नेकपा(बहुमत)का नेता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश

सुर्खेत : ने.क.पा. (बहुमत) को भेरी कर्णाली न्युरो सदस्य प्रकाश आचार्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । बुधबार उनले प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेकपा (बहुमत)ले पार्टीको नीति, विधि, विधान पद्धती भन्दा पनि स्वहन्छाचारी ढंगले चलेकाे बताएका छन् ।

विज्ञप्तिकाे पूर्णपाठ –

मितिः २०८३/०२/०६गते
प्रेश विज्ञप्ती
विगत लामो समय देखि धुप्रियको भ्रष्टचार, शोषित पिडीत नेपाली श्रमजिवि जनताको पूर्ण वर्गिय मुक्तिको आशा गरेको महान जनयुद्ध र १९ दिने जन आन्दोलनबाट खाएको धोका र नव उपनिवेशिक आर्थिक सामाजिक स्थितिले जन्मायको दलाल तथा नोकरशाह पूँजीवादी त्यसको राज्य व्यवस्था अर्थात दलाल संसदिय व्यवस्थाको अन्त्य गरी नयांजनवादी क्रान्तिको खुट्किलो पार गरी नेपालमा वैज्ञानिक समाजवादी राज्य स्थापनाका खातिर कम्युनिष्ट आन्दोलनको विभिन्न मोर्चामा संघर्ष गर्दै आई रहेको कुरा सर्वविदितै छ । अघुरो क्रान्ति पुरा गर्न हाल सम्म ने.क.पा. (बहुमत) को भेरी कर्णाली न्यूरो सदस्य रही काम गर्दै आई रहेको सन्दर्भमा सो पार्टीले पार्टीको नीति, विधि, विधान पद्धती भन्दा पनि स्वहन्छाचारी ढंगले चलेकाले म आजका मिति देखि सो पार्टी परित्याग गरी बाँकी अधुरो क्रान्ति पुरा गर्नका लागि म क्रान्तिको बाटोबाट कतै विचलन नभई क्रान्तिकारी कम्युनिष्ट पार्टीको नीति, कार्यक्रम र विधानको अवलम्बन गर्न प्रतिवद्ध रही क्रान्तिकारी कम्युनिष्ट पार्टीमा समाहित भएको कुरा यस विज्ञप्ती मार्फत जानकारी गराउँदछु।
क्रान्तिकारी अभिवादन सहित
क. प्रकाश आचार्य

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?