सर्वाेच्चकाे आदेश : लिखित कारणसहित नेकपा अध्यक्ष ऋषि कट्टेललाई उपस्थित गराउ

काठमाडाैँ : नेकपा अध्यक्ष ऋषि कट्टेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले फागुन १० गते कारण देखाउ आदेश जारी गरेको छ । माननीय न्यायधीश टेकप्रसाद ढुङ्गानाबाट विपक्षी नेपाल सरकार गृह मन्त्रालयलाई के कति कारणले निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने हो सोको कानुन बमोजिमको कारण भए लिखित जवाफसहित महान्यायधिवक्ताको कार्यालय मार्फत २०८२ फागुन १२ गते १० बजे सुनुवाइकोलागि अदालतमा उपस्थित गराउन आदेश जारी भएको हो ।

सो सम्बन्धमा अधिवक्ताहरु एकराज भण्डारी, रमेश बडाल, कपिलचन्द्र पोख्रेल, भोजराज आचार्य,पुन्यप्रसाद खतिवडा धर्मराज रेग्मी ,धनञ्जय खनाल, दीपक विक्रम मिश्र,फर्णिन्द्र कार्की लगायतको बहस रहेको थियो ।
नेकपा अध्यक्ष ऋषि कट्टेल फागुन ६ गते कीर्तिपुरस्थित आफ्नै कार्यालयबाट प्रहरीले गिरफ्तार गरी काठमाण्डौ प्रहरी परिसर भद्रकालीमा हिरासतमा राखेको छ ।
ऋषि कट्टेललाई गैरकानुनी हिरासतमा राखिएकोमा ऋषि कट्टेलका छोरा रुपेश कट्टेलले फागुन ८ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?