जन बिहानी

1564 Posts
विचार,आशा र क्रान्तिको सशक्त प्रस्तुति जगदीशचन्द्रको  ‘व्यवस्थाको कन्चट’

विचार,आशा र क्रान्तिको सशक्त प्रस्तुति जगदीशचन्द्रको ‘व्यवस्थाको कन्चट’

काठमाडाैँ: प्रगतिवादी साहित्यकार जगदीशचन्द्रको कविता संग्रह ‘व्यवस्थाको कन्चट’ विचार ,आशा र क्रान्तिको सशक्त प्रस्तुति रहेको टिप्पणीकर्ताहरुले बताउनु भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको ‘सिर्जना र संवाद’को १३ औं श्रृङ्खलाको रुपमा २०८२ कार्तिक २९ गते शनिबार कवि जगदीशचन्द्रको कविता संग्रह ‘व्यवस्थाको कन्चट’माथि परिचर्चा गर्दै टिप्पणीकर्ताहरुले सो कुरा बताउनु भएको हो ।प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी र कवि गौरी देवकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रा.डा. हेमनाथ पौडेल, डा.अमर गिरी, डा. विभूति भट्टराई र चतुर्भूज लगायतले टिप्पणी गर्नुभएको थियो । डा. विभूति भट्टराईले कविता संग्रह माक्र्सवादी सौन्दर्य चिन्तनमा आधारित वर्गप्रति समर्पित रहेको र यसले वर्गीय आन्दोलनका क्षेत्रमा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले…
Read More
क्रान्तिकारी स्वास्थ्यकर्मी संगठन नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न

क्रान्तिकारी स्वास्थ्यकर्मी संगठन नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न

पोखरा : क्रान्तिकारी स्वास्थ्यकर्मी संगठन, नेपालको प्रथम राष्ट्रिय भेला घनश्याम विजय ढकाल शहिद स्मृति भवन शहिद चोक पोखरामा आकाश गौतमको अध्यक्षता ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिटब्युरो सदस्य दिनेश शर्माको प्रमुख आथित्यता र विक्रम थापाको संचालनमा सम्पन्न भएको छ । कार्यक्रममा पार्टी केन्द्रीय समिति सल्लाहकार विशेष अतिथि रामजी थापा, अतिथिहरु ७ नम्बर ब्युरो सेक्रेटरी नारायण अधिकारी, क्रान्तिकारी संयुक्त मोर्चा केन्द्रीय सदस्य मान बहादुर थापा, केन्द्रीय सदस्यहरु शुसिला थापा, बाबुराम सुवेदी, विप्लव निकट स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सचिव मणि न्यौपाने, मजदुर संगठनका केन्द्रीय सदस्य दिपक गुरुङ, सामना परिवारका केन्द्रीय सदस्य जनकलाकार काजीबाबु श्रेष्ठ अतिथिहरु रहनुभएको थियो । शहिदप्रति एक मिनेट मौनधारणपछि प्रमुख अतिथिबाट…
Read More
स्वाधीन संयुक्त सरकारको माग राख्दै देशैभरी काेणसभा

स्वाधीन संयुक्त सरकारको माग राख्दै देशैभरी काेणसभा

काठमाडाैँ : साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं ! भन्ने मूल नाराका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले स्थानीय तहमा देशब्यापी बिरोध प्रदर्शन गर्ने क्रममा आज निम्न स्थानहरुमा कालो ब्यानर सहित कम्युनिस्ट पार्टीको झण्डा बोकेर विभिन्न बिरोध प्रदर्शन कार्यक्रमहरु सम्पन्न गरिएका समाचारहरु प्राप्त भएका छन् । काठमाडौं क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालव्दारा काठमाडौं महानगरपालिकाले असन चोकमा शुक्रबार कोणसभा सम्पन्न गरिएको छ । पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरेको बताइएको छ । साम्राज्यवाद–बिस्तारवाद, यथास्थिति र प्रतिगमनको विकल्प स्वाधीन संयुक्त सरकारको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशभर विरोध स्वरुप कोणसभा आयोजना गरेको र यस महानगरमा…
Read More
काठमाडौंमा स्वाधीन संयुक्त सरकारको माग राख्दै कोणसभा

काठमाडौंमा स्वाधीन संयुक्त सरकारको माग राख्दै कोणसभा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं महानगरपालिकाले असन चोकमा शुक्रबार कोणसभा गरेको छ । पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरेको बताइएको छ । साम्राज्यवाद बिस्तारवाद, यथास्थिति र प्रतिगमनको विकल्प स्वाधीन संयुक्त सरकारको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशभर विरोध स्वरुप कोणसभा आयोजना गरेको र यस महानगरमा पनि कोणसभा सम्पन्न गरेको पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाका सचिव पेशल दाहालले बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाका इन्चार्ज बन्दुदेव पाण्डेले उक्त विषयबस्तु राख्नुभएको थियोे । कार्यक्रमको सन्चालन पेशल दाहालले गर्नुभएको थियो भने कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ९ नम्बर ब्युरो सचिव…
Read More
बर्दघाटमा संयुक्त वडा भेला

बर्दघाटमा संयुक्त वडा भेला

२७ कार्तिक नवलपरासी– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दघाट नगर संगठन समितिले वडा समिति गठन गरेको छ । विहीवार बर्दघाट–१४ धर्मबस्तीमा आयोजना गरिएको संयुक्त वडा भेलाबाट पार्टीले बर्दघाट नगरपालिकाको वडा नम्बर १४,१५ र १६ मा छुट्टाछुट्टै वडा संगठन समिति गठन गरेको हो । बर्दघाट वडा नम्बर १४ मा गोबिन्द बहादुर साठीघरेको संयोजकत्वमा टिकाराम परियार, बल बहादुर कुमाललगायत सदस्य रहेको पाँच सदस्सीय, १५ नम्बर वडामा टिबी गुरुङको संयोजकत्वमा चुडाबहादुर विकलगायत सदस्य रहेको पाँच सदस्सीय र वडा नम्बर १६ मा खेम बहादुर गुरुङको संयोजकत्वमा गौरी पोखरेल, हर्कबहादुर गुरुङ, पदमराज पौडेललगायत सदस्य रहेको सात सदस्सीय वडा समिति गठन गरेको पार्टीले जनाएको छ । तीनवटै…
Read More
ICOR DECLERATION ON VENEZUELA

ICOR DECLERATION ON VENEZUELA

International Coordination of Revolutionary Parties & Organizationswww.icor.info 05 November 2025original.docx 1 / 3 12.11.2025 12:33ICOR declaration Away with the Yankee presence in the waters of the Caribbean Once again, US imperialism is threatening to invade Venezuela ,this time under the pretext that Nicolás Maduro is involved in international drug trafficking through the so-called “Los Soles” cartel – a pure invention of Donald Trump and the CIA. Contrary tointernational maritime agreements,since the beginning of September, the US hascarried out at least six attacks on boats in Venezuelan waters,killing over 30 peopleafter accusing them of transporting drugs. In addition, Trump sent three…
Read More
इतिहास र वर्तमानका केही आन्दोलन र विद्रोह

इतिहास र वर्तमानका केही आन्दोलन र विद्रोह

लेखक-टेकहरि न्यौपाने सोबेटो विद्रोह (१९७६)दक्षिण अफ्रिकामा भएको सोबेटो विद्रोहलाई एक निर्णायक मोडको रुपमा अफ्रिकी इतिहासमा लिइन्छ । त्यो विद्रोह अफ्रिकी काला विद्यार्थीहरुले शुरु गरेका थिए । शासन गरिरहेका अल्पसंख्यक गोराहरुको भाषा अनिवार्य गरिएको विरोधमा शुरु भएको त्यो आन्दोलनलाई प्रहरीले व्यापक दमन गरी सयौं विद्यार्थीको ज्यान लिएको थियो । त्यसपछि आन्दोलन अल्पसंख्यक गोरा शासकतिर सोझियो । त्यो घटना विश्वव्यापी निन्दाको विषय बन्यो । त्यसबेला दक्षिण अफ्रिकामा अल्पसंख्यक गोराहरुको अपर्थाइड शासन चलिरहेको थियो । अपर्थाइड भनेको दक्षिण अफ्रिकामा गोरा जातिले काला जाति माथि लागु गरेको जातीय विभेदको नीति थियो । त्यो सरकारले ९२ जना विद्यार्थी मारिएको भने पनि गैर सरकारी तथ्यांकहरुले ५००…
Read More
रातो झण्डा

रातो झण्डा

लेखक : मनु विक रातो झण्डा ओढेररातो सपना बाँडेररातो संघर्ष गरेरपुुगे कता कता ? रातो झण्डा ओड्दैमारातो संघर्ष गर्दैमारातै यथार्थतामा कहाँ पुगिन्छर ?रातो झण्डाले चाहेकोक्रान्ति होरातो झण्डाले खोजेको मुक्ति हो । मुक्ति नभएसम्मअसमानता र विभेदको विरोधमा जन्मिन्छ क्रान्तिजनताले चाहेको हो क्रान्तिजनताले चाहेको परिवर्तनआउने छ एक दिन हाँस्दैअसमानता र विभेद मास्दै । परिवर्तन कहाँ सजिलै भेटिन्छर हजुरपरिवर्तन ल्याउनलाई विचार र दर्शनचाहिन्छलगाव र प्रतिबद्धता चाहिन्छ ।रातो झण्डालाई टे«ड मार्क बनाएपछिरातो झण्डालाई स्वार्थमा सजाएपछिरातो झण्डाले रमाउने दिन कहिल्यै आएनरातो झण्डाले मुक्ति भेट्नै पाएन । २०८२ –७–१७ काठमाण्डौ ज्ञानेश्वर
Read More
देशको वर्तमान परिस्थितिमा स्वाधीन संयुक्त सरकार र पहिचानसहित संघीयताको प्रश्न

देशको वर्तमान परिस्थितिमा स्वाधीन संयुक्त सरकार र पहिचानसहित संघीयताको प्रश्न

लेखक— पवन मान श्रेष्ठ क) पृष्ठभूमि १. ०७२ सालको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा पछि दुई पटक संसदको चुनाव भयो । तर देश र जनताको जीवनमा परिवर्तन आएन । झन् यसको उल्टो सरकार र दलहरुको स्वेच्छाचारी, निरंकुशता, भ्रष्टाचार, महंगी, युवा वेरोजगार, स्वास्थ्य र शिक्षामा निजीकरण तथा माफियाकरण, वैदेशिक हस्तक्षेप बढेर गएको छ । यसै बीचमा आदिवासी जनजातिमाथि थप उत्पीडन हुँदै गएको छ । पश्चागामीहरुद्वारा यसैलाई निहु बनाएर राजतन्त्र पुर्नस्थापना गर्न भनेर आन्दोलन गर्न प्रयास पनि भयो, तर सफल हुन सकेन । राजतन्त्र भनेको कालो व्यवस्था हो । यस्तो वातावरणमा जेनजीको नाममा आन्दोलन भयो । ओलीको सरकार ढलेर शुशीला कार्कीको नेतृत्वमा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले घोषणा गर्याे चरणबद्ध संघर्षको कार्यक्रम

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले घोषणा गर्याे चरणबद्ध संघर्षको कार्यक्रम

स्वाधीन संयुक्त सरकार र जनसंविधानका लागि संघर्षको घोषणा‘साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं! स्वाधीन संयुक्त सरकार गठन गरौं !'काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकार र संविधानको लागि संघर्षको घोषणा गरेको छ । आइतबार काठमाडौंको घट्टेकुलोस्थित संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी संघर्षका कार्यक्रमको घोषणा गरिएको हो ।पार्टीका महासचिव सिपी गजुरेल‘गौरव’ले विगतका सरकारका भ्रष्टाचार, कुशासन र तत्कालीन प्रधानमन्त्री केपी ओलीको तानाशाही प्रवृत्तिका कारण जेन्जी बिद्रोह भएको चर्चा बताउँदै जेनजी विद्रोहपछि बनेको सरकार पनि विदेशीको कठ्पुलती भएकोले राष्ट्रिय स्वाधीनत संयुक्त सरकारको नारा अगाडि सारिएको स्पष्ट पार्नुभयो । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यत्रो ठूलो बिद्रोहबाट बनेको सरकारबाट पनि…
Read More