जन बिहानी

1512 Posts
कार्ल मार्क्सकाे २०८औं जन्मदिवसमा मार्क्सकाे व्यक्तित्व र कृतित्वमाथि विशेष चर्चा

कार्ल मार्क्सकाे २०८औं जन्मदिवसमा मार्क्सकाे व्यक्तित्व र कृतित्वमाथि विशेष चर्चा

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे ९ नं ब्युराेकाे आयाेजनामा ‘विश्व सर्वहारावर्गका महान नेता तथा मार्क्सवादका प्रवर्तक कार्ल मार्क्सकाे २०८औं जन्म दिवस समाराेह’ कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा कार्लमार्क्सकाे व्यक्तित्व र कृतित्वमाथि विशेष चर्चा गरिएकाे छ । २०८२ बैशाख २२ गते साेमबार ललितपुरकाे कुपणडाेल स्थित पार्टी कार्यालयमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल 'गाैरव'काे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाैरव, पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली 'सुदर्शन', पीवीएम पवनमान श्रेष्ठ, पार्टीका केन्द्रीय सल्लाहकार समिति सचिव कमल चाैधरी, सदस्य गाेर्की श्रेष्ठ लगायतले मार्क्सले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादकाे क्षेत्रमा गरेकाे याेगदान र उहाँ क्रान्तिकारी व्यक्तित्वकाे बारेमा…
Read More
कार्ल मार्क्सद्वारा प्रतिपादित वैज्ञानिक समाजवाद नै विद्यमान सङ्कटको एकमात्र विकल्प हो : कार्यवाहक महासचिव गौरव

कार्ल मार्क्सद्वारा प्रतिपादित वैज्ञानिक समाजवाद नै विद्यमान सङ्कटको एकमात्र विकल्प हो : कार्यवाहक महासचिव गौरव

काठमाडौं : महान् दार्शनिक तथा विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको २०८औं जन्म दिवसमा वक्तव्य जारी गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘विश्वभरि नै दक्षिणपन्थी संशोधनवाद सर्वहारा क्रान्तिको प्रमुख बाधक’ रहेको उल्लेख गरेको छ । पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, “विश्वभरि नै दक्षिणपन्थी संशोधनवाद सर्वहारा क्रान्तिको प्रमुख बाधक हो । माक्र्सवादको नाममा विभिन्न रुपका संशोधनवादीहरुले जनताका बीचमा साम्यवादको भ्रम छर्दै आएका छन् । नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पछि कहिले एकल त कहिले गठबन्धनका रुपमा कम्युनिस्ट नामका पार्टीहरुले सरकारको नेतृत्व गरेका छन् । तर, विडम्बना देश दिन प्रतिदिन पराधीन बन्दै गएको छ, जनजीविकाका समस्याहरु विकराल बनेका…
Read More
विप्लव कालो धन लुकाउन खेतीपातीमा लागे – नेता सुदर्शन

विप्लव कालो धन लुकाउन खेतीपातीमा लागे – नेता सुदर्शन

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी कमिटि सदस्य हेमन्तप्रकाश ओली 'सुदर्शन'ले नेत्रविक्रम चन्द 'बिप्लव'लाई सामन्तको संज्ञा दिएका छन्। चितवन पुगेका सुदर्शनले स्वदेश एफ.एम.सँगको अन्तर्वातामा बिप्लव नेतृत्वको नेकपालाई तीब्र आलोचना गर्दै बिप्लवलाई सामन्तको आरोप लगाए। सुदर्शनले भने, "राजनैतिक पार्टीले आफ्नो उद्देश्यलाई छोडेर खेतीपाती गर्नु भनेको सुधारवाद र ठगी हो। अहिलेको राज्य व्यवस्थालाई जिउँदो राख्न बिप्लवको पार्टी खेतीपातीमा संलग्न भएको छ।" सुदर्शनका अनुसार, "हिँजो खारा आक्रमणमा प्रचण्ड डराएजस्तै, बिप्लव पनि सरकारी प्रतिवन्धबाट डराएको हो।" उनले थपे, "जब हामी एनसेल जस्ता दलाल पुँजीवादी संस्थासँग लडिरहेका थियौं, बिप्लवको समूह त्यहाँबाट बार्गेनिङ गरेर करोडौं रुपैंया ल्याएको थियो।" सुदर्शनले बिप्लवको पार्टीको गतिविधि झल्काउँदै भने, "सो…
Read More
अखिल  नेपाल जनसाँस्कृतिक महासंघ ९ नं को क्षेत्रीय भेला सम्पन्न

अखिल  नेपाल जनसाँस्कृतिक महासंघ ९ नं को क्षेत्रीय भेला सम्पन्न

 काठमाडौं : अखिल नेपाल जनसाँस्कृति महासंघ ९ नं को क्षत्रीय भेला गौरी देवकोटाको अध्यक्षता, प्राडा जगदिशचन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा अतिथि मित्रलाल पंज्ञानी रहनु भएको थियो। भेलाले गौरी देवकोटाको संयोजकत्वमा १७ सदस्सीय ९ नं क्षत्रीय समिति गठन गरेको छ । जसमा सदस्यहरु छायाँदत्त न्यौपाने , श्रीकृष्ण सुलु , इशवरी गुरागाइँ, असल पाख्रिन , प्रतिभा पौडेल, श्रीधर अधिकारी, विष्णु न्यौपाने, अग्निराज पौडेल,असल वाइवा, अमित योन्जन, पुन्य प्रसाद आचार्य, जय दाहाल , मदन लामा , गणेश बोहोरा , देवेन्द्र धामी र गिनिज बुढा रहनु भएको छ । भेलाले काठमाण्डौ,भक्तपुर,ललितपुर जिल्लाको संयोजकहरुमा क्रमशः विष्णु न्यौपाने , मदन लामा , इशवरी…
Read More
शिक्षकहरु माथि दमनको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा घोर भत्र्सना

शिक्षकहरु माथि दमनको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा घोर भत्र्सना

काठमाडौं : शिक्षकहरु माथि दमनको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले घोर भत्र्सना गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले २०८२ वैशाख १४ गतेएक प्रेस वक्तव्य जारी गर्दै शिक्षकहरु माथिको दमनलाई भत्र्सना गर्नु भएको हो । वैशाख १४ गते प्रहरी दमनमा परी ५० भन्दा बढी शिक्षक र पत्रकारहरु घाइते भैका छन् । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :“शिक्षक महासङघ र नेपाल सरकारका बीच गरिएका पूर्व सहमतिहरु कार्यान्वयनको बाटो खोल्न कानून निर्माणको माग राखी गत चैत २० देखि शिक्षकहरुले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमाथि ओली नेतृत्वको गठबन्धन सरकार प्रहरी दमनमा उत्रेको छ । आज पानीको फोहरा तथा लाठीचार्जबाट करिब पाँच दर्जन…
Read More
नेपाल राष्ट्रिय प्राध्यापक संगठनद्वारा शिक्षकहरुमाथि गरिएको फासिवादी दमनको घोर निन्दा र भत्र्सना

नेपाल राष्ट्रिय प्राध्यापक संगठनद्वारा शिक्षकहरुमाथि गरिएको फासिवादी दमनको घोर निन्दा र भत्र्सना

काठमाडौं । नेपाल राष्ट्रिय प्राध्यापक संगठनले एक वक्तव्य निकालेर शिक्षकहरुको आन्दोलनमाथि गरिएको फासिवादी दमनको घोर निन्दा र भत्र्सना गरेको छ । संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीले जारी गरेको वक्तव्यमा भनिएको छ, “गत चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षा ऐन लगायतका पेसागत हकहित र मर्यादाका माग राखी गर्दै आएको शिक्षककर्मचारीहरूको शान्तिपूर्ण आन्दोलनमा एमाले कांग्रेसको गठबन्धन सरकारले हस्तक्षेप गरी बर्बर दमन गरेको छ र दर्जनौं शिक्षकलाई घाइते बनाएको छ । यो फासिवादी दमनप्रति हाम्रो सङ्गठन घोर निन्दा र भर्त्सना गर्दछ ।” वक्तव्यमा शिक्षक कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै । शिक्षकहरुका जायज मागहरुलाई तत्काल पूरा गर्न जोडदार माग गरिएको छ ।
Read More
रामेछापको चारघरे भञ्ज्याङ्मा लालकृष्ण श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

रामेछापको चारघरे भञ्ज्याङ्मा लालकृष्ण श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

बुवाको सम्मानमा युवा नेता प्रज्वलले गर्यो ३ वटा कार्यक्रम घोषणा काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछाप जिल्ला समितिको आयोजनामा समाजसेवी तथा शिक्षाप्रेमी लालकृष्ण श्रेष्ठको ७औं दिनमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । आज २०८२ बैशाख १३ गते शनिबार दिउँसो ४ बजे सुरू भएको उक्त कार्यक्रम रामेछाप जिल्लाको रामेछाप नगरपालिका-५ साबिक (रामपुर-२) स्थित चारघरे भञ्ज्याङ् कोलन्जोर स्थित चारघरे बजारमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य झनक श्रेष्ठ "प्रज्वल"ले बुवा लालकृष्ण श्रेष्ठले समाजमा, शिक्षा क्षेत्रमा र माओवादी आन्दोलनमा गर्नुभएको महत्त्वपूर्ण भूमिकाहरुको चर्चा गर्नुभयो । उहाँले परम्परागत चल्दै आएको रितिरिवाज नमानी यो…
Read More
रामेछापको चारघरे भञ्ज्याङ्मा आज ३:३० मा लालकृष्ण श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम हुँदै

रामेछापको चारघरे भञ्ज्याङ्मा आज ३:३० मा लालकृष्ण श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम हुँदै

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछाप जिल्ला समितिको आयोजनामा चारघरे भञ्ज्याङ् कोलन्जोर स्थित चारघरे बजारमा श्रद्धाञ्जली कार्यक्रम गर्दैछ । आज शनिबार २०८२ बैशाख १३ गते ठिक दिउसो ३:३० बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पूर्व प्रदेश समिति सदस्य कमरेड विपना ओली तथा द्वय पार्टी सदस्य कमरेड सरिता बस्नेत र कमरेड डिलपुजा खड्का श्रेष्ठकी ससुरा बुवा र जिल्ला समिति सदस्य कमरेड प्रेमबाबु श्रेष्ठको र केन्द्रीय सदस्य कमरेड झनक श्रेष्ठ "प्रज्वल"को बुवा लालकृष्ण श्रेष्ठको स्मृतिमा उक्त कार्यक्रममा उपस्थितिको लागि स्थानीय राजनीति दल, बुद्धिजीवी, वामपन्थीहरू, क्रान्तिकारीहरु, सम्पूर्ण आफन्तजन, पत्रकार र सम्पूर्ण रामपुरबासीमा हार्दिक निमन्त्रणा गरिएको छ । हार्दिक निमन्त्रणा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट…
Read More
श्री जनता मावि कोलन्जोरले गर्यो सस्थापक सदस्य लालकृष्ण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली सभा

श्री जनता मावि कोलन्जोरले गर्यो सस्थापक सदस्य लालकृष्ण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली सभा

काठमाडौं : रामेछाप नगरपालिका -५ चारघरे भञ्ज्याङ् कोलन्जोर स्थित श्री जनता माध्यमिक विद्यालय कोलन्जोरका संस्थापक सदस्य तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालकृष्ण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली सभा व्यक्त गरिएको छ । शुक्रबार बिहान मृतक श्रेष्ठको जेठा छोरा पृथ्वीनारायण श्रेष्ठको निबासमा उक्त सभा गरिएको हो । सभामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार श्रेष्ठ र प्रधानाध्यापक श्यामकुमार मगर र पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलदाश श्रेष्ठ, शिक्षक शिक्षिका, विद्यालयका लेखापाल सन्त श्रेष्ठ र विद्यालयका सहयोगी गिता श्रेष्ठ सहभागी र फूलहरू दिएको थियो । कार्यक्रमको सन्चालन पूर्व विद्यलय व्यवस्थापन समितिका अध्यक्ष कमलदाश श्रेष्ठले गर्नु भएको थियो । भावपूर्ण श्रद्धाञ्जली १९९८/०४/०१ स्वर्गारोहणः-२०८२।०१।०७ स्व. लालकृष्ण…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुरले दिए लालकृष्णप्रती हार्दिक श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुरले दिए लालकृष्णप्रती हार्दिक श्रद्धाञ्जली

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, भक्तपुर जिल्ला समितिले पार्टीका केन्द्रीय सदस्य झनक श्रेष्ठ "प्रज्वल" र जिल्ला समिति सदस्य प्रेम बाबु श्रेष्ठ बुवा लालकृष्ण श्रेष्ठप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । भक्तपुर जिल्ला सेक्रेटरी विवेकले शोक विज्ञप्ति २०८२ साउन ७ गते जारी गरि यस्तो बताउनु भएको हो । हार्दिक श्रद्धाञ्जली !क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय सदस्य प्रज्वल श्रेष्ठ तथा जिल्ला सदस्य प्रेम श्रेष्ठका पूजनीय पिता तथा रामेछाप जिल्लाको रामपुर -२(रामेछाप नपा-५) स्थित चारघरे भञ्ज्याङ् कोलन्जोर घर भएका पूर्व प्रधानपन्च र श्री जनता माविको जन्मदाता तथा पछी उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले घोषणा गरेको…
Read More