क्रान्तिकारी किसान महासंघ नेपाल दाङको भेला सम्पन्न, अध्यक्षमा विश्वकर्मा चयन

दाङ,घोराही : असार २० गते, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी किसान महासंघ नेपाल दाङ जिल्ला संगठन समिति गठन भएको छ । संगठनका अध्यक्ष मान बहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको भेलामा क्रान्तिकारी किसान महासंघ नेपालका केन्द्रीय सल्लाहकार नन्दराम रोका प्रमुख आतिथि हुनुहुन्थ्यो । प्रमुख आतिथि नन्दराम रोकाले किसानका समस्याहरुबारे प्रष्ट पार्दै दलाल संसदीय ब्यबस्थाले किसानलाई समयमै मल बीउ सिचाइ कृषि प्रबिधि उपलब्ध गराउन नसकेको र किसानका समस्याबारे मौन रहेकोले यसका बिरुद्ध किसान जागरुक भई अगाडि बढनुपर्ने कुरा बताउनु भयो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ४ नम्बर ब्युरो इञ्चार्ज अटलले देश दलाल फासिबादी राज्यब्यबस्था भएकोले किसानका आबश्यकता भन्दा दलाल जमिन्दारका पक्षमा उभिएकोले किसान बिद्रोहद्वारा राज्य ब्यबस्था कब्जा गर्नेगरी आधिबेहरी सृजना गर्ने अहिलेको आबश्यकता रहेको बताउनु भयो । पार्टीको एकता महाधिवेशनले लिएको लक्ष्य जनबादी क्रान्तिको खुड्किला पारगर्दै बैज्ञानिक समाजबाद राज्य ब्यबस्था स्थापना गर्न सम्पुर्ण किसान एकजुट हुनुपर्ने बताउनुभयो ।


पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज हुकुमले देशको अर्थतन्त्रको मेरुदण्ड किसान भएकोले कृषि क्षेत्रको कृषि जन्य उत्पादनमा जोड दिदै सम्पूर्ण कृषकहरु महासंघको झण्डामुनि गोलबन्द हुन आबस्यक छ भन्नुभयो । अर्को केन्द्रीय सदस्य लालध्वजले कृषि क्रान्तिबाट मात्रै देश बिकास हुने भएकोले कृषि उत्पादनमा उत्पादनमा जोडिन सिङ्गो पार्टीपङ्किलाई आग्रह गर्नुभयो ।

भेलाले टीका बहादुर बिश्वकर्माको अध्यक्ष र दुईजना पछि आबस्यकता अनुसार थपगर्ने गरी ९ सदस्यीय दाङ जिल्ला संगठन समिति गठन गरेकोछ । सदस्यहरुमा डिल्ली बहादुर खडका ,प्रकाश चौधरी ,दिपक के.सि ,गोमा डिसि सुन्दरलाल चौधरी , तिलकबहादुर बिश्वकर्मा रहनु भएको छ । उक्त भेलाबाट निर्बाचित समितिलाई शुभकामना तथा निर्देशनात्मक मन्तब्य जिल्ला सेक्रेटरी दिप ले राख्नु भएको थियो । कार्यक्रम सञ्चालन जिल्ला सचिवालय सदस्य शिसिरले गर्नु भएको थियो 

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?