
फेब्रुअरी २२, तापा मंडी , बर्नाला पञ्जाब , तुहिन रेड : संयुक्त किसान मोर्चाको नेतृत्वमा विभिन्न किसान–मजदूर संगठनहरू, पेन्सनधारकहरू, करार कामदारहरू र विद्यार्थी संगठनहरूको संयुक्त मोर्चाले आप सरकारका वर्तमान विधायक लव सिंह उग्गोकेको निवास घेरेको थियो र प्रदर्शनको क्रममा मोदी सरकार र पञ्जाब सरकार विरुद्ध नारा लगाइएको थियो ।
मजदूर नेताहरूले भने कि मोदी सरकारले विदेशी कर्पोरेट घरानाको हितमा ४४ वटा श्रम ऐन खारेज गरी श्रम विरोधी चार श्रम संहिता लागू गरी आठ घण्टाको सट्टा दिन बाह्र घण्टा लागू गरेको छ । भारतका प्रधानमन्त्री मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको नयाँ व्यापार सम्झौता पनि भारतका किसान र मेहनती जनताको विरुद्धमा छ । यसले विदेशी कम्पनीहरू र ठूला कर्पोरेट घरानाहरूलाई फाइदा पुर्याउनेछ। नेताहरूले भने कि मोदी सरकारले अमेरिकी साम्राज्यवादी नेता ट्रम्पको नीतिहरूप्रति पूर्ण रूपमा झुकेको छ। यस सम्झौता अनुसार, भारतमा भटमास, कपास, फलफूल, दाल, तरकारी र मकै उत्पादन गर्ने किसानहरूको शोषण हरेक हिसाबले बढ्नेछ र देशको बजार प्रणालीमा नराम्रो असर पर्नेछ।
मोदी सरकारले विद्युत संशोधन विधेयक–२०२५ र बीउ ऐन मार्फत कर्पोरेट घरानाहरूलाई हस्तान्तरण गरिरहेको छ, जसले बिजुलीको निजीकरण गर्नेछ र गरिब जनताको लागि सुविधा काट्नेछ। त्यसैले श्रमिक र किसान संगठनहरूको संयुक्त मोर्चाले पञ्जाबभर भाजपा र आम आदमी पार्टीका नेताहरूको घर अगाडि फासीवादी मोदी सरकार र पञ्जाब सरकारको जनविरोधी नीतिहरूको विरुद्ध धर्ना प्रदर्शन गरिरहेको छ। आम आदमी पार्टीले चुनावका बेला गरेका वाचा तत्काल कार्यान्वयन गर्न, नयाँ जीआरजी ऐन, चार श्रम संहिता र अमेरिकासँगको व्यापार सम्झौता तत्काल खारेज गर्न नेताहरूले माग गरेका छन् । विरोध प्रदर्शनलाई दर्शनसिंह मेहता, मल्कीतसिंह सन्धु कलाम, जर्नेलसिंह धौला, मजदुर नेता नच्छरसिंह रामनगरले पनि सम्बोधन गरेका थिए ।