नेपाल र नेपालीको भविष्य

लेखक– नारायणप्रसाद भण्डारी

साम्राज्यवादको बुइ चढेर समाजवादको यात्रा गर्नेहरु
संसदवादको रसमा डुबेर समाजवादको भजन गाउनेहरु ।

समाजवाद ल्याउँदै छौ कि ?सामन्तवादको मलजल गर्दैछौ?
अर्कालाइ मुर्ख बनाउन खोज्दा आफै लिन पियाओ बन्दैछौ ।

सरटायरमोरको उटोपियाली समाजवाद र पु्रधोको बाटो नहिड
नपच्छाउ लिओन ट्राटस्की,बुखारिन र खुस्चोभ बन बरु हो चि मिन्ह ।

आजको समय २१औ शताब्दीको आधुनिक युग हो । संसार एउटा भिन्न परिबेशमा नयाँ नयाँ अकल्पनीय सृजनात्मक प्रतिस्पर्धाको खेल खेलिरहेको छ । वास्तबमा समय गर्नेको हो । समय गरेर देखाउन सक्नेको हो । समय मेहनत गर्नेहरुको हो । यो समय सिकेर गर्ने भन्दा अभ्याश गर्दै अनुभब संगाल्दै दक्षता हासिल गर्नेको हो । मानिस बर्तमानमा टेकेर भविस्य निमार्णको सपना देख्न सक्यो भने मात्र आफु र आफनो मातृभूमि लाइ समृद्धशाली बन्न बनाउन सकिन्छ तर हाम्रो देशको अहिलेको अबस्था लाइ नियाल्दा अग्रगमनका सपना भन्दा पश्चगमनको मरेको लाश ब्युताउने हरुको भिड लामबद्ध देखिन्छ । फेरिपनि कागजमा लेखेर भाषणमा कुर्लेर मात्र हुदो रहेन्छ । हुनेखाने संभ्रान्तहरु पुरानै सामन्तवादको अमानवीय सोचाइबाट ग्रस्त छ । अहिले पनि हुने खानेहरुर्ले गरिव निमुखा माथि रजाइ गरिरहेका छन् । एउटा मानवले आफु जस्तै अर्को मानवलाई कजाएर,श्रम शोषण गरेर संसार मेरो हो । म भन्दा संसारमा अन्य कोही छैन । मनै समृद्ध सुखि बन्नु पर्छ भन्ने सामन्तवादी सोच राखेर जसरी भएपनि बसी खाने,ठगी खाने,भ्रष्टचार,ब्रह्लुटको प्रपन्चहरु रच्दै छ । मानव जातिले एउटा यस्तो पनि समय भोगेको थियो । दासप्रथा नोकर भन्दा झनै पीडा दुखदायी पशुजन्य ब्यबहार मालिकले खरिद विक्री गर्ने गोरु रागाँ बाट गरिने काम मानव जातिबाटै गराइने नरकिय जीवन भोगनु परेका कथा ब्यथा अझै विलिन भै सकेका छैनन । यस्तो प्रकारको सामन्ती संस्कारको समयमा सम्भ्रान्त ,धनाढय ,सबै बस्तुको पुगी सरी भएकाहरुको दास बनेर तीनिहरुकै २४सै घण्टा स्याहार संहार गर्दै नरकीय जीवन बिताउन बाध्य भए । त्यही प्रथाको अन्त्य गर्नका लागिसंसारका आफनो पसिनाबाट जीवन ब्यतित गर्नेहरु ले कती संघर्ष गरे?कति रगत बगाए ?कति जिउदै जले कति जिउदै खाडलमा पुरिए?कुनै हिसाव र खोजीनीति भएन सामन्त हरुले पनी ती बर्गमाथी कती चरम यातना कु्रर ब्यबहार हामीबाट भयो । यो राम्रो पक्ष थिएन भनेर त्यसको थोरै पनि आत्मग्लानी स्मरण सम्म गर्न सकेन तर हामी भन्दा पछाडी निरङकुश सामन्ती शासनबाट मुक्त भएका धेरै देशले मानब जीवनमा अकल्पनीय फडको मारयो ति देश र त्यहाका जनता कसरी समृद्ध सुखि बन्न सके ? हाम्रो देशबाट त्यस्ता देशहरुमा प्रत्यक बर्ष भ्रमण जानेको ओइरो हुन्छ ।त्यस्ता भ्रमणको उदेश्य के हो? किन गइन्छ राष्ट्रलाइ ऋणको भारमा पारेर जादा एउटा आर्थिक बर्षमा कति खर्च हुन्छ होला ?ति भारीभर्कमका लावालस्करबाट देश र जनताले के उपलब्धि पाए ?यसको समिक्षा गर्ने बेला आइसक्यो ।किनभने अहिले एउटा नेपाली नागरिकको थाप्लोमा एकलाख भन्दा बढी ऋणभार छ । केको लागि ऋण भार बोकाइयो ?जबाफ माग्ने कि मौन बस्ने ?मौन बस्नु पनि उनिहरुले गरेका काला कर्तुत संग हाम्रो पनि सहमत छ भन्नु हो तर त्यसो होइन देश हाम्रो हो हामी पनी यो देशका नागरिक हौ । देशलाई यसरी खोक्रो पारेर सिध्याउने अधिकार कसैलाइ छैन । त्यसको लागि जनता चनाखो हुनु पर्ने समयले हामीलाइ घचेटदै ल्याएको छ । देशको भविष्य नै अन्धकारतिर जादै छ ।

सर्ब प्रथम नेपाल एउटा भू परीबेष्ठित देश हो । नेपाल आज को अबस्था सम्म स्वतन्त्र हुन सकेन । नेपालको अबस्था संरचनालाई साम्रज्यवादका दलालहरुले सधै आफ्नै अनुकुलतामा चलाउन खोज्दा ,नेपालीलाइ सहयोग गरे बापत नवउदारवादी घुमाउरो तरीकाबाट कब्जा गर्न खोज्नेहरुले जहिले पनि सहयोग निसर्तमा नभएर ससर्त हुने गरयो फल स्वरुप अन्त राष्ट्रिय सहयोग दिदा पनि सर्त सहीत आउने भयकोकारण नेपालका कुनै पनी योजना जुन देशको अनुदान हो त्यसै अनुरुपका हुने भए । उनिहरुकै मातहत बाट सन्चालित हुने हाम्रो देशका लाखौ यु्रवा बेरोजगार हुदा पनि ठुलाठुला आयोजनाहरुमा नेपालीहरुले अबसर पाउन सकेनन ।अर्को दुखद पक्ष देश र नागरिकलाइ दक्ष बनाउने भनेकै शिक्षा हो ।शिक्षा क्षेत्र झनै अस्त ब्यस्त छ । सरकारी शिक्षाक्षेत्र राजनीतिको अखडा बन्दै जादा शिक्षा जस्तो संबेदनशील स्थानहरुमा बन्द हडताल, आगजनि, चन्दा आतंक बढ्यो र अयोग्य, असक्षम राजनीतिक पार्टीका कार्यकर्ताहरुको हातमा गयो । त्यस्ता स्कूलहरुमा शिक्षा आर्जन गर्न गएका साना नानी बावुहरुले शिक्षा हासिल गर्नु भन्दा कुलत बिसंगति बिकृति अराजक कुसस्कार लागुऔषध जस्ता खतरनाक बाटोमा लागेपछि भविष्यका कर्णधार त्यही अबस्थाबाट उत्पादित नागरिककोअबस्था कस्तो होला ? कल्पना गरौ । मान्छेको शरीरमा रगतनै खराब बहन थाल्यो भने मानब शरिर को अबस्था कस्तो बन्ला ?त्यस्तो मान्छेको दिमागले कस्तो काम गर्ला ?त्यसकारण नेपालको बर्तमान दुरगति को एउटा प्रमुख कारण अयोग्य असक्षम हरुको बोलबालानै कारक तत्व हो ।
अर्को पक्ष देशलाइ अधोगति तर्फ धकेल्ने काम निम्न पुँजीवादी चिन्तन ,पश्चिमा सस्कृति दलाल पुँजीवादको घेराबन्दी र नेपाली कम्युनिष्ट आन्दोलन दलाल संसदीय भाषमा भासिनु नेपालमा यी चार प्रकारको मिलन छ । यो मिलनको परिणामले के देखायो र देशको भविष्य कता जादैछ ?

े यी चार प्रकारका मिलन नेपालको लागि नयाँ बिषय होइनन ।जती बेला नेपालमा नेपाली जनताले धेरै ठुला ठुला संर्घष त्याग बलिदान गरेर मात्र बहुदलीय प्रजातान्त्रीक ब्यबस्था ल्याय तर प्रजातान्त्रीक विधिबाट देश चल्न सकेन । त्यतिबेला बाटै लुकि चोरी गर्दै आएका अबैधानिक भ्रष्टाचार हरु खुलम खुल्ला रुपमा घुस ,कमिसन, मिटरब्याज, चोर्ता प्रमाणपत्र, सोर्सफोर्स भनसुन कोटाका जागिर, हाम्रो पार्टी मेरा मान्छे सर्बे सर्बा नै मेरो र म भन्ने कुसस्करले देशलाइ अधोगतिमा धकेल्नेकुकार्यको बिजारोपण भयो ।त्यसपछि यस्तै बिकृति बिसंगति अराजक सामन्तवादको बिरुद्धमा शसस्त्र युद्ध भयो ।सबै क्षेत्रबाट आजित नेपाली जनता मुक्तिकै खातिर युद्धको रापिलो भटिटमा होमियो ।देश बिदेशबाट प्रगतिशिल अग्रगमन चाहने सर्बहारा बर्गले युद्धलाइ उत्कर्षमा पुराए ।सामन्तवादको अन्त्य को अबस्थामा पुगेको क्रान्तिले धोका खायो नेतृत्वले गद्धार गरयो ।नेतृत्वलाइ फसाइयो ।नेतृत्व स्वयं निम्न पुँजीवादी अबसरवादको चिन्तनमा फस्यो ।त्यसपछि क्रान्तिकारी योद्धाहरु पनि नेतृत्वभन्दा १,२ मिटर माथि उठ े। निम्न पुँजीवादी दृष्टिकोण हाबि हुदै जादा पश्चिमा सस्कृति पनि एक साथमा हावि हुदै गयो । त्यसपछि नवउदारवादको तरिका अपनाएर दलाल पुँजीवाद देशमा बिभिन्न बाहनामा प्रबेश गर्ने गराउने को होडबाजी भयो । यसबाट नतिजा कस्तो भयो ?

१) प्रचुर मात्रामा लघुबित्तिय, सहकारी, च्याउ उम्रेसरिका बैंक ,एन जी ओ, आइ एन जी ओ,बिभिन्न नामका समूहहरुको नेपालमा उदगम स्थल नै बन्न पुगे । यिनीहरुको काम गरिबका घरजग्गा धितो राख्ने ,मिटर ब्याजी ऋण प्रबाहगर्ने, गरिबका छाकबास उठिबास लगाउने, युवापुस्ता बिदेश पलाएन गर्ने ,जग्गा जमिन धितो राख्दा खेरी नै ऋणखानेले आफनो हकभोगको सम्पति मालपोतमा रोक्का गराउने भन्छन ।त्यति मात्र होइन ।बैक,लघुबित्त,सहकारी जहाबाट ऋण लिइन्छ ।त्यसको नाममा नै पाश गरेर अधिकार बाट बन्चित भै सकेको हुन्छ ।त्यसपछि ब्याज हजार्ना को हिसाबगर्दे तिर्नै नसक्ने तिर्न खोजे पनि किस्ता किस्ताको बाहनामा लिएको ऋणको अझ त्यसमा सेबा शुल्क सहितको हिसाबमा चौबल सम्म पुग्छ ।यसरी सरकार बाट नै बैधानीक्ता प्राप्त मिटरब्याजी धन्दा ,भ्रष्टाचारी धन्दा भएको हुन्छ । mऋणखानेहरुले न्याय पाउने कुनै निकाय हुदैन । अदालत भनेको गरिबको पक्षमा कहिल्यै हुदैन हुन पनि सक्दैन । एउटा कारण त न्यायधिश भन्नेहरु पार्टीका कोटा भागबणडामा हुन्छन ।अर्को कुरा गरिब संग उनिहरुलाइ खुसि पार्न सक्ने हिम्मत हुदैन ।अर्को प्रमुख पक्ष उनिहरु कागजी घोडा चढछन ।यस्तो सेटिङबाट नेपालमा भ्रष्टाचार
वैधानिक रुपमै हुन्छ । यो सम्पुर्ण खेल दलाल पुँजीवादको दलाल पुँजीवादकै योजनामा लघुबित्तिय बैक ,सहकारी बैक ,एन जी ओ आइ एन जी ओ हरु गाउ शहर यत्रतत्र खुलाउने काम दलाल पुँजीवादको सेटिङमा हुन्छ । उसैका दलाल कर्मचारी हुन्छन सरकारका सम्पूर्ण निकाय सम्म पहुच हुन्छ ।

२)अहिले नेपालको अबस्था यस्तै दलाल पुँजीवादको रिमोर्टमा सन्चालित छ ।मुठठीभरका दलाल पुँजीपति संग नेपालको सम्पति केन्द्रित छ ।आर्थिक पुर्ण रुपमा पँुजीपतिको एकलौटि बैकमा र बाकसमा थन्काएर राखिएको छ ।सर्बहारा बर्ग झनै लम्पट सर्बहारा हुदै सडकमा छन ।बचेकुचेका बिदेश पलायन भएका छन ।केहि रकम हुनेहरु र जग्गा जमिन बन्धक बनाएर अबैधानिक बाटो जान खोज्ने कोहिको जीउँ धनै कहा छ ? कस्ले खोज्ने ?कहा खोज्ने ?घर बृद्धआश्रम बनेको छ ।भएका बच्चा,बच्चीको बिजोग छ ।उनै पँजीवादका मतियार दलाल हरुबाटै श्रीमान उतै बेपत्ता उनका श्रीमति हरु एतै बेपत्ता बनाएका घटना दर्जनौ सुन्नमा आउछ । नेपालको बर्तमानको चित्र यीि बिजोगमा छ ।

अन्तमा यो सम्पुर्ण बिकृति, बिसंगति,जति छ । सबैको नाइके साम्राज्यवाद हो । जबसम्म साम्राज्यवाद रहिरहन्छ तबसम्म यी घटनाहरु मौलाइरहन्छन । त्यसको निकास भनेको बलप्रयोगको द्वन्द्वात्मक भौतिकवादको माक्र्सवादी सिद्धान्तबाटै पुरानो संरचना पूर्णरुपमा ध्वंस पारेर नयाँ जनवादी क्रा्रान्तिको खुटकिलो पार गर्दै बैज्ञानिक समाजवादमा जानु हो ।त्यतिबेला मात्र सबै कुराको छिनो फानो हनेछ । यदि समयमै त्यसो गरिएन रमिते बनेर अहिलेकै दलाल संसदवादी आहालमा पौडी खेल्दै संसदवादको रसपानमा डुबुल्की मार्दै समाजवादको भजन गाउदै माला लगाउदै हिडने हो भने एकदिन माला लगाउने घाँटीमा जन्जीर लाग्ने छन । देश पनि अन्धाकारको खाडलमा फेरि निस्कन नसक्ने गरी पूनः निरङकुश सामन्तवादको जन्जीर भित्र कैद हुनेछ । सबैमा चेतना भया ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?