सम्पन्न
काठमाडौं : इच्छुक प्रतिष्ठानको आयोजनामा हुँदै आएको मासिक कार्यक्रम ‘सिर्जना र संवाद’को ११औं शृङ्खला हिजो शनिबार प्रतिष्ठानकै हल घट्टेकुलोमा सम्पन्न भएको छ । कुनै पनि कृति, कविता वा समसामयिक विषयमाथि विमर्श गर्ने गरिएको यस कार्यक्रमको हिजको शृङ्खलामा विशेष गरेर कविता वाचन र गीत प्रस्तुत गरिएको थियो । प्रतिष्ठानकी सदस्य गौरी देवकोटाको संयोजनमा हरेक महिनाको तेस्रो शनिबार २ बजे हुँदै आएको यस कार्यक्रममा शनिबार आयोजित ११औं शृङ्खलामा २४ जना स्रष्टाद्वारा सिर्जना प्रस्तुत गरिएको थियो । सिर्जना प्रस्तुत गर्नेहरूमा प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी, प्रा.डा. जगदीश चन्द्र भण्डारी, मित्रलाल पंज्ञानी, मोदनाथ मरहट्टा, छायाँदत्त न्यौपाने, बलराम तिमल्सिना, गौरी देवकोटा, अग्नि पौडेल, आस्था घिमिरे, मनु…