भाषण समाजवादको यात्रा दलाल भ्रष्ट संसदवादको

नेपालको कम्युनिस्ट आन्दोलन राजनैतिक पृष्ठभूमि एवम् इतिहास विचित्रको छ जहानीया राणाशासनको अत्याचारले सीमा नाँघ्दै जाँदा देश र जनतालाइ सुशासन वर्गीय मुक्ति नागरिक स्वतन्त्रता एवं मानव अधिकार सुनिश्चिताका लागि वाम विचारकका सस्थापक अग्रजहरुले एउटा ठूलो शाहसी निर्णय गरेका थिए ।जुन निर्णयले राणाशासनको अन्त्य गर्नका लागि एउटा राजनैतिक सैद्धान्तिक वैचारिक द्धन्दात्मक भौतिकवादको बलियो हतियार माक्र्सवादी दर्शनले सुसज्जित जुझाँरु पार्टी खोल्नु पर्ने आवश्यकता थियो ।लक्ष्य पूरा गर्नकालागि नेपाली आमाका एक निष्ठावान सुपुत्र क. पुष्पलाल श्रेष्ठसंग विश्व कम्युनिस्ट आन्दोलनका अभियन्ता हरुको भेटघाट छलफलको निरन्तरताले क. पुष्पलालको काँधमा ऐतिहासिक जिम्मेवारी आयो ।उँहाले आफनो मिसन देश र जनताको लागि जसरी पनि पुरा गर्नु थियो । निकै शाहसका साथ पूरा गर्नु भयो तर त्यतिबेलाको जहाँनीया राणाशासनको दबदबा थोरै पनि मानवीयता नभएका निर्दयी शासकको समयमा राणा विरोधी कृयाकलापको कल्पनासम्म गर्न नसक्ने अवस्थामा कसरी लक्ष्य पूरा गरे होलान ?ठूलो संर्घंषबाट जीवन र जगतलाई बुभ्mन बदल्न सक्ने सौन्र्दय संसार को मार्गदर्शक विचारको वैज्ञानिक पार्टी र्निमाण एवं लक्ष्य पूरा गरेर प्रजातन्त्र ल्याउँने कार्य कसरी पूरा गरे होलान ?नत त्यो समय सूचनाको सहज थियो ।नत बाक्लो भेटघाटको वातावरण बनाउन सकिन्थ्यो । एउटा बैठक बस्न पनि सीमा पार जानु पथ्र्याे । अहिलेका हामी कम्युनिस्ट विचारका पार्टीहरुको भेटघाट बैठक कहाँ हुन्छन ?कस्तामा हुन्छन ?कस्ताले सहयोगको जिम्मा लिन्छन ?बहस छलफल कस्ता हुन्छन ?कल्पना गरौं त्यस्तो कठिन समयको जंघार तर्ने कार्य कम आँकलन गर्नु मुर्खता हुन्छ । हामी अहिलेका वामपन्थी भन्नेहरुको लागि सायद फलामका चिउँरा चपाए सरी हुन्थ्यो होला ? माहासागरमा पौडी खेलेर पार हुनका लागि ती अग्रजहरुले वलिदानी गर्नु भो । राणा विरोधी मोर्चा बने २००६ शालमा बनेको पार्टीले २००७ शालमा राणा शासनको अन्त्य गरेर प्रजातन्त्र ल्याउन पनि सफल भए तर जनताको सत्ता आउँन सकेन । कारण हामी नेपाली हरुको लागि (र) पश्चिमा विस्तारवादी साम्राज्यवादी जहिले पनि वर्गबैरीकै रुपमा तगाँरो बनेर अल्झाउँने बल्झाउँने असफल पार्ने निर्णायक भूमिकाको खेल तीनै आफैले वा उनैका मतियार एजेन्टले सम्झौतामै तुहाइदिने रोग आजको होइन ।इतिहासकै विडम्बना हो । जेहोस अग्रजहरुले विचार बचाउनु भो कम्युनिस्ट आन्दोलनको राजनैतिक वैचारिक र सिद्धान्त बचाउँने पनि ठूलो क्रान्ति हो । कम्युनिस्ट पार्टीमा क्रान्ति दुश्मनसँग मात्र हुदैन सिद्धान्तमा दरिलो बनेर वर्ग बैरीसंग लडाइको मैदानमा उत्रनु पूर्व नेतृत्वले सर्र्वप्रथम युद्ध आफनै पार्टी भित्र लडनु पर्छ । पार्टी भित्रका दुश्मन जति बलिया हुन्छन ,बाहिरका हुदैनन् ।पार्टी सिद्धान्त विचारमा र योजनामा एकताबद्ध भयो भने दुश्मनसँग कहिल्यै हार हुदैन । कम्युनिस्ट आन्दोलनको ठूलो समस्या यहाँनेर हुन्छ । भनिन्छ विपरित हरुको एकत्वनै पार्टी हो ।हामी सबै समान हौं तर अवसरवाद भित्र सुरक्षित राखिन्छ ।स्वार्थ मिल्दा सम्म नेतृत्व पार्टी सबै अति सुन्दर हुन्छ जब स्वार्थ बाझिन्छ गुट उपगुट हुदै फुटमा बदलिन्छ ।त्यसपछि दुश्मनसँग निकट बन्ने आफनै सगैं खाने सगैं मर्ने बाचा गरेका हरु सँग वैरभावको व्यवहार मात्र होइन ज्यानै लिने गरी धराप थापेर समाप्तै पार्ने घटना घटाइन्छ ।फेरि कुनै दिन यसको आवश्यक पर्ला भन्ने थोरै पनि मानवीयता नहुने घटना पनि नेपाली कम्युनिस्ट आन्दोलनका इतिहास साधारण हुन । यस्ता घटनाको थुप्रै उदाहरण भेटिन्छन् ।

नेपालमा कम्युनिष्ट आन्दोलन किन कमजोर हुदै गयो ?यसको वास्तविक कारण के के हुन ?अहिले आम जनताको चाँसो मात्र होइन चिन्ता पनि त्यति कै बढेर गएको छ ।अब केही उदाहरणको चर्चा गरौं । नेपालमा पुष्पलाल मदन भण्डारी मोहन वैद्य किरण जस्ता माक्र्सवादका अध्यता जीवनभर सिद्धान्तमा अडिग आफनो भन्ने कुनै स्वार्थ नभएका सबै गुमाएर निजी जीवन भन्दा पार्टी क्रान्ति समाज सेवा मै सर्मपण गर्ने महान व्यक्तित्व एवं निस्ठावान पनि नेपालमै थिए र यद्यपि एक जना त्यागि निश्कलंक व्यक्तित्व क मोहन वैद्य किरण अझै जीवित हुनुहुन्छ । अहिले पनि पदको लागि मारामार छ तर उहाँले आफनो पदबाट राजीनामा दिएर आफना दोस्रो पुस्ताका साथिहरुलाइ मार्ग खुला राख्ने एउटा उदाहरणको पात्र बन्न सफल हुनुभएको छ । ठिक यसको विपरित आफनै पार्टीको आफै जासुस बनेर पार्टीका आन्तरिक गोपनीयताका निर्णय टेप गरेर दुश्मनलाई पुराउँने गद्धार केशरजगं रायमाझी नामको कलंक पनि नेपाल मै थिए ।आफनै पार्र्टीको एक होनहार क्रान्तिकारी व्यक्तित्व मदन भण्डारीलाई त्रिशुलीमा खसाएर ज्यँुदै हत्याका ताना माना बुन्ने हत्यारा पनि नेपालमै होलान ?त्यसको झन खोजविन नै भएन । ती हत्यारा कति बलिया आफनै श्रीमती राष्ट्रपति हँुदा पनि हत्यारा पत्ता नलाग्ने कति शक्तिशाली ? कम्युनिस्ट विचारका अग्रज भन्नेहरु भ्रष्टचारको आरोपमा जेल जीवन विताउँने महामहिमहरु पनि नेपालमै विराजमान छन । तिनीहरुले माओको सिद्धान्त३गर३नगरको पढे होलान ? पढने मात्र भएन अरुलाई पढाउँने माकर््सवादी शिक्षक पनि भए ।त्यसकारण नेपाली कम्युनिष्ट आन्दोलनको पक्षलाई विचित्रको देश भन्न मन लाग्छ ।

नेपालमा साच्चिकै भन्ने हो भने पार्टी क्रान्ति भित्र घात अन्र्तघात नगरेर दुश्मन सँग एक ढिक्का बनेर लक्ष्यपूरा गर्ने प्रतिबद्धता इमान्दारितापूर्वक असल नेतृत्वको कमानमा काम गर्ने हो भने नेपालको टोटल जनसख्याको कम्तिमा ७० प्रतिशत जनता कम्युनिष्टको पक्षधर छन्। नेपाली जनताले सर्वहारा वर्गका दुश्मनहरु सामन्तवाद साम्राज्यवाद विस्तारवाद एनजीओ आइएनजीओ भ्रष्टचारी दलाल विचौलिया लगाएतका वर्गवैरीसँग संघर्ष गर्न कहिल्यै पछि परेनन ।आफु र आफना सन्तान आन्दोलनमा होमेर जीवन भर गिटि कुटेर पार्र्टी क्रान्तिको सौन्र्दय जीवन देख्ने भनेकै नेपाली जनता हुन । धोकेवाज जनताका दुश्मन भनेकै पहिलो गणनामा नेता पर्छन् । नेपालका कम्युनिस्ट पार्टीका नेतागणले गर्ने गरेका कुकृत्यहरु यस्ता छन । १)पार्टी फुटाउँने वातावरण नेतृत्वबाटै हुन्छ भित्रका पन्छाउँने बाहिरका भित्राउने नेता ,२)भ्रष्टचार गर्ने अकुत सम्पत्ति कमाउँने चुनावमा भ्रष्टाचारका पैसा खनाएर फेरि जीतेर भ्रष्टचार गर्नका लागि सर्वसाधारणलाई मर्न उक्साउँने नेता , दुःख परिश्रम कार्यकर्ताले गर्ने फाइदाकोलागि नातावाद कृपावादको भ्रष्टाचार गर्ने नेता ,३)ऐस आराम मस्तिको जीवनशैली विताउँने जनता भोकै मरुनकी भाडमा जाउँन मै खाउँ मैलाउँको कुकृत्य गर्ने नेता ४)आफना सन्तान देशी विदेशी महंगा शिक्षालयमा सुख सयलमा राखेर पढाउँने देशका ठूला डाक्टर इन्जिनियर जस्ता पोस्टमा राख्न दबाब दिएर पोस्टीगं हुने नेताकै सन्तान ,५)शहर बजारमा घरघडेरी जोर्ने आफना भाडामा दिने आफु लगायत परिवार भाडामा बसेको देखाएर ब्रम्ह्लुट गर्ने नेता ,६)ठाउँ ठाउँमा पार्टीको काममा जादाँ पार्टीकै खर्चमा हेलीकप्टर चार्जर गर्ने देखि महगां पजेरामा सैर गर्ने नेता कार्यकर्ता हिडेरै पुग्नु पर्ने आफु भोकै बसेर मिठो खाना राम्रो बेड बिस्तारा महंगा रिसोर्ट महंगा रक्सी खाने नेता , ७)भाषण एउटा काम अर्कै गरेर कार्यकर्ता माथि धोकेवाज गर्ने विरोध गरे अनुसासनको कार्वाही गराएर आफनै कार्यकर्ताको भविष्य माथि खेलवाड गर्ने नेता,८)मान सम्मान घाँटीभरि थाम्न नसक्ने कुइन्टलका मालाले सजाउँनु पर्ने नेता ,९)भन्दा राजालाई र अन्य मन नपर्नेलाई सामन्तवादी देख्ने आफु महाराज भन्दा कम हुन नपर्ने नेता , १०)विभिन्न अपराध जन्य अपराधी बचाउँने नेता ,११)पार्टीका काममा खर्च कार्यकर्ताले व्यवस्थापन गरेका होटल पसल व्यक्तिगत ऋण सापटी तिर्न नपर्ने नेता ,त्यसकारण नेपालका कम्युनिष्ट पार्टीका राजा महाराजाहरु दलाल भ्रष्टचारले डुबेको संसदवादमा ब्रम्ह्लुट गरेकै कारण र जनविपरित राष्ट्रको हकहित हुन नसक्ने काम गर्न खोज्नेको बाधक संविधानका तालुकदारले देश पालैपालो मिलेर मरुभूमि बनाए ।संपत्ति शुद्धीकरण नगरेर विश्वकै कालो सूचिमा देशलाइ बन्धक बनाए ।

यी त नेपालको लागि साधारण उदाहरण हुन ।अहिले २०८२ भाद्र २३,२४को जेनजी आन्दोलनले भ्रष्ट नेताहरुको मुटु हल्लिएको छ । दिमाग खलबलिएको छ ।कसैले जेनजीको चाकरी गर्दै छन् । कोही उपचारको बाहनामा देशै छोडेर भागेका छन् ।कोहीलाई सरकारले नजर बन्दमा राखेको छ । कोही पार्टीको नेतृत्व छोडेर अर्कैको पार्टीमा पस्दैछन् । कोही एकताको बेमौसमी बाजा बजाई रहेका छन् । कोही जीवनभर समाजवाद साम्यवादको भजन रटान गरेर संसदलाई रद्धिको टोकरी भन्नेहरु आफै नयाँ पार्टी खोलेर यहि संविधानलाई शिरोधार्य गर्दै दलाल भ्रष्ट संसदीय भासमा पलायन विर्सजनको दौरानमा कुदिरहेका छन् । देशलाई आजको अवस्थामा पुराउँने दोष अन्य पार्टीकाहरुलाई दिनु हुदैन किनभने काग्रेस ,एमाले जस्ता पार्टीले देश खाए र्बबाद पारे भनेर तीन कै विरुद्धमा युद्ध लड्ने पार्टीको २ दर्जन भन्दा बढि चिरा प¥यो ,अझ पर्दैछ । यहि हो कम्युनिष्टको सुशासन ?यस्तै गरेर विश्व कम्युनिष्ट आन्दोलन विश्वका मजदुर एक हौं भन्ने नारा स्थापित भएको थियो ?लेनिन माओ जस्ता महान वैज्ञानिक एवं दार्शनिकले रुस चीनमा जारशााहीको र च्याड.काइसेकको सत्ता उनकै संविधानमा टेकेर उनकै संसदवादी डुगुंरमा दल दर्ता गरेर उनले नै गराउँने निर्वाचनको माध्यमबाट समाजवाद ल्याएका हुन ? बधाइ छ ,कमरेडहरुलाई। बालुवाटारमा फोटा झुण्डाउँने इच्छा मनकामना पुराहोस । नेपाली जनताले छर्लङ्ग हुने गरि तपाइहरुका कुकर्म पर्दाफास आफैले गरेर स्पस्ट देखाउँनु भएकोमा पुनः धन्यवाद । मालेमावादी पार्टी हरुका पसल बढाउनमा प्रेरित गराउने र प्रेरित हुने दुवैै पक्षलाई पनि लालसलाम ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?