नेकपा(बहुमत)का नेता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश
सुर्खेत : ने.क.पा. (बहुमत) को भेरी कर्णाली ब्युरो सदस्य प्रकाश आचार्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । बुधबार उनले प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेकपा (बहुमत)ले पार्टीको नीति, विधि, विधान पद्धती भन्दा पनि स्वहन्छाचारी ढंगले चलेकाे बताएका छन् । विज्ञप्तिकाे पूर्णपाठ – मितिः २०८३/०२/०६गतेप्रेश विज्ञप्तीविगत लामो समय देखि धुप्रियको भ्रष्टचार, शोषित पिडीत नेपाली श्रमजिवि जनताको पूर्ण वर्गिय मुक्तिको आशा गरेको महान जनयुद्ध र १९ दिने जन आन्दोलनबाट खाएको धोका र नव उपनिवेशिक आर्थिक सामाजिक स्थितिले जन्मायको दलाल तथा नोकरशाह पूँजीवादी त्यसको राज्य व्यवस्था अर्थात दलाल संसदिय व्यवस्थाको अन्त्य गरी नयांजनवादी क्रान्तिको खुट्किलो पार गरी नेपालमा वैज्ञानिक समाजवादी राज्य स्थापनाका…