
महोत्तरी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महोत्तरी जिल्ला सेक्रेटरी उपेन्द्र यादवको निधन भएको छ। २०८२ चैत्र ६ गते चितवन स्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको हो। पार्टीभित्र उहाँ कमरेड विशालको नामबाट परिचित हुनुहुन्थ्यो।महोत्तरी जिल्ला , रामगोपालपुर नगरपालिका वडा नम्बर ५ उहाँको स्थायी ठेगाना हो।
२०५९ सालमा उहाँले पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो। उहाँले पार्टीका विभिन्न मोर्चाहरूमा काम गर्नुभएको थियो। उहाँले पार्टीका मोर्चाहरु जस्तै मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल र किसान मोर्चामा काम गर्नुभएको थियो। उहाँको जन्म २०२५ साल मङ्सिरमा भएको थियो। उहाँको परिवारमा बुवा देवनारायण यादव ,श्रीमती जीलेखा यादव ,छोरीहरू रविना, साजन र मनिषा तथा छोराहरु बादल र आकाश हुनुहुन्छ ।
उहाँको आमाको मृत्यु भइसकेको छ। उपेन्द्र यादवले एस.एल.सी. सम्मको अध्ययन पुरा गर्नुभएको थियो। पेशाका हिसाबले उहाँ कृषक हुनुहुन्थ्यो।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १३ नम्बर व्यूरोले जिल्ला सेक्रेटरी उपेन्द्र यादवको निधन भएकोमा उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ ।