जन बिहानी

1596 Posts
क्रान्तिकारी किसान महासंघको राष्ट्रिय भेला सम्पन्न

क्रान्तिकारी किसान महासंघको राष्ट्रिय भेला सम्पन्न

काठमाडौं : क्रान्तिकारी किसान महासंघको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । जेठ १८ र १९ मा सम्पन्न भएको भेलाले सीताराम तामांगको संयोजकत्वमा २९ सदस्सीय केन्द्रीय समिति चयन गरेको छ । भेलाले सहसंयोजकमा धनेश्वर पोखरेल, सचिवमा कृष्णभक्त महर्जन, सचिवालय सदस्यहरुमा बाबुराम सुवेदी, क्षेत्रबहादुर थापा, टंकप्रसाद कोइराला, बालकृष्ण सुवेदी, दीपक शाही, सोमानसिंह तामांग, रामनारायण सिंह, कर्ण थापा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा दिवाकर न्यौपाने, प्रकाशबाबु खनाल, कृष्णकुमार ढकाल, ढुण्डीराज न्यौपाने, कमल उप्रेती, प्रकाश ऐर, छत्रबहादुर आलेमगर, थलप्रसाद देवकोटा, लोकबहादुर विक, शशिराम बुढाथोकी, देवीराम आचार्य, रामबहादुर भाट, खडक कुँवर, सुर्यनारायण चौधरी, बहादुर सिंह चाँड, श्रवण विक, देवानन्द चौधरी, तेजनारायण यादव लगायत रहनु भएको…
Read More
नेपाली जनतासामु क्षमा याचनासहित तत्काल राजिनामा गर : नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन

नेपाली जनतासामु क्षमा याचनासहित तत्काल राजिनामा गर : नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन

काठमाडौं : नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन केन्द्रीय समितिका अध्यक्ष प्राडा जगदीश चन्द्र भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रियताविरोधी जघन्यअभिव्यक्तिको खण्डन र नेपाली जनतासामु क्षमा याचना गरी तत्काल राजिनामा दिन आग्रह गर्नुभएको छ । उहाँले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता ,अखण्डता र स्वतन्त्रता विरुद्ध गत १७ गते संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति हाम्रो राष्ट्रिय प्राध्यापक सङ्गठन विरोध गर्दछ र खेद प्रकट गर्दछ । शाहको उक्त अभिव्यक्ति नेपाली जनताको राष्ट्रिय स्वाभिमान र स्वाधीनताको भावना विपरीत रहेको छ । साम्राज्यवादी शक्तिको पिठ्ठु र विस्तारवादी शक्तिको चाकरका रुपमा देखिएका शाह राष्ट्रद्वेषी ,राष्ट्रद्रोही एवम् जनद्वेषी समेत हुन् भन्ने कुरा उनी र उनको सरकारले गर्दै…
Read More
“जनसम्पर्क बिस्तार र जनसंगठन निर्माण अभियान -२०८३” सञ्चालन हुने

“जनसम्पर्क बिस्तार र जनसंगठन निर्माण अभियान -२०८३” सञ्चालन हुने

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ९ नंं. ब्यूरोले जेठ २१ देखि असोज २० गतेसम्म जनसम्पर्क विस्तार र जनसंगठन निर्माण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।२०८३ बैशाख २६–२७ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको र ३१ गते सचिवालयको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।बैठकले संगठनात्मक कामलाई मुख्य ध्यान दिन पार्टी र जवस/मोर्चा/सम्पर्क मञ्चका संगठन निर्माण परिचालन र व्यवस्थित गर्न संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरिएको पनि स्रोतले जानकारी दिएको छ ।“जनसम्पर्क बिस्तार र जनसंगठन निर्माण अभियान–२०८३” नाम दिएको अभियानको नेतृत्व केन्द्रीय सदस्यहरूले गर्ने पनि जनाइएको छ ।प्राप्त जानकारी अनुसार, निम्नानुसार अभियानको…
Read More
राजनीतिक क्रान्तिको साथै सांस्कृतिक क्रान्तिलाई अघि बढाइएन भने क्रान्ति सम्पन्न भए पनि प्रतिकान्ति हुन्छ

राजनीतिक क्रान्तिको साथै सांस्कृतिक क्रान्तिलाई अघि बढाइएन भने क्रान्ति सम्पन्न भए पनि प्रतिकान्ति हुन्छ

लालकृष्ण श्रेष्ठको दोस्रो स्मृति कार्यक्रम सम्पन्न रामेछाप: रामेछाप नगरपालिका ५ चारघरे भञ्ज्याङ स्थित जनता माध्यमिक विद्यालयको सभा हलमा क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपाल रामेछाप नगर समितिका संयोजक सुजन क्याप्छाकी मगरको अध्यक्षता र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समिति सदस्य तथा ९ नं.क्षेत्रीय ब्युरो कार्यालय सचिव झनक श्रेष्ठको उद्घोषणमा बुवा लालकृष्ण श्रेष्ठको दोश्रो स्मृति सभा सम्पन्न भएको छ । २०८३ जेठ १६, शनिबार, चारघरे भञ्ज्याङ, कालन्जोर, रामपुरमा भएको उक्त कार्यकममा प्रमुख आतिथि क्राकपा नेपालको प्रवक्ता हेमन्तप्रकाश ओली, अतिथिहरु सोही पार्टीका राजनीतिक परिषद सदस्य अम्बिका चन्द ओली, समाजवादी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव अशोक सुवेदी, क्राकपा नेपालका केन्द्रीय सदस्य लाङ्घाली मगर, वडा जन प्रतिनिधि…
Read More
लालकृष्ण श्रेष्ठको दोस्रो स्मृति कार्यक्रम सम्पन्न

लालकृष्ण श्रेष्ठको दोस्रो स्मृति कार्यक्रम सम्पन्न

रामेछाप: रामेछाप नगरपालिका ५ चारघरे भञ्ज्याङ स्थित जनता माध्यमिक विद्यालयको सभा हलमा क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपाल रामेछाप नगर समितिका संयोजक सुजन क्याप्छाकी मगरको अध्यक्षता र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समिति सदस्य तथा ९ नं.क्षेत्रीय ब्युरो कार्यालय सचिव झनक श्रेष्ठको उद्घोषणमा बुवा लालकृष्ण श्रेष्ठको दोश्रो स्मृति सभा सम्पन्न भएको छ ।२०८३ जेठ १६, शनिबार, चारघरे भञ्ज्याङ, कालन्जोर, रामपुरमा भएको उक्त कार्यकममा प्रमुख आतिथि क्राकपा नेपालको प्रवक्ता हेमन्तप्रकाश ओली, अतिथिहरु सोही पार्टीका राजनीतिक परिषद सदस्य अम्बिका चन्द ओली, समाजवादी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव अशोक सुवेदी, क्राकपा नेपालका केन्द्रीय सदस्य लाङ्घाली मगर, वडा जन प्रतिनिधि दिलबहादुर सुनुवार हुनुहुन्थ्यो । उक्त कार्यक्रममा…
Read More
बजेटबारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको धारणा सार्वजनिक

बजेटबारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको धारणा सार्वजनिक

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जेठ १५ मा प्रस्तुत आव २०८३÷८४ का लागि संसदमा प्रस्तुत बजेटबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले जारी गरेको वक्तव्यमा बजेटलाई साम्राज्यवाद र दलाल तथा नोकरशाही पुँजीवादको पक्षपोषण गर्ने प्रतिक्रियावादी बजेटको संज्ञा दिंदै यसबाट अग्रगमनको अपेक्षा गर्न नसकिने उल्लेख गरिएको छ । वक्तव्यमा बजेटबारे भनिएको छ, “नेपाल सरकारका अर्थमन्त्री स्वर्णीम वाग्लेले गत जेठ १५ गते आगामी आर्थिक वर्र्ष २०८३÷८४का लागि आय–व्ययको अनुमानित बजेट पेस गरेका छन् । उक्त बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस–वक्तव्य जारी गरिएको छ । बजेटमा आगामी आर्थिक वर्षका लागि २१ खर्व, २४ अर्व, ३४ करोड, ४४…
Read More
पार्टी प्रवक्ता सुदर्शनद्वारा हरिबहादुर अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

पार्टी प्रवक्ता सुदर्शनद्वारा हरिबहादुर अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वैकल्पिक केन्द्रीय समिति सदस्य सुरेश अधिकारीका बुबा हरि बहादुर अधिकारीको ८३ वर्षको उमेरमा यही जेठ १५ गते दुःखद निधन भएको छ । उहाँको निधनप्रति पार्टी प्रवक्ता सुदर्शनव्दारा निम्न प्रेस वक्तव्य प्रकाशित गर्दै उहाँलगायत सम्पूर्ण शोकाकूल परिवार, शोकसन्तप्त आफन्तजन तथा उहाँका साथीभाइहरुमा हार्दिक समवेदना व्यक्त गरिएका् छ : Press-Statement-2Download
Read More
गोपालप्रसाद रिमाल पुरस्कार प्रगतिवादी समालोचक भण्डारीलाई

गोपालप्रसाद रिमाल पुरस्कार प्रगतिवादी समालोचक भण्डारीलाई

काठमाडौं: साहित्य सदनद्वारा स्थापित ‘गोपालप्रसाद रिमाल पुरस्कार’ यसवर्ष वरिष्ठ प्रगतिवादी समालोचक, सौन्दर्यचिन्तक एवम् कवि प्रा.डा.जगदीश चन्द्र भण्डारीलाई दिइने भएको छ । उक्त पुरस्कार भोली १७ गते साहित्य सदनको आफ्नै भवन रामहिटीमा आयोजित कार्यक्रममा प्रदान गरिने सदनका उपाध्यक्ष मित्रलाल पंज्ञानीले वताउनुभएको हो । चालीसको दशकदेखि साहित्य साधना तथा कम्युनिस्ट आन्दोलनमा क्रियाशील समालोचक भण्डारी प्रगतिवादी नेपाली कविता विधामा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । माक्र्सवादी सौन्दर्यदर्शनलाई मानदण्ड बनाएर समालोचना, सौन्दर्यचिन्तन तथा कविता विधामा कलम चलाउँदै आउनुभएका भण्डारीका कविता सङ्ग्रह, समालोचना र संस्कृतिचिन्तन सम्वन्धी करिब एक दर्जन पुस्तक प्रकाशित छन् । त्यसैगरी सोही समारोहमा कथाकार माया ठकुरीलाई ‘पारिजात साहित्य सम्मान’द्वारा सम्मानित गरिने उपाध्यक्ष…
Read More
घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न क्रान्तिकारी पङ्क्तिलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आह्वान

घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न क्रान्तिकारी पङ्क्तिलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको आह्वान

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गर्दै कुरा क्रान्तिको गर्ने तर संगठनात्मक संलग्नता क्रान्तिविरोधी पार्टीमा खोज्ने घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न क्रान्तिकारी पङ्क्तिलाई आह्वान गर्नुभएको छ ।वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीका वैकल्पिक केन्द्रीय समिति सदस्य नेत्र शाही विरोधी पार्टीमा प्रवेश गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ । कुरा क्रान्तिको गर्ने तर संगठनात्मक संलग्नता क्रान्तिविरोधी पार्टीमा खोज्ने घोर अवसरवादी प्रवृत्तिलाई परास्त गर्न पार्टी क्रान्तिकारी पङ्क्तिलाई आह्वान गर्दछ ।’
Read More
अखिल (क्रान्तिकारी)ले गर्यो उपाध्यक्षलगायतलाई  निष्कासन

अखिल (क्रान्तिकारी)ले गर्यो उपाध्यक्षलगायतलाई निष्कासन

काठमाडौं : अनेरास्ववियू (क्रान्तिकारी)ले संगठनको अनुशासनलाई उलंघन गर्दै संगठानिक अराजकता, गुटबन्दी, अनियमितता गरी संगठनको विधान बिपरितको कार्य गरेको आरोपमा संगठनका उपाध्यक्ष नेत्र बहादुर शाही (कालिकोट), सचिवहरु नमराज बिक(कालिकोट), नर बहादुर कुमाल (कालिकोट), कोषाध्यक्ष लक्ष्मण बिक (कालिकोट), केन्द्रीय सदस्यहरु लक्ष्मण बम (कालिकोट), निर्मला लुहार (कालिकोट), मोहनविर कुमाल (कालिकोट), देबेन्द्र शाही (कालिकोट) र प्रकाश वि.क. (अछा) लाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । संगठनका अध्यक्ष महेश श्रेष्ठले जारी गरेको वक्तव्यमा संगठनका सम्पुर्ण नेताकार्यकर्ता कमरेडहरु, शुभचिन्तक र समर्थक विद्यार्थी मित्रहरूलाई भ्रमित नहुन हार्दिक अनुरोध गर्नुभएको छ ।
Read More