
हैदरावाद : ०३-०८-२०२५ का दिन अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने दक्षिण हैदरावाद नगर समितिद्वारा संचालित जुब्ली हिल्स एरिया समितिको बृहद भेला पशुपति शर्माको अध्यक्षतामा अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष कृष्ण पौडेलको विशेष उपस्थितमा र केदार शर्माको संचालनमा व्यापक जनसहभागिताको उपस्थितिमा भेला सम्पन्न गरी १९ सदस्यीय जुब्ली हिल्स एरिया समितिको गठन गरिएको छ ।
भेलाद्वारा नव निर्वाचित कार्यकारिणी पदाधिकारीहरुलाई अतिथिहरुले सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना दिनु भएको थियो ।
अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष कृष्ण पौडेल अखिल भारत नेपाली एकता समाज महिलाका क्षेत्रीय अध्यक्ष दिलमाया थापा अखिल भारत नेपाली एकता दक्षिण हैदरावाद नगर समितिका सचिव रामु शर्माको भेलामा आतिथ्यता थियो ।
मौनधारण – विभिन्न युद्ध र आन्दोलनमा सहादत प्राप्त गर्नु हुने शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रमको संचालन केदार शर्माले गर्नुभएको थियो । भेलामा सहभागी जनमानसहरुबाट आएका रिपोर्ट माथि व्यापक छलफल गरी छलफलको निचोडमा एरिया समितिको आवश्यकता संख्या र पदाधिकारीहरुको चयन गरिएको थियो ।
समितिको अध्यक्षमा पशुपति शर्मा, उपाध्यक्षमा विनोद थापा, सचिवमा कमला शर्मा , सहसचिवमा मीना वि सी र कोषाध्यक्षमा दीपा शर्मा रहनुभएको छ । भने सदस्यहरुमा तुल बहादुर थापा, मञ्जु थापा, विष्णु के सी, बिमला क्षेत्री, मीना परियार, सदस्य हरी वर्मा, अनिसा राई, सरीता राई, शुसिल परियार, दुर्गा बहादुर परियार , धर्म थापा, टार्जन गुरुङ, मिलन परियार र कृष्ण विक रहनुभएको छ ।