भेष बदलेका साम्राज्यवादी दलालहरुका रुपमा आइएनजीओ र एनजीओ

लेखक : हुकुमबहादुर सिंह

जेन जी आन्दोलनपछिको अवस्थाले नेपाालमा कार्यरत आइएनजीओ र तीनीहरुको आर्थिक तथा अन्य सल्लाहाकारी भूमिका माथि गम्भीर प्रश्न उठेका छन् । खासगरी जेन जी आन्दोलनवारे शुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको जाँचबुझ आयोगले गैरसरकारी संस्थाहरुको खर्चविवरण मागेपछि यस्ले एउटा गम्भीर बहसको सृजना गरेको छ ।
२०८२ भदौ २३ र २४ गते नेपाल र खासगरी काठमान्डौमा भएको जेन जी आन्दोलनका क्रममा भएका दमन र आगजनीको छानबिनका लागि गठित जाँचबुझ आयोगले आयोगमा उजीरी परेका कारण अन्तराष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरुमार्फत विगत एक बर्षमा नेपालमा गैर सरकारी संस्थाहरुले प्राप्त गरेको सहायता र खर्चको विवरण माग गरेको छ ।
आयोगले समाजकल्याण परिषदमार्फत यस्तो विवरण माग गरेको हो तर नेपालको वास्तविकता के हो भने यसरी विवादमा आउने अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले समाजकल्याण परिषदलाई थाहै नदिई सिधै अर्थमन्त्रालयबाट अनुदान स्वीकृत गराएर खर्च गर्ने गरेका हुन्छन् ।
जेन जी आन्दोलनका दौरानमा विभिन्न संस्थाहरुमा आवद्ध व्यक्तिहरु संलग्न देखिएपछि कतिपयबाट उक्त प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडका घटनामा “एनजीओ र आइएनजीओहरुको लगानी ” भएको भनेर व्यापक सप्रमाण कुराहरु आएका छन । नेपालका ख्यातीप्राप्त आँखा विशेषज्ञ डा सन्दुक रुइत अध्यक्ष रहेको बारबरामएडम्स फाउन्डेसन र उनीमार्फत आर्थिक सहयोग पाइरहेको ‘हामी नेपाली’ भन्ने एनजीओजस्ता संस्थाहरुले खुलेर वर्तमान शुशीला कार्की नेतृत्वको सरकार गठनमा देखिएको प्रत्यक्ष संलग्नता र त्यसमा अमेरिकी दुतावासमार्फत परिचालित युथ काउन्सील जसको नेतृत्व काठमान्डौ महानगरका मेयर बालेन शाहाको नाम जोर्डिएर आउनु यसका लागि थप प्रमाण हो भन्ने छ ।
अझ गम्भीर विषयत वर्तमान सरकारलाई तीब्बतीय धर्म गुरु दलाइलामाको बधाइसन्देश र वर्तमान सरकारको मन्त्री हुनका लाागि बारबरामएडम्स फाउन्डेसन र उमार्फत आर्थिक सहयोग पाइरहेको “हामी नेपाली” भन्ने एनजीओ र अझ थप अमेरिकी र भारतीय दुतावासको सिफारिस चाहिने भनाइले त नेपालको राष्टियता र सार्वभौकितामाथि विदेशी शक्ति केन्द्रहरुको ठाडो हस्तक्षेप भएको बलियो प्रमाण हो । र आइएनजीओहरुको उपनिवेशवादी रुप(जसका वारेमा हालसालै हुकुमबहादुर सिंहद्धारा लेखिएको र भूँडी पुराणले प्रकाशन गरेको प्रकाशित “माक्र्सवाद र एनजीओ” पुस्तकमा विस्तृत व्याख्या गरिएको छ ) अहिले नेपालमा स्पस्ट देखिएको छ । र यसलाई स्पस्ट पार्न अलिकति यसको इतिहासतर्फ र यसको सैछान्तिक तथा वैचारिक अवधाराणागत पक्षतर्फ जानु आवश्यक पर्दछ ।
विश्वव्यापीकरणको चरणमा, खासगरी सोभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट सत्ताहरुको विघटनपछि, आइएनजीओहरुले विश्वव्यापीकरण र उदारवादीकरणको खराव असरलाई न्यूनीकरण गर्ने उनीहरुको प्रमुख कामका रुपमा जिम्मा लिए । तिनीहरुले विश्वव्यापीकरणको विरोध त गरेका छैनन तर संयुक्त राष्ट्र संघका कर्मचारीहरुले यसलाई भनेझै ‘सहभागिमूलक विश्वव्यापीकरण’ अथवा जनतालाई संलग्न गरेर यसलाई कार्यान्वयन गर्न चाहन्छन । तिनीहरुले मानव अनुहार, टिकाउ विकास र अन्य लोकपृय नाराहरु सित विश्वव्यापीकरणका लागि अभियान चलाउछन । तिनीहरुले जनताको बिचमा भ्रमको निर्माण गर्दछन कि बिश्व बैंक, आइएमएफ, डब्लुटिओ, एडिबी र अरुहरुजस्तै साम्राज्यवादी संस्थाहरुलाई सुधार गर्न सम्भव छ । यसरी तिनीहरुले साम्राज्यवादका विरुद्ध जनसमूहको क्रोधलाई कम पादै लैजाने कोशिस गर्दछन र उनीहरुलाई सुधारवादी विचारधारातिर मोडी दिन्छन ।
आइएनजीओहरु जसलाई हामी जनमैत्री छन भन्ने सोंच्दछौ, उनीहरुको काम संवैधानिक मागको दायराभित्र शान्तिपूर्ण र कसैलाई नोक्सानी नगर्ने तरिकाले ‘सुरक्षित निकास’का रुपमा काम गरेर त्यससंगै जनतामा रहेको व्यापक असन्तुस्टीलाइ त्यसमा मिलाउने काम गर्दछन् । तिनीहरुले उत्पीडित जनतालाई विभिन्न शाखामा विभाजित गर्न खोज्दछन र पहिचानको राजनीति वर्तमानमा उनीहरुको मूल मुद्धा बन्न गएको छ किनभने पहिचानको राजनीतिले कम्युनिस्टले खोज्ने क्रान्तिको एउटा बलियो आधार वर्गीय एकताको विकासलाई रोक्छ भन्ने मत राख्ने गरिन्छ । तिनीहरुले वर्गीय विभाजनलाई मेटाउन र अध्यारो पार्न खो्ज्दछन र सामाजिक समूहरुभित्र फरक गर्न खोज्छन । तिनीहरुले पहिचानको आधारमा मात्रै जस्तै लिंग, महिला, जात, जाति, र राष्ट्रियताका आधारमा उत्पीडीत र उत्पीडक बिचमा एकता गरेर अझ वर्ग विभाजन मेटाउन चाहन्छन र सामाजिक समुहहरुभित्र विभेद गर्न खोज्छन र वास्तवमा, एनजीओहरुले उत्पीडीतहरुको बिचमा गलत विश्वास मनमा पारिदिन कोशिस गर्छन कि पुँजीवादको विकल्प छैन र पुँजीवादले अन्तीम बिजय पाइसकेकोछ । तिनीहरुले घोषणा गर्छन कि माक्र्सवाद समय सिद्धिएको एउटा औषधी जस्तै भइसकेकोछ र साम्यवाद मरिसकेको छ, र त्यसैले जो कोहीले पनि नागरिक समाजको लोकतान्त्रिकरणद्धारा र मानव अनुहारलाई हसिलो बनाउने विश्वव्यापीकरणद्धारा वर्तमान विश्वमा सुधार गर्ने कोशिस गर्नु पर्छ । तिनीहरुले एउटा राज्य विरुद्धको कदम लिन्छन जुन बाहिरीरुपले प्रगतिशील बृतमा आक्रषक देखिन्छन । यद्यपि, ससानो स्तरमा नीजीकरणलाई पुरा गर्ने कोशिस गर्छन जवकि उनीहरुका मालिकहरुले ठूलो स्तरमा त्यसलाई पुरा गर्दछन् ।
यसरी, जव अन्तराष्ट्रिय पुँजी अर्थतन्त्रको नियमन गर्नमा राज्यको भूमिका कठोर बन्दछ र बजारले राज्यको हस्तक्षेप विना(वास्तविकतामा यो कति गलत छ भन्ने वेगलै हो ) स्वतन्त्रता पूर्वक कामगर्न चाहन्छ । एनजीओहरुले सेल्फ हेल्प, पारस्परिक सहयोग,सामुदायिक बिकास र अरुहरुको बारेमा कुरा गर्दछन् । राज्य यसरी जागिर, सिंचाई, स्यानीटेसन, सफा खानेपानी, स्वाथ्य हेरचाहा, शिक्षा प्रदान गर्नेआदिजस्ता जनताका सामाजिक उत्तरदायित्व बाट उन्मुक्त भएपछि ,यसको सञ्चालन एनजीओको सहयोगको नामबाट व्यक्तिहरु र निजी समूहहरुका हातमा राखिन्छ ।
यसरी आइएनजीओहरुले नीजीकरणको सन्दर्भमा साम्राज्यवादसित साझा सवाल बनाउछन । र तिनीहरुले ग्रामीण क्षेत्रहरु र सहरीया फोहर र दुर्गन्धीत वस्तीहरु खासगरी गरीवीले सताइएका जनताका बिचमा ध्यान केन्द्रीत गर्दछन् । उनीहरुको तथाकथित च्यारिटेबुल काम र बिकास योजनाहरुका लागि यस्ता पिछडिएका क्षेत्रहरुलाई प्राथमिता दिन्छन । यद्यपि यसो गरेर उनीहरुले पिछडिएका जनताहरुको क्रोधलाई प्रभावहीन गर्ने कोशिस गर्दछन् । तिनीहरुले दलीय सक्रियता नभएकाको कुरा गरेर जनताहरुलाई अराजनीतिक बनाउन खोज्छन । तिनीहरुले दावा गर्छन कि तिनीहरु अराजनीतिक छन् र जनताहरुलाई सबै राजनीतिक दलहरुदेखि टाडा रहन आव्हान गर्दछन्, कि तिनीहरुले आफै तिनीहरुका समस्याहरुको समाधान सेल्फ हेल्प, आपसी सहयोगआदिमार्फत समाधान गर्नु पर्छ । यसरी, यस्ता एउटा भद्र अराजनीतिक रणनीतिको वोकालत गरेर एनजीओहरुले वास्तवमा यथास्थितिलाई नै संरक्षण गर्छन र जनतामाथि शासकवर्गको विचारको प्रभाव र राजनीतिलाई जोगाएर राख्न चाहन्छन् । तिनीहरुले आफैलाई राजनीतिक दलहरुको विकल्पको रुपमा देखाउछन् र गरीबहरुको मित्रको रुपमा आफूहरुलाई देखाएर क्रान्तिकारी पार्टीहरुलाई विस्थापित गर्ने कोशिस गर्दछन् ।
आइएनजीओहरुले संघर्षको मार्गबाट अर्कैतर्फ मोडिदिएर जनतालाई परिचालन गर्नबाट रोक्न खोज्छन र यथास्थितिवाद र सुधारवादभित्र सबैभन्दा राम्रालाई टिपेर तिनीहरु वाम बुद्धिजीवीहरुमाथि अत्यधिक माात्रामा निर्भर रहन सफल देखिएका छन् । आइएनजीओहरुले उनीहरुको वितरणमा रहेको विशाल फन्डलाई वाम बुद्धिजीवीहरुलाई सेमिनारहरु, कार्यशाला गोष्ठीहरु, कनफरेन्सहरुमा सहभागि गराएर र उनीहरुलाई परियोजनाहरमा सहभागी गराएर र अनुसन्धान र नीति सम्वन्धी इन्स्टीच्युटमा सहभागी गराउर आक्रषण गर्न र टप्प टिप्न सफल देखिएका छन् । साम्राज्यवादी पुँजीद्धारा विश्वभरी सयौको संख्यामा परियोजनाहरु र इन्स्टीच्युटहरु स्थापना गरिएका छन्, जसले साम्राज्यवादीहरुको आवश्यकता अनुसार यीनीहरुको उत्पादन गर्दछन् । आफूहरुलाई यी परियोजनाहरुमा सम्वन्धीत गराएर बुद्धिजीवीहरुले उनीहरुलाई गुन लगाउने कामगर्दछन् र जनताको बिचमा भ्रम सृजना गर्दछन् ।
आइएनजीओहरुले सम्वन्धीत देशभित्रका उनजीओहरुलाई अगाडि लगाएर जनताका विचारहरुलाई परिवर्तन गर्न ्, विचार निर्माण गर्न र पुँजीवादी शोषणको स्थायीत्वका लागि आवश्यक पर्ने भ्रमहरु र विचार निर्माण गर्न एउटा माध्यमको रुपमा काम गर्दछन । तिनीहरुले यसरी जनताका विचारहरुमा प्रभाव पार्न सक्छन् कि राज्य र शासक वर्गीय पार्टीहरु प्रत्यक्ष रुपले सक्दैनन । आफूहरुलाई स्वार्थरहित लोककल्याणकारीका रुपमा प्रस्तुत गर्ने कोशिस गरेर र जनताको भलाइमा प्रतिवद्ध देखाएर, तिनीहरुले जनताको साहनुभूति जित्न खोज्दछन । तिनीहरुको रेडिकल, साम्राज्यवाद विरोधी रेटोरिक र विकासवारेका कुरा, आधुनिकिकरण, र ग्रासरुट लोकतन्त्र, नागरिक समाजको लोकतान्त्रिकरण, सामाजिक न्याय, मानवीयता र मानव अधिकार, र अन्यले प्रगतिशील र केही क्रान्तिकारी क्षेत्रहरुलाई धोखा दिन सक्छन । यसरी तिनीहरुले जनसमुदायको बिचमा वैचारिक रहष्यमणीकरण निर्माण गर्ने र्गछन् र साम्राज्यवादी पुँजीद्धारा सजिलो लुटमारका लागि मार्ग प्रशस्त बनाइदिन्छन् ।
केही मानिसले जोड दिन्छन कि नितीहरुले एशीय, अफ्रिका र लेटिन अमेरिकी देशहरुको उपनेनिवेशिकरणका लागि अन्तराष्ट्रिय पुँजीको हतियारको रुपमा काम गर्दछन । तिनीहरुले यी देशहरुभित्र साम्राज्यवादी पुँजीको घुसपेठका लागि जमिन तयार पार्दछन् र मार्केटको विस्तार र पुँजीको सजिलो कार्यका लागि वातावरण निर्माण गर्दछन् । उनीहरुको कामका लागि सबैभन्दा पिछडिएको क्षेत्रहरुको छनोट गरेर एनजीओहरुले सामुदायीक बिकासको नाममा, सेल्फ हेल्प समूहहरु सम्वर्घन गर्ने नाममा ती क्षेत्रहरुमा बजार समवन्धलाई लागुगर्ने मामलामा सफलता प्राप्त गरेर र सक्रियतापूर्वक साम्राज्यवादी समथर््ीत बिकासका योजनाहरुलाई प्रवर्धन गरेर गर्दछन् । तिनीहरु विश्वका सबैजसो देशहरुमा तथाकथित बिकास परियोजनाहरुमा खासगरी पिछडिएका आदिवासी क्षेत्रहरुमा सक्रियातापूर्व संलग्न भएर यस्ता काम गर्दछन् ।
उत्तर आधुनिकतावादीहरु, जसले सामूहिकभन्दा व्यक्तिगतमा ज्यादा विश्वास गर्दछन, पहिचान जस्तै लिंग, जात,जाति र राष्ट्रिय अस्तित्वका वारेमा कुरा गछर्न र वर्गीय एकताको अवधारणालाई ठाडै इन्कार गर्दछन । एनजीओहरु साम्राज्यवादका निम्ति क्षेमाप्रार्थी हुन जसले आफूलाई आक्रषक भाषामा छिपाएर राख्दछन् । तिनीहरुले जनताको दर्दनाक गरीबीमा व्यापार गर्दछन् र सामा्रज्यवादी दात्री निकायहरु अथवा व्यक्तिबाट तेस्रो विश्वका गरीबीले सताइएकालाई देखाएर आर्थिक सहयोग खोज्दछन् । परजीवीजस्तै तिनीहरु पिछडिएका महिलाहरु, केटाकेटी र अपांग जनताको नाममा, विकासको नाममा, सशक्तिकरणको नाममा र अरु धेरैको नाममा प्राप्त आर्थिक सहयोगमा आफू बाँच्दछन् ।
तिनीहरुले तेस्रो विश्वका देशहरुभित्र साम्राज्यवादी राजधानीको घुसपेठलाई न्योचित वताउदै साम्राज्यवादका लागि वैचारिक खुराक दिनेवालाका रुपमा सेवा दिन्छन र ती देशहरुका अर्थतन्त्रमाथि साम्राज्यवादको बलियो पकडलाई प्रोत्साहन गर्दछ । त्यसैले साम्राज्यवादीहरु, तिनीहरु जुकाजस्तै स्वार्थी हुन्छन, यस्ता संगठनहरुलाई पालान पोषण गर्न ठुलो धन राशी पोख्दछन । फोर्ड फाउनडेसन, रकफेलर फाउनडेसन, कार्नेजी फाउनडेसन, हेनरिक बोल फाउनडेसन र यस्ता अनेको सम्राज्यवादी संस्थहरुले यी आइएनजीओहरुलाई टिकाइराख्न प्रत्येक वर्ष अरवौ रुपीयाको खोलो बगाउछन ।
तिनीहरुले इन्स्टीच्युट, अध्ययन सस्थाआदि प्रत्येक खालका परियोजनाहरुलाई आर्थिक सहयोग प्रदान गर्छन । उदाहरणका लागि फोर्ड फाउनडेसनले १९३६मा यसको स्थापनादेखि अहिलेसम्म १५ बिलियन डलर्स विश्वका विभिन्न देशहरुमा अनगिन्ति संस्थाहरु र परियोजनाहरुका लागि आर्थिक सहयोग प्रदान गरेको छ । फोर्ड फाउनडेसनलले अनुसन्धानकर्ता विद्धानहरु र बुद्धिजीवीहरुलाई साम्राज्यवादीहरुका लागि सान्दर्भिक विषयमा अध्ययन गर्न कैयो सहयोग दिएको थियो ।
एनजीओहरु गैर नाफामूलक संस्था भएकाले, यीनीहरुले वास्तवमा साम्राज्यवादीहरुका लागि फाइदा बढाउनका निम्ति काम गर्दछन् । यी भेष बदलेका साम्राज्यवादी दलालहरु र क्षेमाप्राथीहरुका विरुद्धको लगातारको र नथाक्ने संघर्षविना क्रान्तिकारीहरुले सुधारवाद र संवैधानिक भ्रमबाट जनतालाई बाहिर ल्याउन सक्दैनन । क्रान्तिकारीहरुमा पाइने सजगताको कमिले क्रान्तिकारी पार्टीहरु र आन्दोलनहरु कमजोर बनाउदै लैजाने काम गर्दछन जुन लेटिन अमेरिकी देशहरुमा यस्ता खालका प्रशस्त उदाहरणहरु पाइन्छन् ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?