धर्मेन्द्र वास्तोलाको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ सर्वोच्चकाे आदेश

काठमाडाैँ : नेकपा बहुमतका महासचिव धर्मेन्द्र वास्तोलाको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधीश हरिप्रसाद फुयाँलको एकल इजलासले २०८२ फागुन ११ गते सो आदेश जारी भएको हो । आदेशमा निवेदकको बन्दी प्रत्यक्षीकरणको आदेश के कति कारणले आदेश जारी हुनु नपर्ने हो आदेश जारी हुनु नपर्ने भए कारण सहित बाटोका म्याद बाहेक २४ घण्टाभित्र महान्याधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न प्रत्यर्थी काठमाण्डौ उपत्यका अपराध कार्यालय टेकुसमेतलाई आदेश दिइएको छ । म्यादभित्र लिखित जवाफ परे वा नपरे नियमानुसार गर्न आदेश आदेश दिइएको छ ।
निवेदक सावित्री कुमारी वलीको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु चुडाबहादुर निरौला ,देवकुमार मोक्तान ,फर्णिन्द्र कार्की ,कविता बस्नेत, दीपक विक्रम मिश्र , रुविना शंकरले बहस गर्नु भएको थियो ।

Comments

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?