कृषकहरुको अगाडी झुक्दै स्थानीय सरकार
नवलपरासी : नवलपरासीको बर्दघाट नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखाले बितरण गरेको गुणस्तरहीन घाँसको बीउको रकम कृषकले फिर्ता पाउने भएका छन् । शाखाको आर्थिक बर्ष २०८१/०८२ को योजना अन्तरगत पशुपालक कृषकहरुको ५० प्रतिशत लागत साझेदारीमा बर्षिम घाँसको बीउ वितरण गरिएको थियो । तर, बर्षिम घाँसको बीउ भनेर नगरले दिएपनि उम्रदाँ मुलापाते झार उम्रिएको थियो । त्यसपछि बर्षिम घाँसको गुणस्तरहीन बीउका कारण आफूहरुलाई नोक्सानी भएको भन्दै कृषकहरुले उक्त क्षतिको क्षतिपूर्तिको माग गर्दै नगरपालिकामा मंसिर २१ गते ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउदै अगुवा कृषक भुवानी शंकर भट्टराई लगायत कृषक – तस्बिर सौजन्य रमेश पाण्डेय यसअघि पीडित कृषकहरुको घाँस लगाउदाँ भएको…