बर्दिया : अखिल नेपाल थारू राष्ट्रिय मुक्ति मोर्चा बर्दियाकाे प्रथम जिल्ला भेला साेमबार सम्पन्न भएकाे छ । थारू माेर्चाका नेता कमरेड दिवाकरकाे अध्यक्षतामा उक्त भेलामा प्रमुख अथिती विशाल थारू हुनुहुन्थ्यो भने अथितिमा पार्टी केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज बिपिन क्षेत्री, केन्द्रीय सदस्य भुकुम्प र क्रान्तिकारी महिला संगठन नेपाल ब्युरो संयाेजक कमला खड्का, बर्दिया पार्टी सेक्रेटरी बिनय राना र क्रान्तिकारी महिला संगठन नेपाल बर्दियाकी अध्यक्ष छाँया श्रेष्ठकाे पनि उपस्थिति रहेकाे थियाे ।
भेलाले विशाल थारूकाे नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित हुनु भएकाे छ ।
