काठमाडौं : पुर्व विद्यार्थी नेता पुर्णबहादुर सिंहले नवऔपनिवेशिक दलाल पुँजीवाद नामक पुस्तक प्रकाशन गरेका छन् । उनले १३ वटा शिर्षकमा उक्त पुस्तक प्रकाशन गरेका हुन् ।
उक्त शिर्षकहरु `१) नवऔपनिवेशिक दलाल पुँजीवादको सङ्कट र समाधान, २) नवऔपनिवेशिक दलाल पुँजीवादको आम चरित्र, ३) नेपालका समग्र आन्दोलनको सिंहावलोकन, ४) ऐतिहासिक समाजवाद, ५) कम्युनिस्ट आन्दोलनमा कार्यदिशाको प्रश्न, ६) जनवाद-समाजवादको बहस, ७) नेपाली समाजको विश्लेषण, ८) नयाँ विचार पाठशाला, ९) नेपाली जनक्रान्तिको अवधारणा १०) नेपाली समाजवादको मार्गचित्र, ११) शिक्षा र नेपाली जनक्रान्ति, १२) युवा र नेपाली जनक्रान्ति, १३) डाटा पुँजीवाद र नेपाली जनक्रान्ति´ रहेको छ ।

उनलेे विशेषगरी अझै पनि नेपाली समाजमा क्रान्तिकाे आवश्यकता रहेको दर्शाएका छन् । उनले नेपाली जनताको अहिले प्रमुख दुश्मन नवऔपनिवेशिक दलाल पुँजीवाद रहेको जिकिर गरेका छन् । याे कसरी बनेको छ, यसले वर्तमान अवस्थामा नेपाली समाजलाई कसरी शाेषण गरिरहेकाे छ, र यसको समाधान के हाे भन्ने बारेमा स्पष्ट उल्लेख गरेका छन् । यस पुस्तकले वर्तमान नेपाली राजनीतिक समाजमा वैचारिक तरङ्ग ल्याउने विश्लेषण गरिएको छ ।
लेखक झण्डै २२ बर्षे विद्यार्थी आन्दाेलनमा जिल्ला देखि केन्द्रीय नेतृत्व तहसम्म नेतृत्व गरेर २०७४ सालमा विद्यार्थी संगठनबाट बिदाई भएका व्यक्ति हुन् । उनी प्रखर, बाैद्धिक, तार्किक र खाेज अनुसन्धान सहित नेपाली समाजको परिवर्तनको पक्षमा निरन्तर उभिएर निरन्तर नेतृत्व दायि भुमिका निर्वाह गर्दै आएका जनयुद्धका सहिद एवम् घाइतेजनका परिवार हुन् ।