क्रान्तिकारी दलित मुक्ति मोर्चाकाे जागरण जनयात्रा उद्‌घाटन समारोह आज हुँदै

काठमाडौं : उत्पीडित दलित समुदायको न्याय, समानता र अधिकारको सुनिश्चितताका लागि क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपालले आयोजना गरेको ‘ुृृृजागरण जनयात्रा’को उद्‌घाटन समारोह आज २१ साउन २०८२, बुधबार काठमाडौंमा हुने भएको छ ।

कार्यक्रमका आयोजक क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल केन्द्रीय समितिका अनुसार उद्‌घाटन समारोह न्यु रोड पिपलबोट, काठमाडौंमा दिउँसो ठिक १ः०० बजे सुरु हुनेछ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको कार्यवाहक महासचिव गौरवको विशेष उपस्थिति रहनुको साथै दलित समुदायका नेता, युवाहरू र सर्वसाधारणको उपस्थिति रहने आयोजकले जनाएको छ । साउन २१ गतेबाट संचालन भइ पुस महिनासम्म संचालन हुने जागरण जनयात्रा अभियान देशैभर संचालन हुने आयोजकले जनाएको छ । जसलाई आम चासोको साथ हेरिएको छ ।

“उत्पीडित दलित समुदायको न्याय, समानता र अधिकार सुनिश्चित गरौँ, नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद स्थापनाको क्रान्तिकारी यात्रामा अघि बढौ” भन्ने नाराका साथ आयोजना गरिएको जनयात्राले देशभरका दलित र उत्पीडित वर्गलाई संगठित, सचेत र सशक्त बनाउने लक्ष्य लिएको छ।

उक्त अभियानमार्फत दलित समुदायको आवाजलाई सशक्त रूपमा मुखरित गर्दै नयाँ सामाजिक, आर्थिक र राजनीतिक व्यवस्था स्थापनाका लागि संघर्षको ऐक्यबद्धता अभिव्यक्त गरिने आयोजकले जनाएको छ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?