जन बिहानी

1564 Posts
शनिबारबाट पानी पर्न कम हुन्छ : मौसमविद

शनिबारबाट पानी पर्न कम हुन्छ : मौसमविद

काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले परिरहेको पानी शनिबारबाट केही कम हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । आज भने देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने प्रक्षेपण छ । बरिष्ठ मौसमविद प्रतिभा मानन्धरले आज शुक्रबार धेरैजसो स्थानमा मध्यम वर्षा हुने र भोलि शनिबार मनसुनको असर केही कम हुने बताइन् । उनका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति भने कोशी र सुदूरपश्चिममा मात्र भारी वर्षा हुने पूर्वानुमान छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानबाट उत्तरतर्फ (नेपालको भूभाग नजिक) र पूर्वमा सरदर स्थानमा (भारतमा)…
Read More
राजनीतिक अर्थशास्त्र (क्लास नोट)

राजनीतिक अर्थशास्त्र (क्लास नोट)

लेखक : इन्द्रमोहन सिग्देल ‘वसन्त’ १. सामान्य परिचयराजनीतिक अर्थशास्त्र एउटा व्यापक विषय हो । यो मालको उत्पादन, त्यसको व्यापार, व्यापारसँग सम्बद्ध सरकारी कानुन र राष्ट्रिय आम्दानीको वितरणको समग्र प्रक्रियासँग सम्बन्धित हुन्छ ।समाज विकासको क्रममा मानिस आफैले तयार पारेका औजार र आफ्नो श्रमसहित उत्पादन प्रक्रियामा जोडिन गयो । एङ्गेल्सले मानिसलाई जनावरबाट फरक गराउने चिज यही श्रम हो भन्नु भएको छ । उत्पादनको त्यो प्रक्रिया स्वामित्व र वितरणको एउटा सम्बन्धसहित अगाडि आयो । त्यही सम्बन्धलाई उत्पादन सम्बन्ध भनिन्छ । माक्र्सवादी राजनीतिक अर्थशास्त्रको विषय यही उत्पादन सम्बन्ध हो । यसले कुनै पनि समाजको अर्थसामाजिक अवस्थालाई चित्रण गर्दछ ।मानिस श्रम प्रक्रियासँग जोडिएपछि मानव समाज…
Read More
‘लिम्पियाधुरा लिपुलेक र कालापानीको अतिक्रमण अन्तराष्ट्रियकरण गर’

‘लिम्पियाधुरा लिपुलेक र कालापानीको अतिक्रमण अन्तराष्ट्रियकरण गर’

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले नेपाली भुमि लिपुलेकमा छिमेकी राष्ट्रहरु ईण्डिया र चाइनाले गरेको ब्यापारिक नाका खोल्ने सहमति तत्काल खारेज गर्न माग गरेको छ । सो पार्टीले सरकारले अतिक्रमणको यो मुद्धालाई अन्तराष्ट्रियकरण गर्न र लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र फिर्ता गर्न माग गरेको हो । बिहीबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसुप)का प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापन बुझाउदै उक्त पार्टीले जिल्लाको सुस्तामा भएको भारतीय अक्रिमण हटाउन र सुस्ताका बासिन्दा माथि बिभिन्न बहानामा भारतीय पक्षले लगाएको झुठ्ठा मुद्धा फिर्ता गर्न समेत ज्ञापन पत्रमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा जिल्लाका सातै स्थानीय तह…
Read More
नेपाली भूमि प्रयोग गर्ने भारत र चीन सहमति खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपाली भूमि प्रयोग गर्ने भारत र चीन सहमति खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं : नेपाली भूमि लिपुलेक लिम्पियाधुरा र कालापानी नेपाली भूमिबाट व्यापारिक मार्ग सञ्चालन गर्ने चीन र भारतको सहमति खारेजीकालागि पहल गर्न माग गर्दै देशमा क्रियाशील कम्युनिष्ट पार्टीहरुले मुख्य सचिव एकनारायण अर्याल मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका नौं वटा वाम घटकले ज्ञापन पत्र बुझाएका हुन् । १२ गते बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, “नेपालका दुई ठूला र शक्तिशाली निकटतम् छिमेकीहरुद्वारा यस प्रकारको कार्य हुनु अत्यन्त खेदजनक विषय हो । अतः हामी निम्न अनुसारका दलहरुले उक्त सहमति खारेज गर्नका लागि दुबै देशसँग कुटनीतिक पहल गर्न सम्माननीय प्रधानमन्त्रीज्यु तथा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन…
Read More
जनता लुट्ने घोर जनविरोधी इम्बोस्ड नम्बर प्लेट तत्काल खारेज गर !- क्रान्तिकारी युवा संगठन नेपाल

जनता लुट्ने घोर जनविरोधी इम्बोस्ड नम्बर प्लेट तत्काल खारेज गर !- क्रान्तिकारी युवा संगठन नेपाल

क्रान्तिकारी युवा संगठन नेपालद्वारा इम्बोस्ड नम्बरमा गरिएको ठगी र कमिसन खोरीको विरुद्धमा वक्तव्य जारी काठमाडौ : क्रान्तिकारी युवा संगठन नेपालले इम्बोज नम्बरमा गरिएको ठगी र कमिसन खोरीको विरुद्धमा प्रेस वक्तव्य जारी गरेको छ । संगठनका संयोजक सूर्य तिमिल्सिना जीवितले २०८२ भाद्र ११ गते जारी गरेको प्रेस विज्ञप्ति यसप्रकार छ –  सरकारले जबरजस्ती लागू गरेको इम्बोज नम्बर प्लेट प्रणाली सम्बन्धमा हाम्रो संगठनको गम्भीर ध्यान आकर्षण भएको छ। आम नागरिकको हित र सुविधा भन्दा पनि नेपाल सरकार कमिसनखोर दलाल विदेशी कम्पनीलाई लाभ पुर्‍याउने र नेपाली भाषालाई समेत लोप गराउने उद्देश्यले ल्याइएको जनघाती नीतिलाई हाम्रो संगठन राज्यको नीतिगत ठगी र जनता लुट्ने घोर…
Read More
शहिद शोभाखर धनन्जयको ४०औं स्मृति दिवश सम्पन्न

शहिद शोभाखर धनन्जयको ४०औं स्मृति दिवश सम्पन्न

काठमाडाैँ : हाँक साप्ताहिक पत्रिकाको प्रधान सम्पादक प्रकाशक शोभाखर धनन्जयको ४० औं स्मृति दिवश कार्यक्रम हाँक साप्ताहिकको कार्यालय बागबजारमा प्रधान सम्पादक गोविन्दबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा अतिथिहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरु रामसिङ श्रीस,सन्तबहादुर नेपाली, कृष्णराज पौडेल, हेमन्तप्रकाश ओली, पोलिटव्यूरो सदस्यहरु रामबहादुर बुढा ,बालकृष्ण ओली, ९ नं व्यूरो सचिव चिन्तामणि शर्मा ,शहिद परिवारको तर्फबाट इन्दु पाण्डे क्रान्तिकारी महिला संगठनका सहसंयोजक मनु वि.क. रहनु भएको थियो । शहिदप्रति एक मिनेट मौनारण र श्रद्धाञ्जली अर्पण पछि अगाडि बढेको कार्यक्रममा अतिथिहरुले शोभाखर धनन्जयको पार्टी,क्रान्तिकारी आन्दोलन र जनपक्षीय पत्रकारितामा पु¥याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो । शोभाखर धनन्जयकी…
Read More
लिम्पियाधुरा अतिक्रमणः भारतीय हस्तक्षेपमा चीन मुछिनु दुर्भाग्यपूर्ण

लिम्पियाधुरा अतिक्रमणः भारतीय हस्तक्षेपमा चीन मुछिनु दुर्भाग्यपूर्ण

लेखक-रतन भण्डारीपटक पटक दुख्ने लिम्पियाधुरा, लिपुलेक र कालापानीको घाउ फेरि यस पल्ट पुनः दुखेको छ । उत्तर र दक्षिणी छिमेकी (भारत र चीन)ले यही भदौ २ गते नेपाली भूमिका आफूखुसी सम्झौता गरेबाट यो घाउ पुनः बल्झेको हो । वर्षौंदेखि दक्षिणी छिमेकीको थिचाइ, मिचाइ, पिल्साइ र हेपाइले थिलोथिलो नेपालको पीडामा उत्तरतिरबाट मह्लम पट्टि हुनुको साटो भारतीय थिचोमिचोलाई बल पुग्ने गरी भारतीय अतिक्रमणलाई अनुमोदन गर्ने दुस्प्रयास भएको छ ।जबकि १८१६ को सुगौली सन्धिको धारा ५ ले नेपालको पश्चिमी सीमा लिम्पियाधुरा उद्गमित महाकाली नदी निर्धारण गरेको छ । सुगौली सन्धिको दफा ५ ले नेपालका राजा तथा तिनका उत्तराधिकारीहरू वा वारिसहरूका लागि काली नदीको…
Read More
सरकार किसानहरुको नभइ दलालहरुको सेवामा केन्द्रित छ : रामसिङ श्रीस

सरकार किसानहरुको नभइ दलालहरुको सेवामा केन्द्रित छ : रामसिङ श्रीस

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिङ श्रीसले सरकार किसानहरुको नभई दलालहरुको सेवामा केन्द्रित भएको बताउनु भएको छ । नेपाल उखु उत्पादक महासंघको नेतृत्वमा राजधानी काठमाण्डौको माइतीघर मण्डलामा जारी रहेको उखु किसानहरुको कार्यक्रमलाई पार्टीको तर्फबाट ऐक्यबद्धता प्रकट गर्दै वहाँले सो कुरा बताउनु भएको हो । वहाँले भन्नु भयो –“किसानहरुको मागलाई सरकारले बेवास्ता गर्दै आएको छ । भर्खरै भूमि विधेयक पारित गरेको छ । त्यो विधेयकले किसानहरुलाई नभई जग्गा दलालहरु र विदेशीहरुलाई जग्गा दिएर किसानहरुलाई मजदुरको रुपमा परिणत गर्दैछ भन्नु भयो ।”वहाँले किसानहरुलाई सरकारको यस्तो कदमको विरोधमा उत्रिन समेत अनुरोध गर्नु भयो र भन्नु भयो – सबै किसानहरुको…
Read More
लिपुलेक हडप्ने चीन र भारतको रवैयाप्रति ५ मजदुर संगठनको विराेध

लिपुलेक हडप्ने चीन र भारतको रवैयाप्रति ५ मजदुर संगठनको विराेध

काठमाडौं : नेपालका ५ वटा मजदुर संगठनहरुले हालै नेपालको लिपुलेक पास अवैधरुपमा प्रयोग गरि भारत र चीनले सीमापार व्यापार सम्झौता गर्ने भनि गरिएको निर्णयको विरोध जनाएका छन् । क्रान्तिकारी ट्रड युनियन महासंघका संयोजक ईश्वर तिमल्सिना, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का संयोजक लोकराज भुसाल, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका संयोजक केदार गिरी, अखिल नेपाल ट्रेड युयिनयन महासंघका संयोजक विनोद थापा र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ (बहुमत)का संयोजक डिबी सर्वश्रेष्ठले एक संयुक्त विज्ञप्ति जारी गर्दै चीन र भारतको सो कदमको विरोध जनाएका हुन् । संयुक्त विज्ञप्तिमा हालै नेपाली भूमि लिपुलेक क्षेत्रमा चीन र भारत सरकारका बिच सो क्षेत्रलाई…
Read More
महिला, पितृसत्ता र संस्कृति

महिला, पितृसत्ता र संस्कृति

लेखक : गौरी देवकोटा विषय परिचय:हामीले अपनाउँदै आएका संस्कृति, महिला र पितृसत्ता एक अर्कामा अन्तरसम्बन्धित विषयहरू हुन् । संस्कृतिसँग महिलाहरू प्रत्यक्ष जोडिएका हुन्छन् भने पितृसत्ताबाट महिला नै बढी पीडित भएको पाइन्छ । जीवन जिउने क्रममा अपनाइएका गतिविधिहरू संस्कार र संस्कृतिको रूपमा स्थापित हुँदै जान्छ । संस्कृति निर्माणमा परिवार, समाज, राज्य व्यवस्था र आर्थिक अवस्थाको भूमिका महत्त्वपूर्ण रहन्छ । हरेक जाति, क्षेत्र, वर्ग र समुदायमा आ-आफ्नै पहिचान, क्षमता र मान्यता अनुरुपको संस्कृति स्थापित भएको हुन्छ । एक जातिको संस्कृति अर्को जातिसँग नमिल्न सक्छ त्यस्तै गरेर फरक फरक भूगोलको संस्कृति पनि फरकफरक नै हुन्छ तर समग्रमा नेपालमा स्थापित संस्कृतिलाई पितृसत्तात्मक सोच र…
Read More