
बहिष्कार आन्दोलनले गति लिदै
नवलपरासी : जनयुद्धका शहिदलाई सम्झने दिन शहिद सप्ताह शुरु हुनै लाग्दा जिल्लामा बहिष्कार आन्दोलनले गति लिएको छ । संयुक्त संघर्ष समिति नवलपरासी सम्बद्व पार्टीले गाउ गाउँमा बहिष्कारको अपिल वितरण तीब्र पारेका हुन । जस अनुसार बर्दघाट-२ चिसापानी र सरावल -४ का बिभिन्न स्थानमा पर्चा वितरण गरिएको र त्यसमा जनताको साथ रहेको समितिका जिल्ला संयोजक समेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी गराए ।