जन बिहानी

1497 Posts
भाषण समाजवादको यात्रा दलाल भ्रष्ट संसदवादको

भाषण समाजवादको यात्रा दलाल भ्रष्ट संसदवादको

लेखक– नारायणप्रसाद भण्डारी नेपालको कम्युनिस्ट आन्दोलन राजनैतिक पृष्ठभूमि एवम् इतिहास विचित्रको छ जहानीया राणाशासनको अत्याचारले सीमा नाँघ्दै जाँदा देश र जनतालाइ सुशासन वर्गीय मुक्ति नागरिक स्वतन्त्रता एवं मानव अधिकार सुनिश्चिताका लागि वाम विचारकका सस्थापक अग्रजहरुले एउटा ठूलो शाहसी निर्णय गरेका थिए ।जुन निर्णयले राणाशासनको अन्त्य गर्नका लागि एउटा राजनैतिक सैद्धान्तिक वैचारिक द्धन्दात्मक भौतिकवादको बलियो हतियार माक्र्सवादी दर्शनले सुसज्जित जुझाँरु पार्टी खोल्नु पर्ने आवश्यकता थियो ।लक्ष्य पूरा गर्नकालागि नेपाली आमाका एक निष्ठावान सुपुत्र क. पुष्पलाल श्रेष्ठसंग विश्व कम्युनिस्ट आन्दोलनका अभियन्ता हरुको भेटघाट छलफलको निरन्तरताले क. पुष्पलालको काँधमा ऐतिहासिक जिम्मेवारी आयो ।उँहाले आफनो मिसन देश र जनताको लागि जसरी पनि पुरा गर्नु…
Read More
महिलाको वास्तविक मुक्ति समाजवादी रुपान्तरणबाट मात्र सम्भव छ

महिलाको वास्तविक मुक्ति समाजवादी रुपान्तरणबाट मात्र सम्भव छ

शारदा महत, सहसंयोजक, क्रान्तिकारी महिला संगठन नेपाल, केन्द्रीय समिति १) तपाईंको जीवनमा राजनीतिक र सांगठनिक कार्य कसरी सुरु भएको थियो?–सामन्ती परम्परावादी सोच र चिन्तनबाट ग्रसित समाज विद्यमान रहेको थियो। छोरा र छोरी बीचको विभेद चरम रूपमा रहेको थियो । छोरीहरुलाई शिक्षा रोजगार र बाहिरी समाजबाट वञ्चित गरिने र घरको चौघेरा भित्र पिञ्जडाको सुगा जस्तो जीवन जिउन बाध्य पारिने सामाजिक संरचना खडा थियो। जकडिएको समाजको बीचबाट राजनीतिमा आउने कुरा ठूलो चुनौतीपूर्ण थियो । मेरो बुबा कम्युनिष्ट पार्टीको विचार राजनीतिबाट प्रभावित हुनुहुन्थ्यो। उहाँले नै हामीहरूलाई राजनीतिमा लाग्न प्रेरित गर्नु भयो । विभिन्न देशका उदाहरणहरू दिँदै महिलाहरू पनि राजनीति क्षेत्रमा अगाडि बढ्न सक्छन्…
Read More
नन्दलाल खरेल पार्टीमा नरहेको जानकारी

नन्दलाल खरेल पार्टीमा नरहेको जानकारी

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय सदस्य नन्दलाल खरेल उक्त पार्टीमा नरहेको जानकारी प्राप्त भएको छ । पार्टीका महासचिव गौरवले २०८२ कात्तिक १५ मा जारी प्रेस वक्तव्यमा सो जानकारी गराइएको छ । प्रेस वक्तव्यमा भएिको छ –“हाम्रो पार्टीका वैकल्पिक केन्द्रीय समिति सदस्य नन्दलाल खरेल पार्टी छाडेर अन्य पार्टीमा सामेल भएको पुष्टि हुन आएकोले उहाँ हाम्रो पार्टीमा नरहेको कुरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।”
Read More
दम्भ

दम्भ

(कविता) लेखक : गौरी देवकोटा दम्भ हो दुःखको मेसोदम्भले खान्छ जीवनपीडाको मूल हो दम्भनिख्रिन्छ दम्भले धन जलेको दम्भले भन्थेनागासाकी हिरोसिमादम्पती बीचको दम्भसम्बन्ध नै धरापमा दाजुभाइ दिदी बैनीटाढिन्छन् दम्भ हुर्किँदादम्भ नै काल बन्दछजिन्दगीमा यदाकदा दम्भको दायरा बढ्दादूरी बढ्छ समाजमाएकको दम्भले अर्कोपीडामा पर्छ सर्वदा दम्भीले सुन्न चाहान्नआफ्नै निम्ति भलो पनियसैले दम्भको बाटोनटेक्नू गतिलो भनी ।
Read More
स्वाधीन संयुक्त सरकारले मात्र देशको निकास दिन्छ–क्रा.क.पा. नेपाल नवलपरासी

स्वाधीन संयुक्त सरकारले मात्र देशको निकास दिन्छ–क्रा.क.पा. नेपाल नवलपरासी

नवलपरासी : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले स्वाधीन संयुक्त सरकारको आवश्यकता माथि जोड दिएको छ । वर्तमान सरकारलाई जेनजी बिद्रोह भजाएर बनेको कठपुतली सरकार भन्दै यस सरकारले देशलाई निकास दिन नसक्ने पार्टीले दावी गरेको हो । नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत)को महत्वपुर्ण हिस्सा र नेकपा (मशाल) बीच एकता पछि एकता महाधिबेशन सम्पन्न गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बनेको थियो ।‘देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्ष उठाउन पहल गर्ने योजना छ’ – पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले भने ‘ देशको सार्वभौमिकताको पक्षमा सशक्त आवाज उठाउदै…
Read More
प्रगतिवादी कवि दुःखीका कवितामा त्याग, बीरता र बलिदानको मूल्यबोध

प्रगतिवादी कवि दुःखीका कवितामा त्याग, बीरता र बलिदानको मूल्यबोध

समीक्षा  – चैतन्य नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा हिरामणि दुःखीको महत्वपूर्ण भूमिका रहिआएको छ । नेपाली कम्युनिस्ट आन्दोलन र सांस्कृतिक आन्दोलनको क्षेत्रमा उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ । प्रगतिवादी साहित्यमा कविता, कथा, निबन्ध÷संस्मरण र समीक्षा लगायत पत्रकारिताको क्षेत्रमा समेत उहाँको योगदान महत्वपूर्ण छ । हाल उहाँ इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष र अखिल नेपाल जनसांस्कृतिक महासङ्घको महासचिव हुनुहुन्छ । प्रगतिवादी साहित्यकार हिरामणि दुःखीका पुस्तकाकार कृतिहरू चारओटा छन्् । कविताका क्षेत्रमा २०६१ मा प्रकाशित “परिभाषा” र २०६५ मा प्रकाशित “जून पस्किने यात्रामा” शीर्षक रहेका दुई कवितासङ्ग्रह, कथाका क्षेत्रमा २०६८ मा प्रकाशित “युद्धका कथाहरू” शीर्षक एउटा कथा सङ्ग्रह र निबन्ध÷संस्मरणका क्षेत्रमा २०७०…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तेस्रो पूर्ण बैठकबाट पारित राजनीतिक प्रतिवेदन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तेस्रो पूर्ण बैठकबाट पारित राजनीतिक प्रतिवेदन

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको असोज २९ देखि कार्तिक १ गतेसम्म सञ्चालित केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकद्वारा पारित प्रतिवेदन । पछिल्लो राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण र अगामी कामको योजनासमेत समेटिएको प्रतिवेदनले आम क्रान्तिकारी पंक्ति र जनपंक्तिमा यो पार्टीको विचार, राजनीति, संगठन र संघर्षलाई बुझ्न महत्वपूर्ण दिशाबोध गर्नेछ । पार्टीका महासचिव सीपी गजुरेल गौरवद्वारा प्रस्तुत तथा पारित प्रतिवेदनलाई यहाँ प्रस्तुत गरिएको छ ।) अन्तर्राष्ट्रिय परिस्थिति१. गत २०८१ मङ्सिर १३–२३ मा सम्पन्न पार्टीको राष्ट्रिय एकता महाधिवेशनमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिबारे विश्लेषण गरिएको थियो । त्यसपश्चात् २०८२ जेठ ६–८ मा सम्पन्न पोलिटब्यूरोको दोस्रो पूर्ण बैठकमा त्यस सम्बन्धी थप विकसित सन्दर्भबारे प्रकाश पारिएको थियो ।…
Read More
“चोर्नु हुँदैन”भन्ने आमाबुबाको महान शिक्षा

“चोर्नु हुँदैन”भन्ने आमाबुबाको महान शिक्षा

लेखक : मनु विक हाम्रो घरमा आमा बुबाले हामीलाई जहिल्यै कहिल्यै चोर्नु हुँदैन भनेर सिकाउनु हुन्थ्यो । हाम्रो घरमा हाम्रो आमा बुबाको हामी आठ जना छोराछोरी छौं । बुबाको २०७९ सालमा असामयिक निधन भयो । अहिले आमा हुनुहुन्छ । बाआमाले हामी केटाकेटी छँदा हामी केटाकेटीहरुलाई सँधै निकै महान कुरा सुनाउनु हुन्थ्यो । कसैको केही चोर्नु हुँदैन । कसैले चोरेमा पनि आफू त्यसमा सहभागी हुँनु हुँदैन । भनेर निकै सुनाउनु हुन्थ्यो । आमाबाले हामी केटाकेटी हुँदा सुनाएका कुरा अहिले निकै सम्झना आइरहेको छ । हाम्रो बाले पढ्न त जान्नु भएको थियो तर आमाले अक्षर चिन्नु भएको थिएन । बाले पढ्न जाने…
Read More
माैसम पूर्वानुमानः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

माैसम पूर्वानुमानः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिबाट मौसममा क्रमिक रूपमा सुधार हुने देखिन्छ । साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया देखि अधिकांश बदली रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती,…
Read More
बीपी राजमार्ग यस कारण पूर्ण अवरुद्ध

बीपी राजमार्ग यस कारण पूर्ण अवरुद्ध

काठमाडौँ : अविरल वर्षासँगै आएको लेदो र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रूपमा नै अवरुद्ध भएको जनाएको छ । राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना, नार्केलगायतको स्थानहरूमा पहिरो तथा लेदो खसी दुईतर्फी रूपमा सडक अवरोध भएको छ । अवरुद्ध सडक सुचारु गर्नका समय लाग्ने भएकोले वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
Read More