
नवलपरासी : १७ साउन गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले भ्रष्टाचार विरुद्धको कार्यक्रमलाई तीब्र बनाउने निर्णय गरेको छ । पार्टीको बर्दघाटमा शनिवार सम्पन्न पूर्ण बैठकले जिल्लाको हरेक तहमा भष्ट्राचार ब्याप्त रहेकोले अभियानलाई चरणबद्ध रुपमा संचालन गर्ने निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले अभियान पहिलो चरणमा प्रचारात्मक संगै भण्डाफोर, अनुसन्धान तथा रिपोर्टको चरण हुदै जनताको तहबाट जनकारवाही सम्मको चरणमा जाने जानकारी दिनुभयो ।
यस अघि पार्टीले असार ५ गते परासीमा पत्रकार भेटघाट तथा भ्रष्टाचार बिरोधी अभियान उद्घाटन गरेको थियो । पार्टीको उक्त बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा ब्युरो ईन्चार्ज प्रेम सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।
बैठक जिल्ला सेक्रेटरी रवि पाण्डेयको अध्यक्षता, सचिवलायद्वय गणेशबहादुर ढकालको परिपत्रवाचन र दुर्गा नारायण चौधरीको संचालनमा भएको थियो ।