क्रान्तिकारी वाम तथा जात व्यवस्था विरोधी संगठनहरुको संयुक्त बैठक सम्पन्न
काठमाडौं : मार्च २१ को दिन अन्तरराष्ट्रिय नस्लभेद तथा जातिभेद विरोधी दिवसको अवसरमा नेपाल र भारतका क्रान्तिकारी वाम तथा जात व्यवस्था विरोधी संगठनहरुको एक महत्वपूर्ण अनलाइन संयुक्त बैठक आयोजना गरिएको थियो । बैठक पछि क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल,एकीकृत दलित मुक्ति मोर्चा नेपाल र जाति उन्मूलन आन्दोलन CAM भारत व गुरु घासीदास सेवादार संघ GSS भारत , यी चार संगठनहरुद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको थियो । प्रेस विज्ञप्तिमा क्रूर मनुस्मृति आधारित हिन्दुराष्ट्र को सोचको विरोध गर्दै , अमानवीय जात व्यवस्थाको उन्मूलन , साम्राज्यवाद ,प्रतिक्रियावाद तथा संघी मनुवादी फासीवादी शक्तिको विरुद्ध नेपाल र भारतका मेहनतकश र दलित, उत्पीड़ित जनताको संयुक्त…