जन बिहानी

1564 Posts
क्रान्तिकारी दलित मुक्ति मोर्चाकाे जागरण जनयात्रा उद्‌घाटन समारोह आज हुँदै

क्रान्तिकारी दलित मुक्ति मोर्चाकाे जागरण जनयात्रा उद्‌घाटन समारोह आज हुँदै

काठमाडौं : उत्पीडित दलित समुदायको न्याय, समानता र अधिकारको सुनिश्चितताका लागि क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपालले आयोजना गरेको ‘ुृृृजागरण जनयात्रा’को उद्‌घाटन समारोह आज २१ साउन २०८२, बुधबार काठमाडौंमा हुने भएको छ । कार्यक्रमका आयोजक क्रान्तिकारी दलित मुक्ति मोर्चा, नेपाल केन्द्रीय समितिका अनुसार उद्‌घाटन समारोह न्यु रोड पिपलबोट, काठमाडौंमा दिउँसो ठिक १ः०० बजे सुरु हुनेछ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको कार्यवाहक महासचिव गौरवको विशेष उपस्थिति रहनुको साथै दलित समुदायका नेता, युवाहरू र सर्वसाधारणको उपस्थिति रहने आयोजकले जनाएको छ । साउन २१ गतेबाट संचालन भइ पुस महिनासम्म संचालन हुने जागरण जनयात्रा अभियान देशैभर संचालन हुने आयोजकले जनाएको छ । जसलाई आम…
Read More
दोस्रो आइकोर महिला सम्मेलन नोभेम्बर २६ मा काठमाडौँमा हुने

दोस्रो आइकोर महिला सम्मेलन नोभेम्बर २६ मा काठमाडौँमा हुने

काठमाडौं : दोस्रो आइकोर महिला सम्मेलन नोभेम्बर २६,२०२५ मा काठमाडौँमा हुने भएको छ । आयोजकहरुले सम्मेलनमा व्यापक सहभागिताको अपेक्षा गरेका छन् ।महिला सम्मेलनको लगत्तै, नोभेम्बर २७ देखि ३० सम्म एक सैद्धान्तिक सेमिनार हुने पनि जनाइएको छ। सम्मेलन र सेमिनारको सामग्री र तालिकाको बारेमा विस्तृत जानकारी पछि दिइने आयोजकहरुले बताएका छन् ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले भ्रष्टाचार विरुद्धको कार्यक्रमलाई तीब्र बनाउने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले भ्रष्टाचार विरुद्धको कार्यक्रमलाई तीब्र बनाउने

नवलपरासी : १७ साउन गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले भ्रष्टाचार विरुद्धको कार्यक्रमलाई तीब्र बनाउने निर्णय गरेको छ । पार्टीको बर्दघाटमा शनिवार सम्पन्न पूर्ण बैठकले जिल्लाको हरेक तहमा भष्ट्राचार ब्याप्त रहेकोले अभियानलाई चरणबद्ध रुपमा संचालन गर्ने निर्णय गरेको हो । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले अभियान पहिलो चरणमा प्रचारात्मक संगै भण्डाफोर, अनुसन्धान तथा रिपोर्टको चरण हुदै जनताको तहबाट जनकारवाही सम्मको चरणमा जाने जानकारी दिनुभयो । यस अघि पार्टीले असार ५ गते परासीमा पत्रकार भेटघाट तथा भ्रष्टाचार बिरोधी अभियान उद्घाटन गरेको थियो । पार्टीको उक्त बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा ब्युरो ईन्चार्ज प्रेम सुवेदीले प्रशिक्षण…
Read More
अखिल भारत नेपाली एकता समाजको मध्य दक्षिण भेला सम्पन्न

अखिल भारत नेपाली एकता समाजको मध्य दक्षिण भेला सम्पन्न

हैदरावाद : ०३-०८-२०२५ का दिन अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने दक्षिण हैदरावाद नगर समितिद्वारा संचालित जुब्ली हिल्स एरिया समितिको बृहद भेला पशुपति शर्माको अध्यक्षतामा अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष कृष्ण पौडेलको विशेष उपस्थितमा र केदार शर्माको संचालनमा व्यापक जनसहभागिताको उपस्थितिमा भेला सम्पन्न गरी १९ सदस्यीय जुब्ली हिल्स एरिया समितिको गठन गरिएको छ । भेलाद्वारा नव निर्वाचित कार्यकारिणी पदाधिकारीहरुलाई अतिथिहरुले सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना दिनु भएको थियो ।अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष कृष्ण पौडेल अखिल भारत नेपाली एकता समाज महिलाका क्षेत्रीय अध्यक्ष दिलमाया…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघ ९ नं. ब्युरोकाे मजुदर–संवाद अभियान उद्घाटन

क्रान्तिकारी ट्रेड युनियन महासंघ ९ नं. ब्युरोकाे मजुदर–संवाद अभियान उद्घाटन

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी मजुदर समहासंघद्धारा ९ नं ब्यूरोमा ‘मजुदर–संवाद’ अभियान उद्घाटन गरिएको छ । ‘मजदुरहरूको तलब, ज्याला १०० प्रतिशत –वृद्धि गर, मजदुरहरूलाई स्थायी रोजगारी– सुनिश्चित गर, मजदुरहरुलाई सामाजिक सुरक्षा सुनिश्चित गर, अस्थायी, करार, ठेकेदारी, ज्यालादारी प्रणाली– खारेज गर, संगठित हुने, मागहरू राख्ने एवं हड्तालको अधिकार सुनिश्चित गर, हायर एण्ड फायर, नो वर्क नो पे नीति– खारेज गर, मजदुरहरूमाथि भईरहेका शोषण, दमन– बन्द गर, मजदुरहरुलाई राजनीतिक प्रतिनिधित्वको व्यवस्था गर, नयाँ जनवादी समाजवादी क्रान्ति– जिन्दावाद, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल जिन्दावाद लगायतका नाराहरुसहित अभियानको उद्घाटन गरिएको हो । क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल, ९ नम्बर क्षेत्रीय समन्वय…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी स्थायी समिति बैठककाे महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी स्थायी समिति बैठककाे महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समितिको बैठक २०८२ श्रावण १२ देखि १९ गतेसम्म सम्पन्न भएको छ । बैठकले देशको तात्कालिक राजनैतिक परिस्थिति, सङ्गठन, सङ्घर्ष सहित कैयौं समसामयिक विषयमाथि महत्वपूर्ण निर्णयहरु गरेको छ । २०८२÷४÷२० गतेका दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले सार्वजनिक गरेको प्रेस विज्ञप्तिबाट सो कुराको जानकारी भएको हो । विज्ञप्तिमा अमेरिकी साम्राज्यवादको युद्धपिपासु नीतिको विरोधमा आवाज उठाउन उत्पीडित राष्ट्र, जनता तथा राजनैतिक शक्तिहरु सबैलाई अपील गरिएको छ । सरकारले संसदमा प्रस्तुत गरेको भूमि विधेयक भूमाफिया तथा नव धनाढ्यहरुको स्वार्थ अनुकूल भएको र वास्तविक सुकुम्वासी, भूमिहीन किसान तथा भूमिहीन दलितहरु यसबाट लाभान्वित नहुने भएकोले यसलाई खारेज…
Read More
माओवादी केन्द्रबाट ३४ जना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश

माओवादी केन्द्रबाट ३४ जना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश

घाेराही : साउन १८ मा अन्य पार्टी परित्याग गरी ३४ जना कार्यकर्ताले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला कार्यसमिति दाङले आईतबार आयाेजना गरेको भ्रष्टाचार विराेधी अभियान अन्तरगतकाे पत्रकार भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कार्यकर्ताहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका हुन् । सो अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका चार नम्बर ब्युराे सेक्रेटरी तथा पाेलिट व्युराे सदस्य समीर केसीले अहिलेकाे संसदीय व्यवस्थाकाे विकल्प नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद रहेकाे बताउनु भएको छ । देशमा लामाे संघर्ष र बलिदानीबाट नयाँ व्यवस्था स्थापना भएपनि अहिले सिंगाे व्यवस्था अरुकाे कब्जामा पर्दा नेपाली जनताको उत्पीडन अन्त्य हुन…
Read More
क्रान्तिकारी सुकुम्बासी सङ्घले भूमि बैङ्क तथा सुकुम्वासी समस्याका विरुद्ध संघर्ष गर्ने

क्रान्तिकारी सुकुम्बासी सङ्घले भूमि बैङ्क तथा सुकुम्वासी समस्याका विरुद्ध संघर्ष गर्ने

काठमाडौं : क्रान्तिकारी सुकुम्बासी सङ्घ नेपालको प्रथम राष्ट्रिय भेला यही साउन १५ र १६ गते कास्की जिल्लाको सुन्दर नगरी पोखरामा सम्पन्न भएको थियो । राष्ट्रिय भेलाका निणर्यहरुका जानकारी गराउँदै संघका नवनिर्वाचित संयोजक भीम चापागाईंले २०८२ श्रावण १९ गते एक प्रेस वक्तव्य जारी गर्नू भएको छ । वक्तव्यमा क्रान्तिकारी सुकुम्बासी सङ्घ नेपालले भूमि बैङ्कसम्बन्धी विधेयक तथा सुकुम्वासी समस्याका विरुद्ध संघर्ष गर्ने जनाइएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ – “क्रान्तिकारी सुकुमबासी सङ्घ नेपालको प्रथम राष्ट्रिय भेला यही साउन १५ र १६ गते कास्की जिल्लाको सुन्दर नगरी पोखरामा सम्पन्न भएको छ । साउन १५ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ पोलिटब्युरो सदस्य…
Read More
बहुविवाहलाई मान्यता दिने मस्यौदा खारेज गर-क्रान्तिकारी महिला संगठन

बहुविवाहलाई मान्यता दिने मस्यौदा खारेज गर-क्रान्तिकारी महिला संगठन

काठमाडौं : कांग्रेस–एमाले सरकारले बहुविवाहलाई मान्यता दिने गरी ल्याउन लागेको कानुनी मस्यौदाले महिला उत्पीडनलाई प्रश्रय दिने भन्दै क्रान्तिकारी महिला संगठनले उक्त मस्यौदा खारेज गर्न जोडदार माग गरेको छ । संगठनकी केन्द्रीय संयोजक अम्बिका मुडभरीले जारी गरेको प्रेस वक्तव्यमा अन्यथा सरकारको प्रतिगमनकारी कामका विरुद्ध संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिनुभएको छ । वक्तव्यको पूर्णपाठ यस्तो रहेको छ, : “२०८२ श्रावण १६ गते कानुन मन्त्रालयका सचिवको भनाइ उदृत गर्दै विभिन्न सञ्चार माध्यममा प्रकाशित /प्रसारित समाचारले हाम्रो संगठन क्रान्तिकारी महिला संगठन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। कानुन मन्त्रालयले मुलुकी फौजदारी कार्यबिधी संहिता संशोधन बिधेयकमा बहुबिबाहलाई छुट दिने, बाल बिबाहको उमेर हद र यौन…
Read More
खेम थपलिया र कृष्णहरि भट्टकाे ‘कम्युनिस्ट समाजवाद’ र ‘कम्युनिस्ट जनवाद’ सार्वजनिक

खेम थपलिया र कृष्णहरि भट्टकाे ‘कम्युनिस्ट समाजवाद’ र ‘कम्युनिस्ट जनवाद’ सार्वजनिक

काठमाडौं : अर्काे माेर्चाका संयाेजक लेखक खेम थपलिया र लेखक कृष्णहरि भट्टकाे ‘कम्युनिस्ट समाजवाद’ र ‘कम्युनिस्ट जनवाद’ नयाँ पुस्तक सार्वजनिक आज आइतबार सार्वजनिक भएकाे छ । उहाँहरू दुबैकाे पुस्तक काठमाडाैँकाे बागबजार स्थित भूँडीपूराण प्रकाशनले संवाद डबलीमा सार्वजनिकीकरण गरेकाे हाे । उक्त कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक वहसबाट विमुख भइरहेको सन्दर्भमा यी दुई पुस्तकले सिद्धान्तनिष्ठ बहसको उठान गरेको समेत ठोकुवा गरे । विप्लवले कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ र खेम थपलियाको ‘कम्युनिस्ट समाजवाद’ पुस्तकहरु गहन अध्ययनका साथ आएको बताउँदै उक्त पुस्तक खासगरी युवालगायत यो आन्दोलनमा रहेकाहरुले अनिवार्य पढ्नुपर्ने बताए । विप्लवले वर्तमान सत्ताको बारेमा टिप्पणी गर्दै वर्तमान सत्ता र यसका सञ्चालकहरु फासिजमतिर…
Read More